Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

गगनको दाबी- ०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउँछ

खबरडबली संवाददाता

लेखनाथ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस अब संसद्ंमा बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई शनिबार पोखरामा सम्बोधन गर्दै नेता थापाले नेकपा (माओवादी) केन्द्र गठबन्धनबाट बाहिरिए पनि कांग्रेसले दुःख मनाउ नगरेको बताउँदै आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने दाबी गरे ।“

जनताप्रति सरकारलाई जवाफदेही बनाउन कांग्रेसले आफ्नो भूमिका संसद्‌मा खेल्छ”, नेता थापाले भने । सरकारबाट बाहिरिएसँगै कांग्रेसलाई केन्द्रदेखि गाउँ तहसम्म सङ्गठन विस्तार गर्ने मौका मिलेको बताउँदै उनले आगामी निर्वाचनमा अन्य सबै पार्टी एक भएपनि कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नसक्ने पार्टीका रूपमा विकास गर्न सक्ने उनको भनाइ थियो । 

“गठबन्धनको राजनीतिले पार्टी कार्यकर्तामा निराश पैदा भएको महसुस भइरहेकै बेला नेकपा (माओवादी) केन्द्रले विभिन्न बहानामा गठबन्धन तोड्दा कांग्रेसलाई सङ्गठन विस्तार गर्ने मौका मिलेको छ, अब कांग्रेसभित्रको गुटउपगुट समाप्त पारेर कांग्रेस अगाडि बढ्छ”, महामन्त्री थापाले भने  । नेपाली कांग्रेस अब विसं २०८२ मा हुने महाधिवेशनको तयारीमा जुट्ने पनि उनको भनाइ थियो । 

सुन तस्करी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै नेता थापाले अनुसन्धानलाई फितलो बनाएर दोषीलाई उम्कने बाटो दिन नहुने उल्लेख गरे । 

जनप्रतिनिधिलाई सुझाव 

नेपाली कांग्रेसका तर्फबाट निर्वाचित गण्डकी प्रदेश स्थानीय तहका जनप्रतिनिधिलाई  जनताको हित र सुशासनको पक्षमा काम गर्न सुझाव दिइएको छ । कांग्रेस गण्डकी प्रदेशले आज पोखरामा अन्तरक्रियामा प्रशिक्षण दिँदै गण्डकी प्रदेश योजना आयोग पूर्वउपाध्यक्ष डा रघुराज काफ्लेले नेपालको संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएसँगै जिम्मेवाररूपमा पक्षमा काम गर्न सुझाव दिएका हुन् ।

“स्थानीय तहका जनप्रतिनिधिले जनतामा निराशा होइन, आशा सिर्जना गर्न सक्नुपर्छ”, उनले भने, “कानुनले दिएको अधिकार प्रयोग गर्दै जनताले प्राप्त गर्ने सेवा प्रवाह चुस्तदुरुस्त गर्नुपर्ने  दायित्व जनप्रतिनिधिको हो ।” फजुल खर्च घटाएर पारदर्शीरूपमा काम गर्न सुझाव दिँदै डा.काफ्लेले युवालाई नेपालमा रोक्न उत्पादनशील र रोजगारीका क्षेत्रमा बजेट विनियोजन गर्नसमेत सुझाव दिए ।

कांग्रेस महासमिति सदस्य बाबुराम आचार्यले स्थानीय तहका जनप्रतिनिधिले जनताको घरआँगनको सरकार भएकाले राम्रो काम गरेर देखाउन सक्यौँ भने फेरि पनि जनताले मत दिएर विजयी गराउने भएकाले जनताप्रति जिम्मेवार भएर काम गर्न सुझाव दिए ।

अझै पनि राजनीतिक दलहरूप्रति जनताको आशा एवं भरोसा रहेकाले जनतालाई केन्द्रविन्दुमा राखेर उनीहरूको सेवामा दिनरात खट्न समेत सुझाव दिए । नेपाली जनताले विकासभन्दा पनि स्थानीय सरकारले दिने सेवा प्रवाहलाई प्रभावकारी र छिटोछरितो हुनुपर्ने माग बढी भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले लोकतन्त्रमा नेपाली जनता नै सर्वेसर्वा भएकाले उनीहरूको सेवक भएर काम गर्न सुुझाव दिए । शर्माको अध्यक्षतामा भएको उक्त अन्तक्र्रियामा कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशका ११ जिल्लाका स्थानीय तहका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षको उपस्थित थियो ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending