Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पालिकाहरू ६-६ महिना प्रक्रियामै अल्झिनाले नतिजा निकाल्न सकिएन: मन्त्री गिरी

खबरडबली संवाददाता

पर्वत​ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पालिकाहरू सुरुको ६ महिनामा प्रक्रियामा अल्झिन पुग्नाले लक्ष्य अनुरुपको नतिजा निकाल्न नसकिरहेको अवस्थामा रहेको बताएका छन् ।

जिल्ला समन्वय समिति पर्वतको अर्धवार्षिक समीक्षा कार्यक्रममा मंगलबार बोल्दै उनले यस्तो बताएका हुन् । उनले यसमा सुधार गरेर सम्पूर्ण प्रक्रियाहरुलाई आर्थिक वर्षको सुरुको तीन महिनामा नै सकेर सोको कार्यान्वयनमा जानुपर्ने धारणा राखे ।

'हामी अहिले अर्धवार्षिक समीक्षाको वैठकमा छौं । हाम्रो समस्या के छ भने सुरुको ६ महिना प्रक्रियामै अल्झने, पूँजिगत खर्च अत्यन्त न्यून हुने, र प्रक्रियामै हाम्रो समय गुज्रिने । विगतदेखिको अभ्यास यही हो । जब  आर्थिक वर्ष सकिन थाल्छ त्यसपछि हामी हतारहतारमा बजेट सक्नुपर्ने अवस्थालाई हेर्दै काम गर्ने गरेका छौं', उनले भने । यसले कामहरु गुणस्तरीय हुन नसकेको मन्त्री गिरीको भनाइ छ ।

'हाम्रो यस्तो विगतको अभ्यासहरुले गर्दाखेरी काममा गणस्तरियता कायम गर्न नसकिएको अवस्था छ । हाम्रा कामहरु गुणस्तरको नभएका गुनासाहरु व्याप्त छन्', उनले भने, 'यसतर्फ हामीले योपटक सोच्नुपर्छ र समयमा नै हाम्रा क्वाटर्ली फ्लानहरु बनाउनुपर्छ । पहिलो क्वाटरमा हामीले सम्झौता गर्नेदेखि प्रक्रियागत कुराहरु सक्ने । भनेको मतलब साउन, भदौ कार्तिकसम्ममा सबै काम सक्ने ।'

उनले त्यसपछि मंसिरको १ गतेबाट गेयर बदलेर काम गर्न पालिका प्रमूखमा उपस्थित जनप्रतिनिधि ताथा विभिन्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे । यस किसिमले काम गरेमा लक्ष्य प्राप्त गर्न सक्ने भनाइ राख्दै उनले विगतमा उपलब्धिहरु लक्ष्य अनुसार हासिल गर्न नसकेको स्मरण गराए ।

यसैगरी भौतिक विकासले मात्र समाज र जनताको भलो नगर्ने भएकाले मानवीय विकासलाई पनि उत्तिकै ध्यान दिनुपर्ने भनाइ उनले सोक्रममा राखे । 'म जनप्रतिनिधि साथीहरुले के अनुरोध गर्न चाहन्छु भने अलिकति विकासका कामहरुलाई मात्र सबैथोक मान्ने प्रवृतिबाट पर गएर मानवीय विकास विभीन्न आयामहरुलाई, पक्षहरुलाई, रोजगारी, स्वरोजगारी श्रृजना गर्ने पक्षहरुलाई सामाजिक सुरक्षाका अनेक पक्षहरुलाई सँगसँगै लिएर जानुपर्छ', उनले भने ।

उनले विकासको सूचाकंहरु बनाएर अगाडि बढ्नुपर्ने र आफ्नो कामको लागि आफैसँग प्रतिष्पर्धा गर्नुपर्ने सुझाव दिए । 'म पर्वत जिल्लका सात वटै पालिकाहरुलाई फेरि पनि आग्रह गर्छु तपाईंहरु निर्वाचित हुँदै गर्दाका मानव विकास सूंचाकाकंहरु तयार पार्नुस् अन्य विकासका सुचाकंकहरु तयार पार्नुस् सँगै बसेर र पाँच वर्षपछि समीक्षा गर्दाखेरी कसको स्तर के छ ? आफैमा पनि प्रतिष्पर्धा गर्न आवश्यक देख्छु । एउटा पालिकाका राम्रा अभ्यासहरु अर्को पालिकाले पनि अभ्यास गर्ने ।', उनले भने 'सिक्ने सिकाउने यो प्रक्रियाबाट हामीहरु नजाने हो भने हामी वास्तवमा जनताका अपेक्षा अनुरुपको विकासहरु हामीले दिनसक्दैनौं । म हाम्रा सातवटा पालिकामा मात्र सीमित हुने हैन । गण्डकी प्रदेशका विभिन्न पालिका जो रोलमोडलका रुपमा काम गर्दै छन् । साँच्चै त्यस्ता पालिकाका अध्यक्षहरुसँग बसेर सेयरिङ पनि गर्ने ।'

यस्तै काममा श्रृजनशिल हुनुपर्ने उनको ठहर छ । यसले लक्ष्य प्राप्तिको अवस्था तयार पार्ने बताए । त्यसैगरी विभिन्न कार्यलयका प्रमूखहरुलाई सम्बोधन गर्दै उनले जनतमा चरम निराशा रहेको र यसलाई एक सिक्काका दुई पाटा जस्ता राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले एक भएर आशामा बदल्नुपर्ने धारणा राखे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending