रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई हातपातको प्रयास गर्दै तोडफोडमा उत्रिने वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेको छ । नगरपालिकाले मंगलवार बिहान पत्रकार सम्मेलन गरी मेयर ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको नवीनतम् कामलाई प्रभावित पार्न आक्रमण गरिएको जनाएको हो ।
हातपातको प्रयास गर्नेलाई कानूनी उपचारमा ल्याउन पनि नगरपालिकाले माग गरेको हो । नगरको खेलकुद संयोजकको विषयलाई लिएर देवदहमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले सोमवार प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र तोडफोड गर्दै कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
नगरपालिकाका प्रवक्ता रमेश डुम्रेले तोडफोड गर्दै तालाबन्दी गर्नु नगरबासीमाथिको अपमान भएको बताए । ‘हामीले कानून, विधि र विधानबाट तलमाथि नगरी काम गरेका छौं’, प्रवक्ता डुम्रेले भने, ‘नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई तस्करको आरोप लगाउनु भनेको जनतामाथिको अपमान हो । मेयर र हाकिमबीच मिलेर नगरमा भएका कामले जनता खुसी छन् । परिवर्तन र नवीनतम् कामबाट आत्तिएर आक्रमण प्रयास भएको हो । यसको हामी निन्दा गर्दछौं ।’
गत पुस १८ गते बसेको कार्यपालिका बैठकले देवदह–७ का कमल पाण्डेलाई नगर खेलकुद विकास समितिको संयोजक तोकेको थियो । कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्था अनुसार आफूले संयोजक तोकेको नगरप्रमुख खरेलले जानकारी दिए । ‘खेलकुदको संयोजक सहमतिमा तोक्न लामो प्रयास गरे’ खरेलले भने, ‘सहमति हुन नसकेपछि बहुमतबाट टुंगो लगाएको हो । हामी विधि विधानले पनि त्यही भन्छ । जनप्रतिनिधि हुँ भन्दै हाकिमको कठालो समात्न खोज्ने, बन्दुक खोस्नेलाई कारबाहीको माग गर्दछौं ।’
प्रमुख प्रशासकीय अधिकृत सापकोटाले पालिकामा भएका हरेक काम स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले तोके अनुसार नै भएको बताए ।
७ जना वडा अध्यक्ष र केही कार्यपालिका सदस्यले सोमवार नगरपालिकामा ताला लगाएका थिए । उनीहरूले लगाएको ताला प्रहरीले सोमवार नै तोडेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: