Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

खोरमा थुनिएकी खाेटाङकी फुरदिकुलाई उद्धार गरी लगियो उपचारमा

खबरडबली संवाददाता

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मानसिक समस्या देखिएपछि खोरमा थुनिएकी २९ वर्षीया फुरदिकु शेर्पालाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी सोही नगरपालिका–१३ नुनथलास्थित गैरीकी फुरदिकुलाई नगरपालिकाले साेमबार उद्धार गरेर उपचारका लागि काठमाडौँस्थित मानसिक अस्पताल लगनखेल लगेको हो । 

महिना दिनअघिदेखि खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्ने गरी जिप चढाएर काठमाडौं लगिएको छ । मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो । उद्धार गरिएकी फुरदिकुको मानसिक अस्पताल लगनखेलमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । 

“राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा अनन्त अधिकारीसँग कुरा गरेर फुरदिकुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ । उनि (फुरदिकु)को उपचार सम्भव हुन्छ भन्ने चिकित्सकले भनेका छन्”, उनले भने, “उपचार अभावमा कोही पनि नागरिकलाई मर्न दिँदैनौँ । स्वास्थ्यकर्मीका अनुसार फुरदिकुको समस्या सामान्य हो भन्ने छ । उहाँको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाका तर्फबाट तिरिदिन्छौँ ।”

मान्छे देख्दा झनक्क रिसाउने, आक्रमण गर्ने, गाली, बेइज्जती, बेठेगान तरिकाले हिँड्ने, गीत गाइरहनेलगायत अनियन्त्रित व्यवहार देखाउन थालेपछि फुरदिकुलाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेका थिए । विसं २०६७ मा एसएलसीको तयारी गरिरहेका बेला फुरदिकुलाई मानसिक समस्या देखापर्न सुरु भएको पारिवारिक स्रोतले जनाएको छ । त्योबेला औषधि गरेपछि स्वास्थ्यमा सुधार भएको थियो । 

कोभिड–१९ को महामारीका बेला पनि फुरदिकुमा दोस्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको बुबा पेमाछेर शेर्पाले बताए । “परिवारको पहिलो सन्तान फुरदिकुले नुनथलाकै जालपा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी छन् । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भयो । फुरदिकुको उपचारका क्रममा अहिलेसम्म करिब रु सात लाखभन्दा बढी खर्च भइसकेको छ । पुनः गत माघ ३ गतेदेखि अस्वस्थ बनिन् । अनियन्त्रित भएपछि उनलाई खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको हो”, उनले भने । 

उनले भने, “एसएलसीको तयारी गरिरहेको बेला फुरदिकुलाई पहिलोपल्ट मानसिक समस्या देखिन थाल्यो । निको हुने आशामा सोलुखुम्बुदेखि काठमाडौँसम्मका धामीझाँक्री लगाइयो । माताकामा समेत लगियो । त्यति गर्दा पनि ठीक नभएपछि परिवारले उनलाई जिल्ला अस्पताल दिक्तेल पुर्‍यायो । अस्पतालले दिएको औषधि सेवन गरिरहेकै बेला ‘क्रिस्चियन धर्म मान्दा ठीक हुन्छ’ भनेर क्रिस्चियन बनाइयो । सोलुखुम्बुमा लगेर सात महिना क्रिस्चियन बनाएर राखेपछि घर फर्काइयो । त्यो बेलासम्म औषधिका कारण मानसिक समस्यामा धेरै सुधार भइसकेको थियो । क्रमशः उसको मानसिक समस्या पूर्णरुपमा निको भयो । अहिले पुनः दोहोरिएपछि समस्या भयो । यो बेला खर्च पनि छैन । धन्न बेलैमा नगरपालिकाले उद्धार गरिदियो । चाँडै उपचार सफल भएर फर्कियोस् ।”

फुरदिकुले २०७२ सालमा छिमेकी जिल्ला भोजपुरको अन्नपूर्ण गाउँपालिकाका दाजाङ शेर्पासँग प्रेमविवाह गरेको पारिवारिक स्रोतले जनाएको छ । विवाह गरेको दुई वर्षपछि फुरदिकुले छोरा पसनुरी जन्माइन । सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर प्रेमविवाह गरेको श्रीमान् दाजाङको मुटुको समस्याका कारण विसं २०७६ मा मृत्यु भयो । २५ वर्षकै उमेरमा विधुवा बनेकी फुरदिकुलाई पुनः मानसिक सन्तुलन गुमाउने समस्या दोहोरियो । 

अन्नपूर्णको स्वास्थ्यचौकीले पाटन अस्पताल लैजान सुझाव दियो । परिवार मिलेर बिरामीलाई पाटन पुर्‍याए । दुई महिना राखेर उपचार गरेपछि स्वास्थ्यमा केही सुधार आयो । नियमित औषधि सेवन गर्नेगरी उनलाई घर फर्काइयो तर खाँदै गरेको औषधि नियमित खान छाडेपछि पुनः स्वास्थ्यमा समस्या दोहोरिएको हो । 

श्रीमान् दाजाङको मुटुरोगका कारण मृत्यु भएपछि फुरदिकु तीन वर्षअघि छ वर्षीय छोरा पसनुरीसहित माइती घर नुनथला फर्किएकी थिइन । पसनुरी अहिले मावली घर नुनथलामा बसेर कक्षा ३ मा पढ्छन् । मानसिक सन्तुलन गुमाएर खोरमा थुनिएकी फुरदिकुको उपचारका लागि शुभेच्छुकबाट रु ३० हजार पाँच सय आर्थिक सहयोग जुटेको छ । दर्दनाक अवस्थामा खोरमा थुनिएको समाचार पढेपछि फुरदिकुको उद्धार एवं उपचारका लागि २६ जना शुभेच्छुकबाट आर्थिक सहयोग जुटेको हो । 

पत्रकार चिसाङ शेर्पाको पहलमा सङ्कलन भएको सहयोग रकम बुबा पेमाछेतरलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राईले शेर्पालाई हस्तान्तरण गरेका हुन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE