जाजरकोट । जाजरकोटमा शिवालय गाउँपालिकाको एम्बुलेन्स चार महिनादेखि थन्किएको छ । समयमा मर्मतका लागि चासो नदिँदा इलाका प्रहरी कार्यालयको गेटभित्र एम्बुलेन्स थन्किएको हो ।
समयमै एम्बुलेन्स मर्मत नहुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ । गाउँमा बिरामी हुँदा गाडी नै नपाइने र पाइए पनि निजी जीपमा महँगो भाडा तिरेर अस्पताल लैजानुपर्दा साह्रै दुःख खेप्नु परेको स्थानीयको गुनासो छ । एम्बुलेन्स बिग्रेको चार महिनासम्म मर्मत नगर्नु जनप्रतिनिधि र कर्मचारीले लापरवाही गरेको स्थानीय पूर्णसमिर महताराले बताए । एम्बुलेन्स अहिले मर्मत नगर्दा बिरामी स्टेचरमा बोक्न स्थानीय बाध्य भएका नागरिकहरुको गुनासो छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले थन्किएको एम्बुलेन्स मर्मतका लागि धेरै खर्च लाग्ने भएपछि मर्मत गर्न नसकिएको बताए ।‘‘एम्बुलेन्स मर्मतका लागि धेरै खर्च लाग्ने भएपछि मर्मत गर्न नसकिएको बताउँदै उनले अब छिट्टै नयाँ एम्बुलेन्स खरिदको तयारीमा गाउँपालिका रहेको बताए । कर्णाली प्रदेश सरकारको १५ लाख रुपियाँ र पालिकाको पाँच लाख गरी २० लाख बराबरको एम्बुलेन्स आउन लागेको प्रशासकीय अधिकृत बस्नेतले बताए ।
गाउँपालिकाभित्रका नागरिकहरुलाई एम्बुन्सको सेवाबाट वञ्चित हुन नदिन गाउँपालिकाले निजी गाडीको पैसा तिरिदिने गरेको अधिकृत बस्नेतले जानकारी दिए । एम्बुलेन्स जस्तो संवेदनशील सवारी मर्मत नगरेर स्थानीय सरकारले नागरिकको उपचारमा खेलवाड गरेको स्थानीय बलबहादुर थापाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: