Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

अमेरिकी राष्ट्रपति निर्वाचनमा पुन: बाइडन र ट्रम्पकै बीच प्रतिस्पर्धा पक्का

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आगामी निर्वाचनमा उम्मेदवार हुन उनीहरूको दलबाट आवश्यक प्रतिनिधिहरूको समर्थन जुटाउन सफल भएका छन्।

कैयौँ राज्यहरूमा भएका प्राइमरी चुनावहरूबाट उनीहरू दुवै जनाले मङ्गलवार आवश्यक प्रतिनिधि सङ्ख्या जुटाएका हुन्।

ट्रम्पको रिपब्लिकन पार्टीका उम्मेदवारले कम्तीमा १,२१५ जना पार्टी प्रतिनिधिको समर्थन जुटाउन आवश्यक छ भने बाइडनको डेमोक्र्याट पार्टीका उम्मेदवारले कम्तीमा १,९६८ पार्टी प्रतिनिधिको समर्थन जुटाउन आवश्यक छ।

नयाँ इतिहास

अब ७० वर्षयता पहिलोपटक अमेरिकी निर्वाचनमा अघिल्लो निर्वाचनकै झल्को दिने गरी उही दुईजना प्रतिस्पर्धी हुने पक्का भएको छ।

सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट लडेका बाइडनले रिपब्लिकन पार्टीबाट उठेका तत्कालीन राष्ट्रपति ट्रम्पलाई पराजित गरेका थिए।

पार्टिको उम्मेदवारी जित्नका लागि भएका प्राइमरी चुनावहरूमा बाइडनका विरुद्ध खासै प्रतिस्पर्धी नै थिएनन्।

उम्मेदवारी जितेपछि उनले पार्टीले आफूमाथि पुन: विश्वास गरेकोप्रति सम्मानित अनुभव गरेको प्रतिक्रिया दिएका छन्।

तर उनको उम्मेदवारीको औपचारिक घोषणा भने अगस्टमा हुने डेमोक्र्याटिक न्याश्नल कन्भेनशनपश्चात् मात्र गरिनेछ। रिपब्लिकन पार्टीले पनि उसको राष्ट्रिय सम्मेलनबाट उम्मेदवारको घोषणा गर्नेछ।

ट्रम्पले रिपब्लिकन प्राइमरी चुनावहरूमा वर्चस्व कायम गर्दै आएका छन्। अहिलेसम्म भएका प्राइमरी चुनावमध्ये एउटा बाहेक सबै ठाउँमा उनले जितेका थिए।

उनका प्रमुख प्रतिस्पर्धी राष्ट्रसङ्घकी पूर्वराजदूत निकी ह्याली गत साता चुनावी मैदानबाट पछाडि हटेकी थिइन्।

उमेरसम्बन्धी प्रश्न

एकासी वर्षका राष्ट्रपति बाइडनले निरन्तर धेरै उमेर र त्यसका कारण राष्ट्रपतिको रूपमा जिम्मेवारी बहन गर्न सक्ने उनको क्षमताबारे प्रश्न झेलिरहेका छन्।

तर उनको पार्टीले भने उनैलाई पत्याएको छ। वर्तमान राष्ट्रपति भएका कारण पनि उनले पार्टीभित्र खासै प्रतिरोध बेहोर्न परेन।

त्यसभन्दा चार वर्ष कान्छा ट्रम्प चाहिँ रिपब्लिकन दलका आधार रहेका मतदाताहरूमाझ निकै लोकप्रिय पाइएका छन् जसले उनलाई एकपछि अर्को प्राइमरी चुनावमा जिताए।

केके छन् चुनावी मुद्दा?

बाइडनले अमेरिकी अर्थतन्त्रमा देखिएका सकारात्मक प्रवृत्तिहरूको बखान गरिरहेका छन्। उनले महिलाहरूको गर्भपतन अधिकार सङ्कुचित पार्ने तथा सामाजिक कार्यक्रमहरू कटौती गर्ने प्रयासहरूबारे सचेत हुन आह्वान गरिरहेका छन्।

बाइडनले ट्रम्पले जितेमा ‘देश पछाडि फर्कने’ जोखिम पनि औँल्याउँदै आएका छन्। ट्रम्पले चाहिँ कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाइरहेका छन्।

उनले ‘सीमा बन्द’ गर्नेदेखि लिएर ‘कीर्तिमानी सङ्ख्यामा’ अवैध आप्रवासीलाई देशनिकाला गर्न वाचा गर्दै आएका छन्।

ट्रम्पले अपराध घटाउने, घरेलु ऊर्जा उत्पादन बढाउने, विदेशी आयातमा थप शुल्क लगाउने, युक्रेन युद्ध अन्त्य गर्ने र विश्वमामिलामा उनको ‘अमेरिका पहिले’को नारा पुन: लागु गर्ने बताउँदै आएका छन्।

आगामी राष्ट्रपतीइ निर्वाचन नोभेम्बर ५ मा हुँदै छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending