Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

रुकुम पश्चिममका भूकम्पप्रभावित तीन हजार व्यक्तिले लिए प्रजनन स्वास्थ्य सेवा

खबरडबली संवाददाता

रुकुम पश्चिम । रुकुम पश्चिमममा सञ्चालन भएको बृहत् प्रजनन स्वास्थ्य शिविरबाट रुकुम पश्चिममा दुई हजार आठ सय ७० जनाले प्रजनन स्वास्थ्य सेवा लिएका छन् । गत कात्तिक १७ गते गएको भूकम्पप्रभावित दुई स्थानीय तह आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका नागरिकले प्रजनन स्वास्थ्य शिविरमार्फत उक्त सङ्ख्यामा सेवा लिएका हुन् । 

नेपाल परिवार नियोजन सङ्घको आयोजना, आइपिपिएफ परियोजनाको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयको व्यवस्थापनमा भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । गत मङ्सिर ११ गतेदेखि हालसम्म सञ्चालन भएको शिविरबाट जिल्लामा दुई हजार आठ सय ७० भूकम्पप्रभावित क्षेत्रका नागरिकलाई प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न सेवा दिएको नेपाल परिवार नियोजन सङ्घ दाङका शाखा प्रबन्धक वसन्त खनालले जानकारी दिए । उनका अनुसार शिविरबाट दुई हजार पाँच सय १० महिला, तीन सय ५९ पुरुष र एक जना अपसङ्ख्यक नागरिक लाभान्वित भएका छन् । 

यस अन्तर्गत अपाङ्गता भएका ३७, पाठेघर मुखको क्यान्सर जाँच एक हजार छ सय ७४, स्त्रीरोगसम्बन्धी सेवा दुई हजार दुई सय २९ जनाले सेवा लिएका थिए । त्यस्तै यौनजन्य सङ्क्रमणको उपचार एक हजार दुई सय ४३, परिवार नियोजनको लामो अवधिको सेवा एक सय ९८, आइयुसिडी लामो अवधिको साधन प्रयोग गर्ने दुई, पाठेघर खसेका ४९ महिला, दुई सय छ बालबालिका, गर्भवती तथा सुत्केरीसम्बन्धी सेवा एक सय ६२ जनालाई शिविरबाट सेवा दिएको शाखा प्रबन्धक खनालले जानकारी दिए। 

त्यस्तै शिविरमार्फत ४१ सुत्केरीलाई मर्यादा सामग्री वितरण, नौजना को एचआइभी परीक्षण र ९२ गर्भवती महिलालाई भिडियो एक्सरे जाँच गरिएको थियो । भूकम्पप्रभावित ती दुई पालिकामा सञ्चालित एक सय ७० सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रमबाट सात हजार सात सय ९७ व्यक्ति लाभान्वित भएको परिवार नियोजन सङ्घका अनुगमन तथा मूल्याङ्कन प्रबन्धक चेनराज जोसीले जानकारी दिए । 

गत मङ्सिरदेखि हालसम्म सञ्चालन भएका १७ शिविरबाट उक्त सङ्ख्यामा नागरिकले सेवा पाएका हुन् । रुकुम पश्चिमका ती दुई दुई स्थानीय तह सहित जाजरकोटका चार स्थानीय तह बारेकोट र कुसे गाउँपालिका तथा नलगाड र भेरी नगरपालिकामा सञ्चालन भएका ४६ शिविरबाट सात हजार तीन सय भूकम्पप्रभावित नागरिकले सेवा लिएको सङ्घका अनुगमन तथा मूल्याङ्कन प्रबन्धक जोसीले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु

काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...

काठमाडौंमा एलपी ग्यास अभावबारे सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...

५३ वर्षीय गोविन्द जो सात निर्वाचनमा म्यादी प्रहरी बने

कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...

धमाधम चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नौ लाख, अरु नेता कसको कति ?

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: