Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

‘व्यावसायिक पत्रकारितामा केन्द्रित हुनुपर्ने’

खबरडबली संवाददाता

काठमाडौं । पत्रकारिता क्षेत्रका अग्रजले सञ्चारगृह दिगो व्यावसायिक पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल प्रेस युनियन, महिला विभागद्वारा बुधबार यहाँ आयोजित पत्रकारका अनुभव आदानप्रदान कार्यक्रममा पत्रकारिताको व्यावसायिक अभ्यासलाई थप पेशागत, मर्यादित बनाउन सम्बन्धित पक्ष तत्पर रहनुपर्ने बताए । 

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारीले मुलुकको सर्वोत्तम हितका लागि पत्रकारिता क्षेत्रलाई प्रतिष्ठित, मर्यादित बनाउन महासङ्घ संवेदनशील रहेको उल्लेख गरिन् । “पत्रकारिता पेशामा लामो समयसम्म सक्रिय महिलाको सङ्ख्या न्यून छ । पारिवारिक जिम्मेवारीसँगै यस क्षेत्रमा पारिश्रमिकलगायतका सेवासुविधामा भएको विभेदबारे महासङ्घ संवेदनशील छ”, उनले भनिन् । 

पत्रकारिता क्षेत्रमा आवद्ध महिला हिंसाका घटना न्यूनीकरणमा पुरुषहरुको भूमिका पनि उत्तिकै रहने उल्लेख गर्दै उनले प्रतिस्पर्धामा महिलाले आफ्नो क्षमता, सक्षमतालाई सुदृढ गर्नुपर्नेमा जोड दिइन् । 

न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्काले पत्रकारिता क्षेत्रमा पत्रकार महिलाहरुले हासिल गरेको उपलब्धिलाई समीक्षा गर्न जरुरी भएको बताइन् । उनले महिलाका हक अधिकारका सम्बन्धमा भएका व्यवस्था कार्यान्वयनको अवस्था कमजोर रहेको उल्लेख गरिन् । 

प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले पत्रकार महिलालाई पुरुषसरह समान पारिश्रमिक नभएको भन्दै पेशागत सुरक्षा सुनिश्चित हुनुपर्ने धारणा राखे । प्रेस युनियनका सल्लाहकार अनिता विन्दुले पत्रकारितामा महिलामैत्री वातावरण सिर्जना गर्नुपर्ने बताइन् । आफ्नो जिम्मेवारी अनुरुप क्षमता अभिवृद्धि गर्न महिला स्वयम तत्पर रहनुपर्ने उल्लेख गरिन् । 

नेपाल ट्रेड युनियन, कांग्रेसका महिला उपाध्यक्ष राधिका कुइँकेलले राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारितामा महिलाले लैङ्गिक हिंसाका सम्बन्धमा चलाएका कलमको समीक्षा गर्न आवश्यक रहेको बताइन् । 

प्रेस युनियन, काठमाडौँका अध्यक्ष महेश गौतमले पारिश्रमको उचित मूल्याङ्कन गरी महिला लक्षित सेवा सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीले महिलाको पारिवारिक जिम्मेवारीलाई वेवास्ता गर्न नमिल्ने, स्थापित सञ्चारगृह व्यवस्थित गर्न नसक्दा सञ्चारकर्मी टिक्न नसकेको, पत्रकारिता शैक्षिक संस्थाका जनशक्तिलाई सदुपयोग गर्न दिगो रणनीतिक योजना तयार पार्नुपर्ने, महिलाको विज्ञता स्वीकार गर्नुपर्ने, महिला पत्रकारको सहजताका लागि नीतिगत व्यवस्था गर्नुपर्ने, महिलाका मुद्दा समाधानमा ऐक्यबद्धता जनाउनुपर्ने,  हरेक समाचार कक्षमा न्यूनतम पारिश्रमिक नेतृत्वको निगरानी हुनुपर्ने, जिम्मेवारी बहनमा इच्छाशक्ति प्रकट गर्न दृढ हुनुपर्ने, महिलामैत्री समाचार कक्ष हुनुपर्नेलगायतका विषय उठान गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE