Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

कस्ताे छ देशको आर्थिक तथा वित्तीय स्थिती ?

७ महिनासम्ममा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले बृद्वि

खबरडबली संवाददाता

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ । माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ भने आयात २.३ प्रतिशत, निर्यात ७.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेकोछ ।

कुल विदेशी विनिमय सञ्चिति रु.१८४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ । नेपाल सरकारको खर्च रु.६८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु.५६७ अर्ब ४० करोड रहेको छ । उच्च गतिको विप्रेषण (रेमिट्यान्स) वृद्धि रोकिँदा माघमा चालु खाताको वृद्धि पनि रोकिएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ सुरुबाट नै रेमिट्यान्स उच्च दरमा बढेको र आयात वृद्धि नहुँदा चालु खाता र शोधनान्तर बचत उललेख्य बढेको थियो । माघमा शोधनान्तर बचत बढे पनि चालु खातामा भएको वृद्धि रोकिएको नेपाल राष्ट्र बैंककको तथ्यांकले देखाएको छ । पुस मसान्तमा १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको चालु खाता माघमा १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ । गत आव २०७९र८० को सात महिना (माघ मसान्त) मा चालु खाता ४० अर्ब १६ करोडले घाटामा थियो ।

त्यस्तै, माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५.०१ प्रतिशतमा झरेको छ । गत वर्षको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ७.८८ प्रतिशत रहेकोमा यो माघ महिनामा २.८७ प्रतिशत विन्दुले कमी भएको हो । मुलुकको विदेशी मुद्रा सञ्चिति करिब साढे १८ खर्ब रहेको देखिएको छ।

तथ्यांकअनुसार २०८० असार मसान्तमा रु. १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई २०८० माघ मसान्तमा रु. १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ ।

वर्तमान आर्थिक तथा वित्तीय स्थितीकाे  पुर्णपाठ :

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङमा जमिनमा झरेको विद्युत तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

खोटाङ । चुँडिएर जमिनमा झरेको विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्द राई रहेका छन् । ४३ वर्षीय राईको मल...

हावाहुरीले केराखेतीमा दुई लाख ८५ हजार क्षति

दाङ । दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हा...

म्याग्दीमा छ थान भरुवा बन्दुक बरामद

म्याग्दी  । म्याग्दीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार...

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर प...

गोरखामा पनि ‘डोजर अभियान’को सुरुवात, सार्वजनिक जग्गामाथि बनेका संरचनामा स्थानीय तहको कडा कदम

गोरखा । देशभर सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला गोरखाका स्थानीय तहहरू पनि सक्रिय भएका छन् । पालुङटार नगरपालिका र शहीद लखन गा...

गुराँस गाउँपालिकामा ‘गिलास काण्ड’ : अध्यक्ष र हाकिमबीचको झगडा छताछुल्ल

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र हाकिमबीचको विवाद अब खुला ‘गिलास काण्ड’मा पुगेको छ । गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी ले प्रमुख प्रशासकी...

उठिबासको पीडामा मौन राजनीति, हर्क सम्पाङको एक्लो प्रतिरोध

काठमाडौँ । देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि सरकारी डोजर चलिरहेका छन् । वर्षौँदेखि बसोबास गर्दै आएका हजारौँ परिवार उठिबासको त्रासमा छन् । झाप...

सरकारी डोजरविरुद्ध सुकुम्बासी एकजुट, श्रम संस्कृति पार्टी सडकमा

काठमाडौँ । सुकुम्बासी बस्तीमा सरकारी डोजर चलाउने अभियान तीव्र बन्दै जाँदा विभिन्न स्थानका भूमिहीन र सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। वैकल्पिक ...

उपराष्ट्रपति नै राष्ट्रिय सभाअध्यक्ष, समानुपातिक र जिसस खारेज गर्नु पर्छः गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क र...

इलामकाे रोङ गाउँपालिकामा एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending