Khabar Dabali २८ श्रावण २०७९ शनिबार | 13th August, 2022 Sat

भदौ महिना भित्र संविधान जारी हुन्छ : मन्त्री रिजाल

Krishi bikash bank
Minendra Rijalकाठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले भदौ महिना भित्र संविधान जरी हुने बताएका छन् । रिपोर्टर्स क्लबले विहिबार आयोजना गरेको अन्तक्र्रियामा मन्त्री रिजालले उत्त कुरा बताएका हुन । उनले टीकापुरमा भएको घटना अमानवीय तथा जघन्य अपराध भएको बताउँदै हिंसाले थप हिंसा र प्रतिहिंसाको जन्म दिने हुँदा त्यसलाई मुलुकले थेग्न नसक्ने धारणा व्यक्त गरे । उनले प्रधानमन्त्रीले असन्तुष्ट पक्षलाई वार्ताको लागि आग्रह गरिसकेको अहिलेको अवस्थामा असन्तुष्ट पक्ष वार्तामा आई समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आन्दोलनरत पक्षले कडा माग राख्ने तथा अनावश्यक अडान गर्न नहुने बताए । उनले हिंसाको अन्त्य नभई राजनीतिक असन्तुष्टिलाई सम्बोधन गर्न नसकिने स्पष्ट पार्दै साम्प्रदायिक दङ्गा भडकाउने काम कुनै पनि जाति तथा समुदायले गरे त्यो अक्षम्य र दण्डनीय हुने त्यसलाई सरकारले कुनै पनि हालतमा नसहने उल्लेख गरे । मन्त्री रिजालले संविधान निर्माणको काम अन्तिमचरणमा पुगेको बेला सैद्धान्तिक छलफल र त्यसपछि संसोधनमा समेत छलफल हुने भएकोले असन्तुष्ट पक्षका माग सम्बोधन हुने विश्वास ब्यक्त गरे । उनले सरकार सरकार शान्ति सुरक्षा कायम गर्न पछि नपर्ने बताउँदै संविधान जारी नहुने अहिलेसम्म कुनै आधार नदेखिएको र आपूmहरु पनि छिटो संविधान जारी गर्न लागि परेकाले यही भदौ महिनाभित्र संविधान जारी हुने जानकारी दिए । मन्त्री रिजालले प्रकृया पु¥याएर स्थापना भएका कुनै पनि सञ्चारमाध्यमलाई बन्देज नगरिने बताउँदै सञ्चार माध्यम तथा सञ्चारकर्मीले मुलुकको समसामयिक परिस्थितिमा संवेदनशील भइ सूचना प्रवाह गर्नुपर्ने सुझाव दिए ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page