Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

माछापालनबाट वार्षिक बाइस लाख आम्दानी

\"fish\"दाङ । दाङको लमही नगरपालिका– ५ टिकुलीगढका  अम्मरबहादुर तामाङले माछापालनबाट वार्षिक रु २२ लाख आम्दानी गर्न सफल भएका छन् । आठ बिगाहा जग्गा क्षेत्रफलमा आठवटा पोखरी निर्माण गरेर उनले व्यावसायिक रुपमा माछापालन गरिरहेका छन् । अहिले बिहानैदेखि उनको घरमा माछा लिन आउनेको भीड लाग्ने गरेको  छ । विगत आठ वर्षदेखि व्यावसायिक रुपमा माछापालन गर्दै आएका तामाङले अहिले माछा र माछाको भुरा उत्पादन गर्दै आएका छन् । उनले स्थानीयवासी सात जनालाई रोजगारीसमेत दिएका छन् । यस व्यवसायबाट आफू अत्यन्त सन्तुष्ट रहेको बताउने तामाङले आम्दानी पनि सोचेअनुसार गर्ने सकिने हँुदा यस्ता आयआर्जनका व्यवसायमा लाग्न बेरोजगारलाई सल्लाहसमेत दिएका छन् । आफ्नै गाउँघरमा मेहनत र लगशीलताका साथ काम गर्ने हो भने विदेशमा भन्दा बढी पैसा र मानसम्मान स्वदेशमै कमाउन सकिन्छ भन्ने गतिलो उदाहरणको पात्र बन्न सफल भएका छन् उनी । धान, गहुँ, मकै र तरकारी सबै खेती गरिसकेका उनलाई सबैभन्दा बढी माछापालनबाटै दोब्बर आम्दानी हुने विश्वास लागेकै कारण यस पेसाप्रति  आकर्षण बढेको हो । माछापालनमा लामो अनुभव सङ्गालेका तामाङसँग माछापालनका बारेमा सरसल्लाह गर्न आउनेहरु पनि धेरै छन् । ‘घरमा माछा लिन आएकाहरुले पनि कसरी, कहिलेदेखि यसो गर्नुभयो भन्दै सोध्छन्’ उनले भने । यहाँ आएको जोसुकैले पनि एक पटक माछा पाल्ने  सपना देखेर फर्कन्छ । एक्लो प्रयासमा आठ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण गरी माछापालन गरिएको छ । अहिले आफ्नो व्यवसायप्रति थप आत्मविश्वास बढाएको तामाङले बताए । विसं २०६३ मा तीन कट्ठाको पोखरीमा रु चार हजारको भुरा हाली व्यावसायिक माछापालन सुरु गरेका उनले अहिले माछा, भुरा बिक्री गरेर आम्दानी गरिरहेका छन् । त्यहाँ आठ जना स्थानीय युवाले रोजगारीसमेत पाएका छन् । सुरुमा धान, गहुँ राम्रोसँग उत्पादन हुने जग्गामा माछापालनका लागि पोखरी निर्माण गर्दा उनलाई गाह्रो भने नभएको होइन । गाउँ, समाज र घरपरिवारबाट खेतीयोग्य जमिनलाई खनेर खाल्टो पार्दा ‘बौलाउन थालिस्’ भन्नेहरु अहिले आफ्नो प्रशंसक भएको उनको भनाई छ । आठ बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा ग्रास, कमन, सिल्भर, विग हेड, रहु र नैनी जातका माछापालन गरिएको छ । त्यहाँ उत्पादन भएका माछा जिल्लाका विभिन्न बजारमा बिक्रीका लागि लगिने गरिन्छ । प्रतिकिलो रु २२० देखि रु २५० सम्मका दरले माछा बिक्री हुने गरेका छन् । ‘सुरुका दिनमा माछा बिक्री गर्नका लागि छिटुवामा राखेर स्थानीय बजारमा  लग्ने गर्दथे । कुनै दिन त नबिकेर घरमा फिर्ता आउने पनि गर्दथ्यो, ‘उनले विगतका दिनको अनुभव सुनाउँदै भने –‘तर अहिले त टाढाटाढाबाट घरमा  नै माछा किन्न आउनेहरुको भीड लाग्ने गर्दछ ।’ अहिले त बजारमा मागअनुसारको माछा पु¥याउन सकिएको छैन, घरमै भीड लाग्छ, लाइन बस्नुपर्छ ।    हाल बढ्दो विद्युत् भार कटौती र पानीको समस्या हुने गरेको बताएको छ । रासस
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies