बारा । पर्साको ठोरी गाउँपालिका वडा नं ५ सुवर्णपुरबाट ‘डार्ट’ गरी घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटे बाघको मृत्यु भएको छ । घाइते अवस्थामा उद्धार गरेर निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको बाघको सोमवार बिहान मृत्यु भएको हो ।
बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधाबारको खोरमा रहेको घाईते वयस्क पाटे बाघलाई आईतवार राती निकुञ्जका कर्मचारीले खाना दिएका थिए तर सोमवार बिहान खाना दिने समयमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।
यसअघि समेत निकुञ्जको खोरमा रहेको ३ वटा पाटे बाघ मध्ये एक बघिनीको मृत्यु भएको थियो । करिव १० वर्ष उमेरको बाघ अर्को भाले बाघसँग जुध्दा घाईते भएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए ।
उनका अनुसार घाईते बाघलाई भेटेरीनरी अस्पताल तथा विज्ञ चिकित्सकको सहयोगमा उपचार भइरहेको थियो । उनले भने,‘बाघलाई औषधी उपचार भईरहेको भएतापनि बचाउन भने सकिएन, मासुमा चिकित्सकको सल्लाह अनुसारनै औषधी हालेर खुवाईरहेका थियौै तरपनि बचाउन भने सकिएन, हुनत सधै जंगलमा बस्ने, कुद्ने जनावरलाई खोरमा बचाउन नसकिने रहेछ ।’
मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा ३ वर्षको अन्तरालमा ४ वटा वयस्क बाघले ज्यान गुमाईसकेका छन् ।
हाल पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटे बाघ छन् । संरक्षणको क्षेत्रमा गरिएको पछिल्लो प्रयासका कारण पर्सा निकुञ्जमा बर्सेनि बाघको सङ्ख्या बढ्दै गएको हो ।
१२ वर्ष अघिसम्म यो निकुञ्जमा ३ वटामात्र बाघ थिए । गत वर्ष बाघ गणना गर्दा यहाँ ४१ वयस्क बाघ रहेको पाइएको हो । बाघको संख्या बढेसँगै बासस्थानको अभाव हुदा बाघहरु आफै आफै जुधेर घाईते हुने र घाईते बाघले बस्तीमा पसेर जनधनको क्षती पुर्याउते गर्दछन् । हाल नेपालमा ३ सय ५० वटा पाटे बाघ छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: