Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । करिब २४ किलो चरेश र अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ परेका छन् । मूलुकका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाइ पक्राउ गरेको हो । 

अवैध लागूऔषध चरेश करिब २४ किलो ५ सय ६० ग्रामसहित धादिङबाट प्रहरीले ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा  खनियाबास गाउँपालिका–५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्धकुमाख गाउँपालिका–४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ५२ वर्षीया साङ जोम तामाङनी र रूकुम भुमे गाउँपालिका–२ घर भई दाङ लमही नगरपालिका(४ बस्ने ३७ वर्षीया भावना बुढा रहेका छ्न् ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले कृष्णनगर  गरपालिका–२ लिङ्गेटबाट नेपालबाट भारततर्फ जाँदै गरेका सेती तामाङलाई ५ किलो ५ सय ५५ ग्राम, रेगदोन तामाङलाई ५ किलो ३ सय ६५ ग्राम, थल बहादुरलाई ४ किलो ६ सय १५ ग्राम र साङ जोमलाई ५ किलो ४ सय ८० ग्राम लागूऔषध चरेशसहित पक्राउ गरेको हो । 

थप अनुसन्धानको क्रममा भावना बुढाको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई कृष्णनगर नगरपालिका–१ शिवानगरबाट थप ३ किलो ५ सय ४५ ग्राम चरेशसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतको  वीरेन्द्रनगर नगरपालिका–९ पिपलडाँडा बस्ने ३० वर्षीय सनतराज बोगटीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ६ सय मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र अस्थायी प्रहरी पोष्ट लाटिकोइलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ रामजानकी टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ७ सय ७० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने २८ वर्षीय बिराट रावललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१–००९ प २१९९ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरकै  भिमदत्त नगरपालिका–६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ७२ मिलिग्रामसहित कृष्णपुर नगरपालिका–२ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरीले सु.प.प्र.०२–००३ प ५१३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरकै भिमदत्त नगरपालिका–११ बाट अवैध लागूऔषध ब्राउनसुगर ६७ मिलिग्रामसहित सोही नगरपालिका–१८ भगतपुर बस्ने २३ वर्षीय भुवन मगर समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गडडाचौकी र नेपाल प्रहरी प्रदेश कार्यालय  हेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै दाङको घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ३० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय सनम कुमार बुढा र सोही उपमहानगरपालिका–१४ जनचेतना टोल बस्ने ३२ वर्षीय बिजय कुमार बुढा रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले सनमको घरको तलासी गर्ने क्रममा ब्राउनसुगर  फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस्तै सर्लाहीको बागमती नगरपालिका–१२ बाट अवैध लागूऔषध गाँजा ५ केजी २ सय १० ग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय निशान घिसिङ समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले प्रदेश २–०४–००१ प ९५६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै मोटरसाइकलमा सवार हाल फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ । 
थप अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न सिन्धुली हरिहरपुरगढी गाउँपालिका–४ बस्ने १९ वर्षीय रूपेश लामालाई बागमती नगरपालिका–११ पुतली चोकबाट प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी सर्लाही, हरीवन नगरपालिका–१० बस्ने ५३ वर्षीया फुलमायाँ घिसिङलाई अवैध लागूऔषध गाँजा करिब ३ सय ३५ ग्राम र नगद ३ लाख ७९ हजार ३ सय २५ रूपैयाँसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको किराना पसलको तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । हाल फरार फुलमायाँका श्रीमान्‌को प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका–गणपतेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, नुर्फिन ४ एम्पुल, फेनारगन ४ एम्पुल र नगद १ लाख ४० हजार ५ सय रूपैयाँसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय राजकुमार सेन र सोही नगरपालिका–४ बस्ने २८ वर्षीय आशिष राना रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरूमा दमक नगरपालिका–२ सुनखरी बस्ने ३३ वर्षीय प्रविन तामाङ र ४५ वर्षीया कलमा तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाकै मेचिनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन ११ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका(९ बस्ने २८ वर्षीय डिक बहादुर कार्की र मोरङ मधुमल्ला तोरीवारी बस्ने २२ वर्षीया नाईरा भन्ने कोशिस तामाङ रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०४१ प १०३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई  पक्राउ गरेको हो ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ बाट अवैध लागूऔषध गाँजा ३ किलोसहित सर्लाही गोरहिता नगरपालिका–६ बस्ने ३८ वर्षीय दिनेश बैठालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बा.प्र ०३–००६ ख ५३४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending