Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

नेपाल प्रहरीको पोलिग्राफ शाखाबाट पाँच हजारभन्दा बढीको परीक्षण

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल प्रहरीको पोलिग्राफ शाखामा हालसम्म दुई हजार सात सय ७८ मुद्दाका पाँच हजार चार सय १७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । स्थापना भएयता १० वर्षमा सो बराबर परीक्षण गरिएको हो । 

आर्थिक वर्ष २०७०/७१ मा दुई सय २५, आव २०७१/७२ मा चार सय ६८, आव २०७२/७३ मा तीन सय ९१, आव २०७३/७४ मा पाँच सय ४३, आव २०७४/७५ मा पाँच सय ८५, आव २०७५/७६ मा पाँच सय ८८, आव २०७६/७७ मा सात सय ५९, आव २०७७/७८ मा छ सय पाँच, आव २०७८/७९ मा तीन सय ८१, आव २०७९/८० मा चार सय ८२ र चालु आवमा दुई सय ९० जनाको पोलिग्राफ परीक्षण गरिएको जनाइएको छ ।

परीक्षण गरिएकामध्ये नेपाल प्रहरीका दुई सय ४१, पूर्वप्रहरी कर्मचारी छजना, नेपाली सेनाका ४०, राष्ट्रिय अनुसन्धान विभागका पाँच र सशस्त्र प्रहरी बलका २९ गरी जम्मा तीन सय २१ जना रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । 

उनका अनुसार व्यक्तिले बोलेका कुराको सत्यता जाँच गर्ने प्रविधि पोलिग्राफ भएको र यसलाई वैज्ञानिक भाषामा झुठो बोलेको पत्ता लगाउने मनोशारीरिक प्रविधि पनि भनिन्छ । पोलिग्राफ आधुनिक विधिविज्ञानको सबभन्दा पुरानो प्रविधि हो । 

नेपाल प्रहरीमा विसं २०७० माघ २२ गतेबाट ‘नेपाल प्रहरी पोलिग्राफ निर्देशिका, २०७०’ लागू भएपश्चात विधिवत पोलिग्राफ परीक्षण थालनी भएको प्रवक्ता ढकालले बताए । उनले भने, “पोलिग्राफ परीक्षणबाट अपराध अनुसन्धानलगायत अन्य विभिन्न अनुसन्धानमा महत्त्वपूर्ण टेवा पुगेको छ । हालसम्म परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशत परीक्षणले अनुसन्धानलाई निर्देशित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्याङ्कले देखाएको छ ।”

यस प्रविधिलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई तालिम तथा आधुनिक उपकरणको प्रयोगलाई विशेष ध्यान दिने गरिएको र समयानुकूल पोलिग्राफ परीक्षण प्रभावकारिताको मूल्याङ्कनसमेत गर्ने गरिएको प्रवक्ता ढकालको भनाइ छ ।

पोलिग्राफ प्रि–टेष्ट, टेष्ट र पोष्टटेष्ट गरी तीन चरणमा परीक्षण गरिने गरिएको प्रहरीले जनाएको छ । पोलिग्राफ परीक्षण सञ्चालन गर्दा परीक्षण गरिने व्यक्तिको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था रहेको र आशङ्कित व्यक्तिले झुठ बोलेरनबोलेको परीक्षणले सङ्केत गर्ने गर्दछ । 

चालु आर्थिक वर्षको माघसम्मको सात महिनामा एक सय ४३ वटा मुद्दाका दुई ९० जनाको पोलिग्राफ परीक्षण गरिएको प्रवक्ता ढकालले बताए । तीमध्ये दुई सय ६३ पुरुष र २७ महिला छन् । उनीहरूमध्ये झुठ बोलेको सङ्केत एक सय छजना, झुठ नबोलेको सङ्केत एक सय ७० जना, राय दिन नसकेको अवस्था दुईजना, परीक्षण स्वीकृति नदिएको ११ जना र विश्लेषणका लागि अपर्याप्त सङ्केत एकजनामा देखिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका व्याक्ति वा शङ्कित वा पीडित वा साक्षीहरूले बोलेको कुराको सत्यता परीक्षण गर्नका लागि पोलिग्राफको प्रयोग गरिने तथा पोलिग्राफको माध्यमबाट अनुसन्धानलाई परिणाममुखी बनाउने, अनुसन्धानको दायरालई साँघुरो बनाउने, निर्दोष व्यक्तिको निर्दोषिता पुष्टि गर्ने, प्रमाणको पहिचान तथा अन्य घटनासँग सम्बन्धित विविध कुरा पहिचान गर्न सकिने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक नवीनराज राईले बताए ।

उनले भने, “पोलिग्राफ परीक्षणलाई प्रभावकारी बनाउन यसका मापदण्ड र अन्तर्राष्ट्रिय मान्यताअनुरुप परीक्षण गर्ने गरिएको र कार्यरत कर्मचारीको दक्षता अभिवृद्धि र आधुनिक साधनस्रोत व्यवस्थापनका लागि समन्वय गर्ने गरिएको छ ।” 

हाल केन्द्रीय पोलिग्राफमातहत रही अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टङ्गाल, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीलगायत सातवटै प्रदेश प्रहरी कार्यालयमा पोलिग्राफ परीक्षण हुँदै आएको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending