काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्याएको क्षतिपछिको पुन:निर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गरेको छन् । राष्ट्रियसभाको आजको वैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट, दैलेख, सल्यान, डोटी र बझाङलगायतका जिल्लामा भूकम्पले पुर्याएको क्षतिपछिको पुन:निर्माणलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिईन्।
उनले भूकम्पका कारण सञ्चार क्षेत्रमा पुर्याएको क्षतिबारे सरकारको ध्यानाकषर्ण गराईन् । सांसद शर्माले भनिन्, “भूकम्पपछि प्रभावित क्षेत्रमा प्राविधिक रुपमा भूगोलको अध्ययन जरुरी छ । भूकम्पपछि भूगोल खस्किएको छ, चिरा परेको छ, फाटेको छ र प्रभावित क्षेत्र बसोबासका लागि उपयुक्त छ वा छैन, अध्ययन गर्न जरुरी छ ।”
नेकपा (एमाले)का सांसद दीलकुमारी रावल थापा पार्वतीले चितवनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सडक, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रको विकास आवश्यक रहेकोमा सरकारको ध्यानाकषर्ण गराईन् । उनले भनिन्, “धार्मिक पर्यटनका सम्बन्धमा पवित्र नारायणीनदीको प्रमुख उदगमस्थल दामोदरकुण्ड, मुक्तिनाथ गोसाइगुण्ड, त्रिशुलीदेखि गोलाघाट अयोध्याधाम र त्रिवेणीधामसम्मलाई विशेष क्षेत्रका रुपमा संरक्षण, संवद्र्धन गर्दै देवघाटलाई प्रमुख पर्यटकीय धार्मिक क्षेत्रको रुपमा विकास गर्नु पर्दछ ।”
नेपाली कांग्रेसका सांसद रमेशजङ्ग रायमाझीले जनताबाट निर्वाचित सांसदहरुले निर्वाचनका समयमा जनतासमक्ष गरेका बाचाहरु पूरा गर्नुपर्नेमा जोड दिए। मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्ने, जतिसक्दो चाँडो सङ्घीय कानून बनाउनुपर्ने र कुनै राजनीतिक दल वा दलका नेतामा केन्द्रित गर्नेभन्दा पनि आगामी आर्थिक बर्षको बजेट जनताको पक्षमा बनाउनुपर्ने माग गरे।
सांसद सिंहबहादुर विश्वकर्माले दलित समुदायबारे संविधानमा व्यवस्था गरिएको अधिकार कार्यान्वयनका लागि कानून निर्माण हुनुपर्नेमा जोड दिए। सांसदहरु नारायणप्रसाद दाहाल, इन्दु कडरिया, शेखरकुमार सिंह, नरपति लुहार र दीपा गुरुङले भ्रष्टाचारको अन्त्यलगायत समसामयिक विषयमा सरकारको ध्यानाकषर्ण गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: