Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन कांग्रेसको माग

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित गराउन सभामुखसँग रुलिङको माग गरेको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निश्कल राई ले प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउन प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको बताए ।

उनले सरकार सदनप्रति जवाफदेही नभएसम्म प्रतिपक्षको विरोध जारी रहने चेतावनी दिए । “हिजो निलो स्कार्फ बाँधेर विरोध गरियो, आज प्लेकार्ड प्रदर्शन गरिएको छ । सरकार र प्रधानमन्त्री जिम्मेवार नभएसम्म यस्ता गतिविधि रोकिन्नन्,” उनले भने ।

राईले पछिल्ला केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोजे पनि सभामुखबाट अपेक्षित साथ नपाएको गुनासो गरे । उनले सरकार र प्रधानमन्त्रीलाई सदनप्रति “एलर्जी” भएको जस्तो व्यवहार देखिएको टिप्पणी समेत गरे ।

त्यस्तै, “परम्परा भत्काउँदैछु” भन्ने नाममा सरकारले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा हस्तक्षेप गरिरहेको आरोप पनि उनले लगाए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाजुराको धुलाचौरमा यातायात सेवा बन्द हुँदा पैदल यात्रु अलपत्र

हुम्ला । कर्णाली करिडोर अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउने यातायातका साधनका लागि बन्द गरिएको छ । बाजुरा र ह...

गण्डकीमा एमाले संसदीय दलको नयाँ पदाधिकारी चयन

लेखनाथ। नेकपा (एमाले)ले गण्डकी प्रदेशसभा संसदीय दलमा नयाँ पदाधिकारी मनोनयन गरेको छ ।एमाले संसदीय दलका नेता खगराज अधिकारीले बिहीबार दलका उपनेता, प्रमुख...

आकस्मिक समयको व्यवस्थापन गर्छु: सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जा...

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित गराउन सभामुखसँग रुलिङको माग गरेको छ । बिहीबार प्रतिनिधिस...

केराको उच्च मूल्यले सुनसरीका किसान उत्साहित

इनरुवा। सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेको दशक भयो । आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै...

सभामुखको भूमिकामाथि कांग्रेस सांसद निस्कल राईको प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसको सांसद निस्कल राईले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ...

प्रश्नको जवाफ नदिए प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर...

प्रतिनिधिसभामा हर्क साम्पाङले आज पनि देखाए प्लेकार्ड, सभामुखले बोल्न दिए समय

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ)ले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका ...

सर्वोच्चका पूर्व न्यायाधीश प्रधानको निधन, आज इजलास बन्द

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो। उनको निधनप्रति शोक व्यक्त गर्दै सर्वोच...

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

लेखनाथ। कास्कीको पोखरा महानगरमा पर्ने फेवातालमा पौडी खेल्ने क्रममा बुधबार राति डुबेर एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११, काहुँडा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending