Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

खोरमा थुनिएकी खाेटाङकी फुरदिकुलाई उद्धार गरी लगियो उपचारमा

खबरडबली संवाददाता

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मानसिक समस्या देखिएपछि खोरमा थुनिएकी २९ वर्षीया फुरदिकु शेर्पालाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी सोही नगरपालिका–१३ नुनथलास्थित गैरीकी फुरदिकुलाई नगरपालिकाले साेमबार उद्धार गरेर उपचारका लागि काठमाडौँस्थित मानसिक अस्पताल लगनखेल लगेको हो । 

महिना दिनअघिदेखि खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्ने गरी जिप चढाएर काठमाडौं लगिएको छ । मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो । उद्धार गरिएकी फुरदिकुको मानसिक अस्पताल लगनखेलमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । 

“राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा अनन्त अधिकारीसँग कुरा गरेर फुरदिकुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ । उनि (फुरदिकु)को उपचार सम्भव हुन्छ भन्ने चिकित्सकले भनेका छन्”, उनले भने, “उपचार अभावमा कोही पनि नागरिकलाई मर्न दिँदैनौँ । स्वास्थ्यकर्मीका अनुसार फुरदिकुको समस्या सामान्य हो भन्ने छ । उहाँको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाका तर्फबाट तिरिदिन्छौँ ।”

मान्छे देख्दा झनक्क रिसाउने, आक्रमण गर्ने, गाली, बेइज्जती, बेठेगान तरिकाले हिँड्ने, गीत गाइरहनेलगायत अनियन्त्रित व्यवहार देखाउन थालेपछि फुरदिकुलाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेका थिए । विसं २०६७ मा एसएलसीको तयारी गरिरहेका बेला फुरदिकुलाई मानसिक समस्या देखापर्न सुरु भएको पारिवारिक स्रोतले जनाएको छ । त्योबेला औषधि गरेपछि स्वास्थ्यमा सुधार भएको थियो । 

कोभिड–१९ को महामारीका बेला पनि फुरदिकुमा दोस्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको बुबा पेमाछेर शेर्पाले बताए । “परिवारको पहिलो सन्तान फुरदिकुले नुनथलाकै जालपा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी छन् । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भयो । फुरदिकुको उपचारका क्रममा अहिलेसम्म करिब रु सात लाखभन्दा बढी खर्च भइसकेको छ । पुनः गत माघ ३ गतेदेखि अस्वस्थ बनिन् । अनियन्त्रित भएपछि उनलाई खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको हो”, उनले भने । 

उनले भने, “एसएलसीको तयारी गरिरहेको बेला फुरदिकुलाई पहिलोपल्ट मानसिक समस्या देखिन थाल्यो । निको हुने आशामा सोलुखुम्बुदेखि काठमाडौँसम्मका धामीझाँक्री लगाइयो । माताकामा समेत लगियो । त्यति गर्दा पनि ठीक नभएपछि परिवारले उनलाई जिल्ला अस्पताल दिक्तेल पुर्‍यायो । अस्पतालले दिएको औषधि सेवन गरिरहेकै बेला ‘क्रिस्चियन धर्म मान्दा ठीक हुन्छ’ भनेर क्रिस्चियन बनाइयो । सोलुखुम्बुमा लगेर सात महिना क्रिस्चियन बनाएर राखेपछि घर फर्काइयो । त्यो बेलासम्म औषधिका कारण मानसिक समस्यामा धेरै सुधार भइसकेको थियो । क्रमशः उसको मानसिक समस्या पूर्णरुपमा निको भयो । अहिले पुनः दोहोरिएपछि समस्या भयो । यो बेला खर्च पनि छैन । धन्न बेलैमा नगरपालिकाले उद्धार गरिदियो । चाँडै उपचार सफल भएर फर्कियोस् ।”

फुरदिकुले २०७२ सालमा छिमेकी जिल्ला भोजपुरको अन्नपूर्ण गाउँपालिकाका दाजाङ शेर्पासँग प्रेमविवाह गरेको पारिवारिक स्रोतले जनाएको छ । विवाह गरेको दुई वर्षपछि फुरदिकुले छोरा पसनुरी जन्माइन । सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर प्रेमविवाह गरेको श्रीमान् दाजाङको मुटुको समस्याका कारण विसं २०७६ मा मृत्यु भयो । २५ वर्षकै उमेरमा विधुवा बनेकी फुरदिकुलाई पुनः मानसिक सन्तुलन गुमाउने समस्या दोहोरियो । 

अन्नपूर्णको स्वास्थ्यचौकीले पाटन अस्पताल लैजान सुझाव दियो । परिवार मिलेर बिरामीलाई पाटन पुर्‍याए । दुई महिना राखेर उपचार गरेपछि स्वास्थ्यमा केही सुधार आयो । नियमित औषधि सेवन गर्नेगरी उनलाई घर फर्काइयो तर खाँदै गरेको औषधि नियमित खान छाडेपछि पुनः स्वास्थ्यमा समस्या दोहोरिएको हो । 

श्रीमान् दाजाङको मुटुरोगका कारण मृत्यु भएपछि फुरदिकु तीन वर्षअघि छ वर्षीय छोरा पसनुरीसहित माइती घर नुनथला फर्किएकी थिइन । पसनुरी अहिले मावली घर नुनथलामा बसेर कक्षा ३ मा पढ्छन् । मानसिक सन्तुलन गुमाएर खोरमा थुनिएकी फुरदिकुको उपचारका लागि शुभेच्छुकबाट रु ३० हजार पाँच सय आर्थिक सहयोग जुटेको छ । दर्दनाक अवस्थामा खोरमा थुनिएको समाचार पढेपछि फुरदिकुको उद्धार एवं उपचारका लागि २६ जना शुभेच्छुकबाट आर्थिक सहयोग जुटेको हो । 

पत्रकार चिसाङ शेर्पाको पहलमा सङ्कलन भएको सहयोग रकम बुबा पेमाछेतरलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राईले शेर्पालाई हस्तान्तरण गरेका हुन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending