Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

प्रचण्डसँग बदला लिन कांग्रेसले वैकल्पिक गठबन्धन बनाउँदैछ ?

खबरडबली संवाददाता

काठमाडौं । आफू इतर चारवटा दलले नयाँ गठबन्धन बनाएसँगै संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले वैकल्पिक गठबन्धन बनाउन सक्ने अड्कलबाजी भइरहेका छन्।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी मिलेर सोमवार बनेको गठबन्धनले नेपाली राजनीतिक वृत्तमा तरङ्ग निम्त्याएको छ।

लामो गृहकार्यपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन गरेको कांग्रेसले निष्कर्ष निकालेको छ।

नयाँ गठबन्धन बनाउने प्रधानमन्त्रीको पछिल्लो कदमलाई “विश्वासघात” को सङ्ज्ञा दिएको कांग्रेसले बिस्तारै रणनीतिक कदम चाल्न सक्ने एकथरीको ठम्याइ छ।

त्यो रणनीतिक कदम भनेको आउँदा दिनमा कांग्रेसले एमालेसँग गठबन्धन गरेर सरकार बनाउन सक्ने कतिपयको अनुमान छ।

तत्काल आवश्यक छैन

नयाँ गठबन्धन बनेर मन्त्रिपरिषद्‌ गठन भएको भोलिपल्ट बसेको कांग्रेसको कार्यसम्पादन समिति बैठकले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गर्‍यो।

यसबीचमा नयाँ गठबन्धनमा सामेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन प्रस्ताव कांग्रेसले गरेको विवरण केही सञ्चारमाध्यममा आयो।

त्यस्तो विवरणबारे विभिन्न टीकाटिप्पणी भइरहँदा कांग्रेसका एक महामन्त्री विश्वप्रकाश शर्माले त्यसको खण्डन गरे।

नयाँ गठबन्धनलाई जनहितमा काम गर्न शुभकामना दिँदै उनले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने तयारीमा रहेको सामाजिक सञ्जाल एक्समार्फत् बताए।

शर्माले लेखेका छन्, “केही पत्रकार मित्रले सोधिरहनुभएको छ- के कांग्रेसले `फलाना´लाई प्रधानमन्त्री `अफर´ गरेको हो? स्पष्ट गरौँ- कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन।”

पार्टी सभापति शेरबहादुर देउवानिकट मानिने कांग्रेस नेता मिनबहादुर विश्वकर्मा कांग्रेसले तत्काल गठबन्धन गर्नुपर्ने कुनै आवश्यकता नदेखेको बताउँछन्।

कांग्रेसले वैकल्पिक गठबन्धन बनाउने कुरा अनुमान मात्र भएको उनले टिप्पणी गरे।

“गठबन्धन भनेको कि निर्वाचनमा आवश्यक पर्छ कि सरकार बनाउन आवश्यक पर्छ,” बीबीसीसँग विश्वकर्माले भने।

“अहिले निर्वाचन हुन लागेको छैन र हाम्रो गठबन्धनमा सरकार थियो त्यो भङ्ग भयो। तत्‌पश्चात्‌ स्पष्ट दृष्टिकोणका साथ हामीले संसद्‌मा प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो।”

सरकारको आयुमा निर्भर

हालै सम्पन्न कांग्रेस महासमिति बैठकमा पनि तत्कालीन गठबन्धनलाई लिएर सहभागीहरूको मत विभाजित देखिएको थियो।

एकथरीले त्यसलाई आवश्यकताबमोचित उचित ठहर्‍याए भने अर्कोथरीले कांग्रेसले एक्लै जाने आँट राख्नुपर्ने तर्क गरे।

उसो भए परिवर्तित राजनीतिक घटनाक्रम र महासमिति बैठकमा उठेको आवाजको पृष्ठभूमिमा के कांग्रेस निर्वाचनअघि कुनै खालको गठबन्धनमा जाँदैन त?

बीबीसीको यो जिज्ञासामा विश्वकर्माले त्यस्तो सम्भावनालाई भने ठाडै अस्वीकार गरे।

कांग्रेस सामेल हुने गरी भविष्यमा गठबन्धन बन्ने अथवा नबन्ने कुराको निर्धारण नवगठित गठबन्धन सरकारको आयुमा निर्भर गर्ने उनले सङ्केत गरे।

“यो गठबन्धन रहुञ्जेल सरकार चल्ने हो। यो टुट्यो भने वैकल्पिक सरकार बनाउनका लागि त प्रतिपक्ष भनेको वेटिङ फर गभर्नमेन्ट नै हो,” विश्कर्माले भने।

“हामी संसद्‌को सबैभन्दा ठूलो पार्टी प्रतिपक्षमा छौँ। यसको अर्थ सरकारमा कहिल्यै जाँदैनौँ भन्ने पनि होइन,”उनले थपे।

धेरै टिक्नेमा आशङ्का

एकथरीले एउटै पार्टी बनेर फुटेका माओवादी केन्द्र र एमाले सहभागी वर्तमान गठबन्धन लामो समय टिक्नेमा आशङ्का गर्दै आएका छन्।

त्यस्तो आशङ्कामा स्वर थप्दै विश्वकर्मा भन्छन्, “फुटेको ऐना जोड्नु र फुटेका पार्टी मिलेर सरकार बनाउनु उस्तै हो। त्यसैले यो दीर्घकालीन हुँदैन भन्ने विश्वास छ।”

उसो भए के कांग्रेस-एमालेको गठबन्धन बन्ने दिन धेरै टाढा छैन भन्ने जिज्ञासामा उनले भनेः “त्यो राजनीतिक अभ्यासले, त्यति बेलाको गतिशीलताले आउने कुरा हो।”

तर अहिले वर्तमान सरकारविरुद्ध चलखेल गर्नुपर्ने अथवा त्यसलाई हटाउनुपर्ने आवश्यकता कांग्रेसले नदेखेको उनको तर्क छ।

यसबीचमा एमाले नेतृत्व पङ्क्तिले कांग्रेससँग मिलेर अगाडि बढ्न चाहेको भनी सार्वजनिक विवरण सत्य रहेको विश्वकर्मा बताउँछन्।

निर्वाचनका बेला माओवादी केन्द्रसँग मिलेर जाने भनी वाचा गरेको पृष्ठभूमिमा एमालेको त्यस्तो प्रस्ताव आफूहरूले नमान्नेको र त्यसमा पछुतो नरहेको पनि उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डबाट “जति बेला पनि धोका हुन सक्ने” कुरा अप्रत्यासित नभएको बताउने कांग्रेसका अर्का नेता मीनेन्द्र रिजाल मुलुकलाई स्थायित्व दिनका निम्ति भविष्यमा संसद्‌का दुई ठूला दल कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुको विकल्प नभएको तर्क गर्छन्।

“म त पार्टीमा निर्णय लिन सक्ने हैसियतमा छैन। म त्यो हैसियतमा हुँदो हुँ भने दुई दललाई मिलाएरै जान्थेँ,” उनले भने।

कांग्रेससँग मिलेर अगाडि बढ्न नसक्ने देखेर नयाँ गठबन्धन बनाइएको माओवादी नेताहरूले बताउने गरेका छन्।

कांग्रेसले गठबन्धन बनाए त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी सामेल हुन सक्ने चर्चाबीच सो पार्टीका एक नेता मोहन श्रेष्ठ त्यस्तो सम्भावना नरहेको बताउँछन्।

“निश्चित रूपमा हामी संसद्‍को पाँचौँ ठूलो दल हौँ। तर त्यो भन्दैमा हामी कुनै गठबन्धनमा सामेल हुन्छौँ भन्ने होइन,” उनले भने।

आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको पृष्ठभूमिमा राप्रपा आफ्नै ढङ्गले अगाडि बढ्ने श्रेष्ठको भनाइ छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending