काठमाडौं । चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक , तराजु प्रयोग गर्न व्यवसायीलाई आह्वान गरेको छ । अप्रमाणित ढक तथा ,तराजुको प्रयोगले उपभोक्ता ठगिने जनाउँदै यसलाई पूर्ण निस्तेज बनाउन नगरपालिकाले यस्तो आग्रह गरेको हो ।
यसका लागि नगरपालिकाले चन्द्रागिरि नगर उद्योग वाणिज्य सङ्घको सहकार्यमा बुधबारदेखि ढक तराजु दर्ता तथा नवीकरण शिविर आयोजना गर्ने भएको छ ।
यही फागुन १६ देखि २१ गतेसम्म सञ्चालन हुने सो शिविरमा नेपाल गुणस्तर तथा नापतौल कार्यालयका टोलीले प्राविधिक सहयोग गर्नेछन् । व्यवसायीलाई सहज बनाउन उनीहरूलाई पायक पर्ने स्थानमा नै ढक, तराजु दर्ता नवीकरण शिविर आयोजना गर्न लागेको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काले जानकारी दिए ।
उनले भने, “शिविर सञ्चालनपछि व्यवसायीले मापदण्डबमोजिम दर्ता र नवीकरण नगरी ढक, तराजु प्रयोग गरेको पाइएमा कारबाही गरिनेछ । अतः ढक, तराजु दर्ता एवं नवीकरण गरेरमात्र प्रयोग गर्न म व्यवसायीलाई आग्रह गर्दछु ।”
उनका अनुसार शिविर थानकोट (साझा घर), लाछिटोल (सतुङ्गल), चौपाया खरिद केन्द्र (दहचोक), विष्णुदेवी मन्दिर परिसर र चन्द्रागिरि नगरपालिका प्रागङ्गण (बलम्बु)मा सञ्चालन हुनेछ । शिविरमा आउँदा नागरिकता, व्यवसाय दर्ताको प्रमाणपत्र, ढक तराजु खरिद गरेको ३५ दिन ननाघेको भएमा खरिद गरेको बिल तथा नाघेको भए ढक तराजु ल्याउन तथा डिजिटल तराजुसँगै क्षमताको १० प्रतिशत ढक अनिवार्य ल्याउन व्यवसायीलाई नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले यस्तो शिविर हरेक वर्ष सञ्चालन गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: