Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

सुन्दर र आकर्षक धार्मीक गन्तव्य छत्रेश्वरी सतिपिठमा महाशिवरात्री मेला व्यवस्थापनको तयारी तिब्र

खबरडबली संवाददाता

सल्यान  । सुन्दर र आकर्षक धार्मीक गन्तव्य सल्यानको छत्रेश्वरी सतिपिठमा महाशिवरात्रीको दिन हुने पुजाअर्चना र मेलालाई व्यवस्थित बनाउने विषयमा बैठक सम्पन्न भएको छ । छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री सहित आइतबार छत्रेश्वरी सतिपिठ क्षेत्र विकास समितिको बैठक सम्पन्न भएको हो ।

महाशिवरात्रीको दिनमा छत्रेश्वरीमा देशका विभिन्न स्थानबाट हजारौँ भक्तजन तथा दर्शनार्थीहरु आउने भएकाले आवश्यक व्यवस्थापनका लागि स्थानीय सरकारका प्रतिनिधी, सुरक्षा निकाय तथा सरोकारवालाहरुको उपस्थितीमा बैठक बसेर महत्वपूर्ण निर्णयहरु गरिएको समितिका अध्यक्ष प्रेम बहादुर भण्डारीले जानकारी दिए । छत्रेश्वरी गाउँपालिका ६ स्थित मन्दिर सम्म पुग्ने सडकको स्तरोन्नती, सुरक्षा प्रवन्ध, स्वयमसेवक परिचालन, सवारी पार्कीङ, भण्डारा सञ्चालन, सहज रुपमा पुजा र दर्शन लगाएतको व्यवस्थापनका लागि छलफल र निर्णय गरिएको उनले बताए ।

धार्मीक आस्थाको केन्द्र छत्रेश्वरीको संरक्षण, विकास र प्रवद्र्धनका लागि विगत देखि नै स्थानीय सरकारले योजनाबद्ध काम गरिरहेको भन्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले यहि फागुन २५ गते लाग्ने विशेष मेलालाई व्यवस्थित बनाउन सबैको चासो र मिहेनत आवश्यक रहेको बताए । मेला व्यवस्थापनका लागि गाउँपालिकाले यस वर्ष पनि सहयोग गर्ने भन्दै उनले मेलामा गाँजा, भाङ, धतुरोजस्ता नशालु पदार्थ सेवनलाई कडाईका साथ प्रतिबन्ध गरिने बताए । यसमा प्रहरीले मसिनो ढंगले निगरानी गर्ने र नशालु पदार्ध प्रयोगकर्ता र विक्रिवितरण गर्ने सबैलाई तत्काल कानुनी कारवाहीमा लैजाने बताएको छ ।

बैठकमा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले छत्रेश्वरीको दर्शनका लागि उचित प्रवन्धका लागि समिति संगै स्थानीय सरकार तथा स्थानीय नागरिकले प्रभावकारी भुमिका खेल्नुपर्ने बताईन् । वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढाले मेलाको बेला हुन सक्ने अवाञ्छीत क्रियाकलाप र विकृतिलाई रोक्नुपर्ने धारणा व्यक्त गरे । इलाका प्रहरी कार्यालय लुहामका प्रमुख इन्सपेक्टर रेशमलाल पौडेल सहित ट्राफिक प्रहरीका प्रतिनिधी लगाएतकाले सुरक्षा प्रवन्ध तथा सवारी आवागमनको व्यवस्थापनका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताएका थिए ।

सत्ययुगमा महादेवले सतिदेवीको मृत शरीरलाई बोकेर ब्रहमाण्डको भ्रमण गराउने क्रममा सतिदेवीका बाँकी रहेका सम्पूर्ण अंग छत्रेश्वरीमा पतन भएको श्रीस्वस्थानी ब्रतकथामा उल्लेख छ । साथै उक्त स्थानमा पिचाशेश्वर महादेब र छत्रेश्वरी भगवती प्रकट भएको किंवदन्ती छ । छत्रेश्वरी शतिपीठ नेपालकै पशु बली नचढ्ने मन्दिरको रुपमा प्रचलित छ । यहाँ शिवरात्रीको बेला नेपालका विभिन्न जिल्लाबाट हजारौँको संख्यामा भक्तजनहरु आउने गरेको छत्रेश्वरी क्षेत्र विकास समितिका सचिव तिर्थराज डाँगीले जानकारी दिए ।

छत्रेश्वरी गाउँपलिका वडा नम्बर ६ स्थित राप्ती लोकमार्गको घोप्टे अमराईदेखि करिब चारसय मिटरको दूरीमा शारदा नदीको छेउँमा शंखमुल छ । यहाँ शंखपार्क पनि छ । शंखमूलदेखि करिब तीन किलोमीटर अगाडि पिचाशेस्वर महादेवको मन्दिर रहेको छ भने शंखमूलदेखि चार किलोमीटरको दूरीमा छत्रेश्वरी भगवती मन्दिर अवस्थीत छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: