कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवाका टीकादत्त पाण्डेयलाई झलारी बजारको सडक छेउ ठेलामा बदाम बेच्दै आएको एक दशक बित्नै लागेको छ । बदाम बेचेर आएको रकमले पाण्डेय परिवारको जीविका चल्ने गरेको छ ।
बिहानै झिसमिसेमै पैदल हिँड्दै पाण्डेय खाना घरबाट बोक्दै झलारी बजार पुग्छन् । ठेलामा बदाम राखेर बेच्छन् ।
“सडक छेउमा बनाएको चुलोमा बदाम भुट्ने गर्छु”, उनले भने, “श्रीमतीले बदाम बिक्री गर्छिन् ।” दैनिक २० किलोदेखि ४० किलोसम्म बदाम बिक्री हुने गरेको उनको भनाइ छ । पाण्डेय दम्पतीले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्दछन् ।
महँगो भएपछि बदाम बिक्री घटेको पाण्डेय दम्पतीको भनाइ छ । प्रतिकिलो रु दुई सयका दरले खरिद गरेको बदाम रु तीन सयका दरले बिक्री हुने गरेको छ । हिउँदमा बदाम बढी बिक्री हुने गरेको छ ।
यस व्यवसायबाट कमाएको रकमले पाण्डेय दम्पतीले घरखर्च चलाउने गरेका छन् । “ठेलाकै कमाईले घर बनाएँ, परिवारवारको खर्च धानेको छु”, उनले भने, “अरुसँग हात थाप्नुपरेको छैन, पौरख गरेर जीविका चलाउँदै आएका छौँ ।”
विसं २०६८ मा सहकारी संस्थाबाट रु २० हजार कर्जा लिएर पाण्डेयले ठेला व्यवसाय सुरु गरेका हुन् । व्यवसाय सञ्चालन गरेको एक वर्षमै सहकारीबाट लिएको कर्जा तिरेर उनले नाफा भएको रकम लगानी गरी व्यवसायलाई निरन्तरता दिएका हुन् । हिउँद सकिएपछि पाण्डेय दम्पतीले ठेलामा फलफूल बेच्ने गर्छन् ।
फलफूलका धेरै पसल भएकाले प्रतिस्पर्धा बढी हुने गरेको पाण्डेय दम्पतीको भनाइ छ । “थोरै लगानी गरेर सञ्चालन गरेको व्यवसायबाट पनि जीविका चलाउन सकिने रहेछ”, पाण्डेय दम्पती भन्छन् । नगरपालिकाले व्यवसाय गर्ने ठाउँ किटान गरिदनुपर्ने उनिहरुको माग छ । पछिल्लो समय झलारी बजार क्षेत्रमा ठेलामा व्यवसाय गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १७:३४
क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...
पौष ७ गते, २०८२ - १७:३२
काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहको आह्वानमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुने आठ जना युवालाई प्रहरीले आज नियन्त्रणमा ...
पौष ७ गते, २०८२ - १७:२९
काठमाडौँ । सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधरण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्...
पौष ७ गते, २०८२ - १७:२६
झापा । अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काक...
पौष ७ गते, २०८२ - १७:२४
काठमाडौँ । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ...
पौष ७ गते, २०८२ - १७:२१
काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसिए-नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत बन्ने दुईवटा सडक आयोजन...
पौष ७ गते, २०८२ - १७:१९
ताप्लेजुङ । केहीदिन यतादेखि चिसो बढेसँगै हिमाली क्षेत्रका बस्तीहरू सुनसान देखिएका छन् । जाडोका कारण स्थानीय आफ्नो बस्ती छोडेर अन्यत्र जान थालेपछि हिम...
पौष ७ गते, २०८२ - १७:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले जेन–जी आन्दोलनलाई समाजवादी रूपान्तरणको पूर्वाभ्यासका रूपमा व्याख्या गर्दै कम्युनिस्ट आन्दोल...
पौष ७ गते, २०८२ - १७:१३
काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गरी चार दर्जनभन्दा बढी प्रभावशाली नेता तथा निर्वाचित जनप्रतिनिधिहरू नेपाली कम्युनिष्ट पार्टी (नेकप...
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...




प्रतिकृया लेख्नुहोस्: