Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

‘संसद्लाई गतिशील तुल्याउन सत्तापक्ष र प्रतिपक्ष दुवैले अग्रसरता देखाउनुपर्छ’

खबरडबली संवाददाता

काठमाडौं । दोस्रो संविधानसभाको सदस्यका रूपमा क्रियाशील रहेर अहिलेको जिम्मेवारीमा आइपुग्दा धेरै नै फरक महसुस भइरहेको छ । हिजो र आजको जनताको चेतनास्तरमा पनि धेरै परिवर्तन आएको छ । संसद्मा के बोल्यो, बोलेन, जनताको पक्षमा आवाज उठायो कि उठाएन भन्ने विषयलाई जनताले नजिकबाट नियालिरहेका छन् । संसद्को भूमिका प्रभावकारी हुँदै गएको छ । सांसदले सदनमा उठाएका जनताका सवाल सबै कार्यान्वयन भएका छैनन् । यद्यपि संसद्मा उठेका विषय सम्बोधन गर्न राजनीतिक नेतृत्व तथा सरकारको नेतृत्वलाई दबाब सिर्जना भएको छ ।

कानुन निर्माणका साथै जनताका समस्या सरकारसम्म पुर्याएर समाधान गर्न सांसदको भूमिका रहन्छ । जनताले अनुभूत गर्नेगरी काम हुनसकेका छैनन् । जनतालाई कसरी आशा देखाउने, राजनीतिक दलप्रति विश्वसनीयता बढाउने तथा जनताका मुद्दालाई संसद्मा कसरी प्रस्तुत गर्ने भन्ने मुख्य विषय हो । संसद्मा जनचासो र जनभावनालाई उठाइएको छ, तर त्यसको सम्बोधन नहुँदा जनतामा नैराश्य उत्पन्न भएको अवस्था छ । 

राजनीतिक दलले पनि कहिलेकाहीँ बाटो बिराएका छन् । दलहरूले आफूमा परिपक्वपन देखाउन नसक्दा आलोचना हुने गरेको छ । संसद्मा एक वर्षको उलपब्धिलाई हेरेर चित्त बुझाउने ठाउँ त छैन । सरकारले जनतालाई सेवा दिन सकिरहेको छैन । सेवाप्रवाहमा झण्झट कायमै छ । हामीले पनि सरकारमाथि संसद्बाट पर्याप्त दबाब सिर्जना गर्न सकेका छैनौँ ।

संविधानसभाबाट संविधान बनेपछि पाँच वर्ष एउटै सरकार टिक्छ भन्ने अपेक्षा गरिएको थियो । त्यस्तो सरकारले जनतालाई ‘डेलिभरी’ दिन सकोस् भन्ने हो । तर कम्युनिष्ट पार्टीहरूको अग्रसरतामा बनेको स्पष्ट बहुमतको सरकारले पनि प्रभावकारी काम गर्न सकेन । संसद् विघटनपछि कांग्रेसको नेतृत्वमा बनेको सरकारले पनि कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्न सकेन । पछिल्लो निर्वाचनपछि सरकार बनेको पनि एक वर्ष पूरा भएको छ । यो एक वर्षको अवधिमा एक–दुई विधेयकमात्र पारित भएका छन् । यद्यपि, केही विधेयक संसद्मा छलफलकै क्रममा छन् । 

कानुन निर्माणमा जुन गति हुनुपथ्र्यो, त्यसो हुनसकेको छैन । संसद् कानुन निर्माण गर्ने प्रमुख थलो हो र सांसद कानुन निर्माणका प्रमुख हिस्सेदार हुन भनिन्छ, तर हामी अन्यन्त्रै अल्झेका छौँ । सांसदले जनताको विकास निर्माणसँग पनि प्रत्यक्ष जोडिएर काम गर्नुपर्छ । 

कानुन निर्माणसँगै सांसदले आफ्नो क्षेत्रका खानेपानी, स्वास्थ्य, सडक, विद्यालय, सिँचाइलगायत जनताका आवश्यकताका विषयमा पनि ध्यान दिनुपर्ने अवस्था छ । विकासे आयोजनाको फाइल बोकेर मन्त्रालय धाउनुपर्ने सांसदको पनि बाध्यता छ । संसद्ले कानुन निर्माण गरेर दिने, सरकारले कार्यान्वयन गरेर जनतालाई अनुभूत गराउन सकियो भनेमात्र जनताले बुझ्ने अवस्था रहन्छ ।

संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ । संविधानअनुसार मुलुकमा तीन तहका सरकार क्रियाशील रहेका छन् । सङ्घीय सरकारले नीति निर्माण गर्ने, प्रदेश सरकारले विकास निर्माण गर्ने र स्थानीय तहले सेवाप्रवाह गर्ने संविधानको मर्म हो । कानुन निर्माणमात्रै होइन, सांसदले विकास पनि गर्नुपर्छ भन्ने सोचाइ परिवर्तन हुन जरुरी छ । यसका लागि समय लाग्न सक्छ । 

निर्वाचनमा होमिदै गर्दा सांसदले पनि कानुन बनाउनेमात्रै भनेर भनेनौँ, जनताका आवश्यकता पूरा गर्छौँ, सडक, पुल, खानेपानीलगायत विकास निर्माणका काम गर्छौँ भन्यौँ, त्यो विषय पूरा गर्नुपर्ने बाध्यता छ । जनताले सांसद कानुन निर्माण गर्न गएका हुन्, कानुन निर्माण गरेर मात्रै बस्नु त भन्दैनन् । जनताले सम्पूर्ण समस्याको समाधान सांसदले गर्नुपर्छ भन्ने ठान्नुहुन्छ । कानुन निर्माण गरेर मात्रै पनि हुँदैन, यसको प्रभावकारी कार्यान्वयनसमेत हुनुपर्छ ।

सत्तामा रहँदा सबै ठिक, प्रतिपक्षमा पुगेपछि सबै बेठिक भन्ने प्रवृत्ति सबैले त्याग्नुपर्छ । एकल पार्टी बहुमतको सरकार नहुँदा पनि समस्या देखिएको छ । निर्वाचनबाट जनताले सबैलाई मिलेर जाऊ भनेर ‘म्याण्डेड’ दिएका छन् । जनताले सोचेका कुरा पूरा नहुनुमा पनि केही हदसम्म यसले काम गरेको छ । सेवाप्रवाहलाई सहज बनाउने उद्देश्यले मुलुक सङ्घीयतामा गएको हो । 

सिंहदरबारको अधिकार गाउँगाउँमा भनियो तर स्थानीय तहले पनि प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न नसकेको अवस्था देखियो । अधिकारसँगै भ्रष्टाचार पनि गाउँगाउँ पुग्यो । जनताका स–साना समस्या घरदैलोमा नै समाधान होउन्, सेवाप्रवाहमा सहज होस् भन्ने उद्देश्यले सङ्घीयता कार्यान्वयनमा ल्याइएको हो । 

समयमै कानुन निर्माण गरेर दिन सकेको भए सङ्घीयताले प्रभावकारी काम गर्न सक्थ्यो । प्रदेश र स्थानीय तहलाई कानुन निर्माण गरेर दिन सकिएको छैन, कर्मचारीको व्यवस्था हुनसकेको छैन । कानुन र कर्मचारी नहुँदा प्रदेश र स्थानीय तहले प्रभावकारी काम गर्न सकेनन् । जसको अपजस सिङ्गो मुलुक र व्यवस्थाले भोग्नु परिरहेको छ ।

राजनीतिक दलहरू जिम्मेवार भएर अघि बढ्नुपर्छ । मुलुकलाई समृद्ध बनाउन, जनतामा आशा जगाउन सम्पूर्ण दल एकताबद्ध हुनुपर्छ । सत्ता पक्ष होस् वा प्रतिपक्ष, दलहरूले सङ्घीयता कार्यान्वयनसम्बन्धी कानुन निर्माणमा ढिलाइ गर्न हुँदैन । राजनीतिक दलका नेताले यस संवेदनशीलतालाई नजिकबाट बुझ्नुपर्छ । प्रतिपक्षमा रहेको नेपाली कांग्रेस कानुन निर्माणमा सक्दो सहयोग गर्न प्रतिबद्ध छ । विरोधका लागि विरोधमात्रै गर्ने कांग्रेसको संस्कार होइन । 

सरकारमा सहभागी राजनीतिक दल यस विषयमा बढ्ता जिम्मेवार बन्नुपर्छ । आशा छ, सरकारले त्यसतर्फ कदम चाल्नेछ । वामपन्थी राजनीतिक दल सरकारमा छन्, कांग्रेस प्रतिपक्षमा छ, सरकारले कानुन निर्माणमा अग्रसरता देखाउनुपर्छ, कांग्रेस रचनात्मक भूमिका खेल्न तयार छ । अब सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माणमा ढिलाइ गर्नहुन्न भन्ने सबै सांसदको एकमत छ । अहिले संसद्को हिउँदे अधिवेशन चलिरहेको छ । यस अधिवेशनमा बन्न बाँकी कानुन निर्माणमा संसद्ले ध्यान दिनुपर्छ ।

संसदीय समितिले सरकारलाई विभिन्न सन्दर्भमा निर्देशन दिँदै आएका छन् । समितिले दिएको सबै निर्देशन सरकारले मानेको जस्तो लाग्दैन । समितिले पनि निर्देशन दिँदै गर्दा धेरै विषयमा विचार पुर्याउनुपर्छ । नेताहरूले धेरै बोल्ने तर पूरा नगर्ने परिपाटीले गर्दा धेरै नै आलोचना खेप्नुपरेको छ । विरोध गर्न पाउनु प्रजातन्त्रको सुन्दर पक्ष हो । आफूलाई लागेको विषय निर्धक्कका साथ राख्न पाउनु नै प्रजातन्त्र हो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधीले यही व्यवस्थाभित्र रहेर आफ्ना कुरा खुलस्त राख्न पाएका छन् । धेरै ठूलो बलिदानीबाट राष्ट्र आज यो ठाउँमा आइपुगेको हो । यही व्यवस्थाका कारण निर्धक्कसँग अभिव्यक्ति राख्न पाइएको छ । शान्ति सम्झौता भएका दुई दशक पुग्न लागिसक्यो, तर अझै शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सकेको छैन । सबै राजनीतिक दल पटकपटक सरकारमा पुगेका छन्, पीडितलाई न्याय हुने गरी यसलाई टुङ्ग्याइनुपर्छ । 

शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने सबै राजनीतिक दलको घोषणापत्रमा उल्लेख छ । अझै पनि उक्त विषय टुङ्गोमा पुर्याउन नसक्दा जनतालाई ढाँटेको भएन र ? यसलाई अड्काएर राखेर कुनै पनि राजनीतिक दललाई फाइदा हुँदैन । सत्तापक्षमा भएका वा प्रतिपक्षमा भएका राजनीतिक दलले कुनै पनि अर्थमा यसलाई टुङ्गोमा पुर्याउनुपर्छ ।

सांसद आशा विकको परिचय

विसं २०४७ देखि राजनीतिमा सक्रिय हुनुभएकी नेपाली कांग्रेसकी सांसद आशा विक २०५४ सालसम्म नेपाल विद्यार्थी सङ्घको इकाइ सदस्य रहेका थिइन्। उनी जिल्ला सदस्य, क्षेत्रीय सदस्य हुँदै दलित सङ्घ बाँकेको सभापति बनिन्। 

सांसद विकले २०४८ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिइन्। नेपाली कांग्रेसको १२औँ महाधिवशेनमा केन्द्रीय सदस्य उम्मेदवार रहनुभएकी उनी विसं २०६४ र २०७० मा संविधानसभा सदस्य भइन्। 

कुराकानीमा आधारित 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending