Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

भारतमा लोकसभा निर्वाचनको मिति घोषणा, सात चरणमा हुने

चार राज्यमा हुने विधान सभा निर्वाचनको मिति तय

तस्बिरः बिबिसी
खबरडबली संवाददाता

काठमाडौं ।  भारतमा आगामी लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । शनिबार त्यहाँको केन्द्रीय निर्वाचन आयोगले १८ औं लोकसभा निर्वाचनको मिति घोषणा गरेको हो ।

आयोगले यसपालिको लोकसभा निर्वाचन ७ चरणमा गर्नेगरी मिति घोषणा गरेको छ । पहिलो चरणमा २१ राज्यका १०२ सिटमा निर्वाचन हुनेछ।

बिबिसीका अनुसार अरूणाञ्चल, असम, बिहार, छत्तिसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मू कस्मिर, लक्षद्विप, पुद्दुचेरीका विभिन्न १२० सिटमा मार्च १९ तारिखका दिन मतदान हुनेछ।

दोस्रो चरणको निर्वाचन  १३ राज्यका ८९ सिटमा निर्वाचन हुनेछ।

असम, बिहार, छत्तिसगढ, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीरका कुल ८९ सिटमा अप्रिल २६ मा मतदान हुने बिबिसीले उल्लेख गरेको छ।

तेस्रो चरणको मतदान १२ राज्यका विभिन्न ९४ सिटमा हुनेछ। ती सिटहरूमा मे ७ तारिखका दिन मतदान हुने बताइएको छ।

त्यस्तै चौथो चरणमा  १० राज्यका विभिन्न ९६ सिटमा निर्वाचन हुनेछ। ती सिटहरूमा मे १३ तारिखका दिन मतदान हुने बिबिसीले उल्लेख गरेको छ।

पाँचौ चरणमा ८ राज्यका ४९ सिट, छैटौं चरणमा ७ राज्यका विभिन्न ५७ वटा सिट र सातौं चरणमा विभिन्न ८ राज्यका ५७ सिटका लागि निर्वाचन हुनेछ।

पाचौं चरणको निर्वाचन अन्तर्गत मे २० मा, छैटौं चरणको मे २५ मा र सातौं चरणको १ जुनमा मतदान हुने बिबिसीले जनाएको छ।

सबै चरणको मतदान सकिएपछि मात्रै मतगणना सुरू गरिने बताइएको । सातौं चरणको मतदान १ जुनमा सकिने हुँदा मतगणना ४ जुनबाट सुरू हुने भनिएको छ।

भारतमा ९६.८ करोड मतदाता छन्। तीमध्ये ४७.१ करोड महिला र ४९.७ करोड पुरूष मतदाता रहेको बिबिसीले उल्लेख गरेको छ। ८५ वर्षमाथिका व्यक्तिहरूलाई घरबाटै मतदान गर्न मिल्ने व्यवस्था गरिएको छ।

सन् २०१९ मा निर्वाचित लोकसभा सदस्यहरूको पदावधि आगामी जुन १६ देखि सकिँदैछ।

यसपालिको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडिए र कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ।

भारतमा २०१४ र २०१९ को लोकसभा चुनाव भाजपाले जितेर लगातार दोस्रो कार्यकाल मोदी प्रधानमन्त्री छन्।

संसदीय निर्वाचनसँगै चार प्रदेशमा विधानसभा निर्वाचन मिति पनि तोकिएको छ।

ओडिशामा मे १३, मे २०, मे २५ र जुन १ तारिखका दिन विधानसभा निर्वाचनको मतदान हुनेछ।

अरूणाञ्चल र सिक्किममा  १९ अप्रिलमा एकै चरणमा तथा आन्ध्र प्रदेशमा १८ तारिखमा विधानसभा निर्वाचनको मतदान हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending