काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आगामी निर्वाचनमा उम्मेदवार हुन उनीहरूको दलबाट आवश्यक प्रतिनिधिहरूको समर्थन जुटाउन सफल भएका छन्।
कैयौँ राज्यहरूमा भएका प्राइमरी चुनावहरूबाट उनीहरू दुवै जनाले मङ्गलवार आवश्यक प्रतिनिधि सङ्ख्या जुटाएका हुन्।
ट्रम्पको रिपब्लिकन पार्टीका उम्मेदवारले कम्तीमा १,२१५ जना पार्टी प्रतिनिधिको समर्थन जुटाउन आवश्यक छ भने बाइडनको डेमोक्र्याट पार्टीका उम्मेदवारले कम्तीमा १,९६८ पार्टी प्रतिनिधिको समर्थन जुटाउन आवश्यक छ।
नयाँ इतिहास
अब ७० वर्षयता पहिलोपटक अमेरिकी निर्वाचनमा अघिल्लो निर्वाचनकै झल्को दिने गरी उही दुईजना प्रतिस्पर्धी हुने पक्का भएको छ।
सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट लडेका बाइडनले रिपब्लिकन पार्टीबाट उठेका तत्कालीन राष्ट्रपति ट्रम्पलाई पराजित गरेका थिए।
पार्टिको उम्मेदवारी जित्नका लागि भएका प्राइमरी चुनावहरूमा बाइडनका विरुद्ध खासै प्रतिस्पर्धी नै थिएनन्।
उम्मेदवारी जितेपछि उनले पार्टीले आफूमाथि पुन: विश्वास गरेकोप्रति सम्मानित अनुभव गरेको प्रतिक्रिया दिएका छन्।
तर उनको उम्मेदवारीको औपचारिक घोषणा भने अगस्टमा हुने डेमोक्र्याटिक न्याश्नल कन्भेनशनपश्चात् मात्र गरिनेछ। रिपब्लिकन पार्टीले पनि उसको राष्ट्रिय सम्मेलनबाट उम्मेदवारको घोषणा गर्नेछ।
ट्रम्पले रिपब्लिकन प्राइमरी चुनावहरूमा वर्चस्व कायम गर्दै आएका छन्। अहिलेसम्म भएका प्राइमरी चुनावमध्ये एउटा बाहेक सबै ठाउँमा उनले जितेका थिए।
उनका प्रमुख प्रतिस्पर्धी राष्ट्रसङ्घकी पूर्वराजदूत निकी ह्याली गत साता चुनावी मैदानबाट पछाडि हटेकी थिइन्।
उमेरसम्बन्धी प्रश्न
एकासी वर्षका राष्ट्रपति बाइडनले निरन्तर धेरै उमेर र त्यसका कारण राष्ट्रपतिको रूपमा जिम्मेवारी बहन गर्न सक्ने उनको क्षमताबारे प्रश्न झेलिरहेका छन्।
तर उनको पार्टीले भने उनैलाई पत्याएको छ। वर्तमान राष्ट्रपति भएका कारण पनि उनले पार्टीभित्र खासै प्रतिरोध बेहोर्न परेन।
त्यसभन्दा चार वर्ष कान्छा ट्रम्प चाहिँ रिपब्लिकन दलका आधार रहेका मतदाताहरूमाझ निकै लोकप्रिय पाइएका छन् जसले उनलाई एकपछि अर्को प्राइमरी चुनावमा जिताए।
केके छन् चुनावी मुद्दा?
बाइडनले अमेरिकी अर्थतन्त्रमा देखिएका सकारात्मक प्रवृत्तिहरूको बखान गरिरहेका छन्। उनले महिलाहरूको गर्भपतन अधिकार सङ्कुचित पार्ने तथा सामाजिक कार्यक्रमहरू कटौती गर्ने प्रयासहरूबारे सचेत हुन आह्वान गरिरहेका छन्।
बाइडनले ट्रम्पले जितेमा ‘देश पछाडि फर्कने’ जोखिम पनि औँल्याउँदै आएका छन्। ट्रम्पले चाहिँ कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाइरहेका छन्।
उनले ‘सीमा बन्द’ गर्नेदेखि लिएर ‘कीर्तिमानी सङ्ख्यामा’ अवैध आप्रवासीलाई देशनिकाला गर्न वाचा गर्दै आएका छन्।
ट्रम्पले अपराध घटाउने, घरेलु ऊर्जा उत्पादन बढाउने, विदेशी आयातमा थप शुल्क लगाउने, युक्रेन युद्ध अन्त्य गर्ने र विश्वमामिलामा उनको ‘अमेरिका पहिले’को नारा पुन: लागु गर्ने बताउँदै आएका छन्।
आगामी राष्ट्रपतीइ निर्वाचन नोभेम्बर ५ मा हुँदै छ। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: