पर्वत । पर्वतमा यस वर्ष २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र हुने भएको हो ।
जिल्लाका सातवटै पालिकामा गरी २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार दक्षिण पर्वतको चिसापानी–हातेमालोचोक–त्रिवेणी–पोखरचौर सडक खण्ड कालोपत्र सम्पन्न भइसकेको छ । कुश्मा नगरपालिका–१ पाङ नुवारदेखि वडा नं २ को हिमालय माविसम्मको छ किलोमिटर लामो सडक कालोपत्रको काम भइरहेको छ ।
यो सडकका लागि यस वर्ष रु आठ करोड विनियोजन भएकामा अहिलेसम्म २० प्रतिशत काम भइसकेको कार्यालयले जनाएको छ । मोदी गाउँपालिकाको शेराबेँसी मोहोरिया हुँदै झिलिबराङ जाने सडक दुई किलोमिटर कालोपत्र हुने छ भने मख ठूलीपोखरी–देउपुर सडक पनि दुई किलोमिटर कालोपत्र गर्नेगरी योजना सुरु भइसकेको छ । यी दुवै योजनाका लागि रु दुई करोड ५० लाखको दरले बजेट विनियोजन भएको छ ।
कार्यालयका अनुसार मिलनचोक–धाइरिङ–घाखेत सडकअन्तर्गत यस वर्ष आठ किलोमिटर कालोपत्र हुने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत रहेको यो सडक लामो समयदेखि अलपत्र रहकामा गत असोजदेखि धमाधम निर्माण भइरहेको छ । यसवर्ष काम सम्पन्न हुने अपेक्षा गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।
यसैगरी, मोदी गाउँपालिकाको रतिखोला–दराक चित्रे सडक पनि कालोपत्रको चरणमा रहेको छ । तेह्र किलोमिटर लामो यो सडक कालोपत्रका लागि समपूरक बजेटबाट रु १८ करोड विनियोजन भएको छ । चालू आर्थिक वर्षको ठूलो योजनाका रुपमा रहेको यो सडक यस वर्ष सम्झौता मात्र गर्न सकिने र अर्को आर्थिक वर्षदेखि कालोपत्रको काम सुरु गरिने भएको छ ।
त्यसैगरी, फलेवास नगरपालिकाअन्तर्गत हिलेखोला–कार्कीनेटा–थापाठाना–फलेवास सडक खण्डमा पनि चार किलोमिटर सडक कालोपत्र हुने भएको छ । यो सडकको पनि ठेक्का लागिसकेको छ । उक्त सडक दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।
यसैगरी, गँगटे– आर्थर सडक खण्डमा पनि कालोपत्रका लागि काम सुरु भएको छ । रु पाँच करोड विनियोजन भएकामा यस वर्ष झन्डै दुई किलोमिटर सडक कालोपत्र नै हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । यो सडक निर्माणको काम धमाधम भइरहेको उहाँको भनाइ छ । कालोपत्रबाहेक विभिन्न सडक ढलान गर्ने योजना पनि रहेका छन् । रु ३० लाखभन्दा कम बजेट विनियोजन भएका सडक ढलान गर्ने योजना पनि धमाधम सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ । पर्वतमा यसवर्ष एक सय ३२ वटा पूर्वाधारका योजना रहेको र तीमध्ये अधिकांश योजना कार्यान्वयनमा गइसकेका छन् ।
जनशक्तिको अभावका कारण कतिपय योजनाको विस्तृत सर्भेक्षण गर्न र बेलपत्र आह्वान गर्न समस्या भइरहेको अधिकारीले बताए । पर्वतमा यस वर्ष प्रदेश र सङ्घीय सरकारबाट गरी पूर्वाधार योजनाका लागि रु एक अर्ब नौ लाख बराबार बजेट विनियोजन भएको थियो । जसमध्ये नौवटा क्रमागत योजना, दुईवटा कृषि सडक, १४ वटा सङ्घीय सरकारद्वारा हस्तान्तरित र प्रदेश सरकारका नयाँ ९४ वटा योजना रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: