Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

इलाम–२ मा सुरु भयो चुनावी चर्चा, टिकटका लागि नेता भेट्न दौडधुप

खबरडबली संवाददाता

मङ्गलबारे । निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको छ । नेताहरु टिकटका लागि आफ्नो नजिक रहेका नेता भेट्न दौडधुपमा लागेका छन् । 

निर्वाचन आयोगले आगामी वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । गत चुनावमा सत्तारूढ गठबन्धनमा रहेका दल र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बीच कडा प्रतिस्पर्धा भएको थियो । अर्थात् गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका डम्बर खड्कालाई एक सय १४ मतले पछि पार्दै एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएको थिए । सो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य एमालेका उपाध्यक्ष रहेका नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । नेम्वाङको मृत्यु भएपछि यस क्षेत्रमा उपचुनाव हुन लागेको हो । 

यस क्षेत्रका नेताहरु आफू विजयी हुने दाबीसहित प्रदेश र केन्द्रीय तहका नेताकहाँ धाउन थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति डम्बर खड्का र महासमिति सदस्य भेषराज आचार्यको नाम चर्चामा रहेको छ । पूर्वजिल्ला सभापति तथा पूर्वसांसद केशव थापा र नगेन्द्र कुमालको नाम चर्चामा आउने गरेको छ ।
 
एमालेबाट स्व नेम्वाङका छोरा सुहाङ नेम्वाङको समेत चर्चा छ । जिल्ला सचिव उमेश गुरुङ, उपसचिव रवीन्द्र सुवेदीको उत्तिकै चर्चा छ । स्व नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनालको नाम पनि चर्चामा रहँदै आएको छ । 

कांग्रेससँग सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का केही नेताको नाम चर्चामा रहेको छ । माओवादी केन्द्रका तर्फबाट प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो), जिल्ला इन्चार्ज कुलप्रसाद लिम्बू, पूर्वजिल्ला इञ्चार्ज धिरेन्द्र शर्मा (रमन), जिल्ला सह–इन्चार्ज कान्छा लावती र जिल्ला अध्यक्ष विजय राईका नाम चर्चामा रहेको छ । 

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद ९केपी० पालुङ्वाको नाम चर्चामा रहेको छ । उहाँ गएको निर्वाचनमा पनि उठ्नु भएको थियो । उनले सम्मानजनक मत प्राप्त गर्नुभएको थियो । पालुङ्वालाई  पहिचान पक्षधरले सहयोग गर्ने एकथरीको भनाइ छ । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट समेत उम्मेदवारीको चर्चा हुन थालेको छ । सो पार्टीबाट पूर्वप्रधानमन्त्री भइसकेका झलनाथ खनालको चर्चा हुन थालेको छ । उहाँ गएको निर्वाचनमा इलाम १ बाट पराजित हुनुभएको थियो । एकीकृत समाजवादीले जिल्ला कमिटीको निर्णयबाट मात्र उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा स्वतन्त्र उम्मेदवारको चर्चा हुन थालेको छ । रास्वपाले प्रतिनिधि खटाएर अवस्था बुझ्ने र उम्मेदवार टुङ्गो लगाउने बताएको छ । स्थानीय उम्मेदवारलाई नै प्राथमिकता दिने सो पार्टीको भनाइ छ । स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिने बताइएको छ । हालसम्म कुनै पनि पार्टीले उम्मेदवारको टुङ्गो लगाएका छैनन् ।  

केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत चर्चा चलाए पनि आधिकारिकरुपमा उम्मेदवारीको घोषणा भएको छैन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending