काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बुधवार साँझ पद बहाली गरेकी छन् । यसअघि शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७९ माघ ३ गतेदेखि २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।
प्रधानमन्त्री प्रचण्डले बुधवार गर्नुभएको मन्त्रिपरिषद् गठनमा उनी पुनः सञ्चारमन्त्रीमा नियुक्त भएकी हुन् । उनले २०७२ कात्तिक १ गतेदेखि २०७३ असार २८ गतेसम्म सामान्य प्रशासन मन्त्रीका रूपमा भूमिका निर्वाह गरेकी थिइन् । २०७९ मङ्सिर ४ गतेको निर्वाचनबाट शर्मा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै निर्वाचित भएकी थिइन् । उनी समानुपातिक प्रणालीबाट २०७० मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
विसं २०२६ असोज ९ गते दाङको घोराही उपमहानगरपालिका वडा नं १८ मसिनामा बुबा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मिएकी शर्माले विसं २०४२ सालदेखि विद्यार्थी सङ्गठनबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् ।
अखिलको इकाई समितिबाट राजनीति सुरु गरेकी शर्माले विसं २०४७ मा अखिलको जिल्ला उपाध्यक्ष, विसं २०४८ सालमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को दाङ अध्यक्ष, विसं २०५० मा महिला सङ्गठनको केन्द्रीय सदस्य, विसं २०५१ मा वाइसिएल केन्द्रीय सदस्य, विसं २०५३ सालदेखि विसं २०५८ सालसम्म अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।
विसं २०५७ मा नेकपा (माओवादी) को केन्द्रीय सदस्य बनेकी नेत्री शर्मा काठमाडौँ उपत्यका उपब्युरोको इन्चार्जको भूमिकामा रहेको बेलामा २०५८ चैतमा पार्टी केन्द्रीय सदस्य तथा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परेकी थिइन् ।
तत्कालीन शाही नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा लामो कष्टकर यातनापछि सरकार र माओवादीबिच वार्ता सुरु भएपछि २०५९ साल चैत ३१ गते दुवै जना जेलमुक्त भएका थिए । लामो जेल जीवनपछि पुनः राजनीतिमा सक्रिय शर्मा हाल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति सदस्यको भूमिकामा रहेकी छन् ।
विसं २०७० देखि २०७२ सम्म संविधान निर्माणमा महत्त्वपूर्ण योगदान गरेकी शर्माले २०७४ मा संसदीय दलको सचेतकको जिम्मेवारी निर्वाह गरेकी थिइन् । मन्त्री शर्माले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित हुने शर्मा एक्लै महिला हुन् । आफूलाई सामाजिक न्याय र समानताको पक्षधरका रूपमा परिचित गराउन चाहने मन्त्री शर्मा कृषि र अर्थतन्त्रको विषयमा पनि रुचि राख्छिन् । पार्टीको विद्यार्थी, युवा र महिला सङ्गठनमा लामो समय बिताएकी शर्माले संविधानसभा पदक प्राप्त गरेकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: