सर्लाही । हुलाकी सडक अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका–३, मा सोमबार राति भारतीय स्कारपियो र मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका–६, बस्ने २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
डिएसपी थारुका अनुसार राति ८ः२५ बजेतिर पूर्व पश्चिम हुलाकी सडकस्थित कौडेना गाउँपालिका ३ स्थित कौडेना र मुसैलीको बिच भागमा मलङ्गवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नै बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्कारपियोका चालक भने फरार भएका र उनको खोजी भइरहेको डिएसपी थारुले बताउनुभयो । सर्लाहीमा पछिल्लो समय भर्खरै कालोपत्रे भएको हुलाकी सडकमा दैनिक जसो सवारी दुर्घटना भइरहेका छन् ।
धेरैजसो मोटरसाइकल दुर्घटनामा परिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अधिकांश दुर्घटना चालकको लापरबाही र तीव्र गतिका कारण भइरहेको पाइएको प्रहरीले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - २१:१०
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले निःशुल्क रगत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसमक्ष मंगलब...
पौष ९ गते, २०८१ - १६:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको राप...
पौष ९ गते, २०८१ - १६:३४
काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा समेत मुद्दा दायर भएसँगै उनी निलम्ब...
पौष ९ गते, २०८१ - १४:२०
बनेपा । भीषण बाढीपहिरो गएको करिब तीन महिनापछि जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवासको क्षति विवरण सार्वजनिक गरेको छ । उक्...
पौष ९ गते, २०८१ - १३:४०
काठमाडौं। प्रतिनिधि सभा सदस्यबाट निलम्बनमा परेका रास्वपाका सभापति रवि लामिछाने संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट समेत निलम्बनमा परेका छन्। ...
पौष ९ गते, २०८१ - १३:१६
काठमाडौं । सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको...
पौष ९ गते, २०८१ - १३:०५
बाजुराका ५० पीडित परिवारको त्रिपालमा बास
पौष ९ गते, २०८१ - १२:५५
पोखरा । पर्यटकिय राजधानी पोखरामा आजबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालल...
पौष ९ गते, २०८१ - १२:५५
भक्तपुर । भक्तपुरको बालकोटमा रहस्यमय रूपमा मृत्यु भएको अवस्थामा फेला परेका बाबुछोराको मृत्यु प्रकरणमा मृतक बाबुका जेठा छोरालाई प्रहरीले नियन्त्रणमा लि...
पौष ९ गते, २०८१ - १२:५१
काठमाडौं । जो जन्मन्छ, उसको एक दिन मर्ने निश्चित छ। यो अनन्त नियम हो, जसलाई कसैले नकार्न सक्दैन । तर, मानिस मरेपछि के हुन्छ ? के मर्ने व्यक्तिले पहिले...
प्रतिकृया लेख्नुहोस्: