Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

ओलीले फेरि प्रचण्डसँग थालेको नयाँ सहकार्यबारे के भन्छन् बादल ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारबाट विकास र समृद्धिको यात्रा अघि बढ्ने बताएका छन्।

शनिबार गुल्मीको सदरमुकाम तम्घासमा सुरु लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनमा उनले नयाँ गठबन्धन सरकारले वडा तहदेखि नै समृद्धिको अभियान अघि बढ्ने जिकिर दाबी गरे।

मुलुक यतिबेला राजनीतिक, आर्थिक, सामाजिकलगायतका सङ्कटको भूमरीबाट अघि बढिरहेको भन्दै उपाध्यक्ष थापाले आर्थिक सङ्कटबाट मुक्त गर्न अब विकासको आन्दोलन चलाउनुपर्नेमा जोड दिए। त्यसका लागि वर्तमान गठबन्धन अनुकूल समय बनेको उले बताए। 

एमाललेले तय गरेको मिसन-८४ को अभियानलाई सफल बनाउन आदिवासी जनजातिको निर्णायक भूमिका रहेको उनले बताए। त्यसका लागि एमालेलाई एकल बहुमत दिलाइ प्रमुख राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर सत्तामा पुर्‍याउन अहिलेदेखि नै महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए। 

उपाध्यक्ष थापाले एमालेले नयाँ खालको संस्कार र शैली स्थापित गर्नका लागि नयाँ गठबन्धनमा महत्त्वपूर्ण मन्त्रालय नलिएको बताए। सरकार परिवर्तनपछि स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म नयाँ नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने उनको दाबी छ। 

माओवादी पृष्ठभूमिका बादल नेकपा विभाजनको बेलामा प्रचण्डलाई छाडेर एमालेमा बसेका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending