राजविराज । दुध वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक लगायतका मागा राखी संर्घषरत दुग्ध व्यवसायी तथा दुध किसानहरुले विभिन्न ११ बुंदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
सदरमुकाम राजविराजमा दुग्ध उत्पादक सहकारी संघ लि।को अगुवाईमा मंगलवार प्रर्दशन सहित दुग्ध व्यवसायी र किसानहरुले प्रमुख जिल्ला अधिकारी किरण थापालाई ११ बुंदे ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा दुग्ध किसानहरुको सरकारी स्वामित्वमा रहेको मोरंगको विराटनगरस्थित दुग्ध विकास संस्थान वितरण आयोजना तथा अन्य नीजी डेरी उधोगहरुले विगत ८ महिना देखि ८ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै अविलम्ब भुक्तानी ब्यवस्थाका लागी सरकार संंग माग गरिएको छ ।
यस्तै विभिन्न बहानामा आफुखुशी कायम गरेको मूल्य खारेजी, दुग्ध व्यवसायी र किसानलाई पेशामा टिकाई राख्न सहुलित कृषि कर्जाको व्यवस्था, निर्यातित दुग्धजन्य पर्दाथमा अनुदानको व्यवस्था, सीमाक्षेत्रबाट अबैधरुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पदार्थमा रोक जस्ता माँग अघि सारिएको छ ।
यस्तै विमा दाबी भुक्तानीको सहज व्यवस्था, पशु आहारा आदीको ढुवानीमा ट्राफिक प्रहरीले दिने अनावश्यक दुःखको अन्त्य र किसानसँग रहेको दुध र दुग्धजन्य पर्दाथको अन्तराष्ट्रिय बजारसम्म पहुँचको व्यवस्था लगायतका माग पनि ज्ञापन पत्रमार्फत किसानहरुले अघि सारेका छन् ।
ज्ञापन पत्रमा पीडित किसानहरुले आन्दोलन कार्यक्रम सहित माँग पुरा नभए आन्दोलन चर्काउदै लैजाने चेतावनी समेत दिएका छन् । जसअनुसार फागुन १७ गते साँकेतिक रुपमा पूर्व पश्चिम राजर्मागको महुली सडक खण्डमा दुध पोखेर एक घण्टा चक्का जाम तथा फागुन २१ देखि काठमाडौं माईतीघर मण्डेलामा धर्ना तथा विरोध प्रर्दशनका कार्यक्रम तय गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: