Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

गगनको दाबी- ०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउँछ

खबरडबली संवाददाता

लेखनाथ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस अब संसद्ंमा बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई शनिबार पोखरामा सम्बोधन गर्दै नेता थापाले नेकपा (माओवादी) केन्द्र गठबन्धनबाट बाहिरिए पनि कांग्रेसले दुःख मनाउ नगरेको बताउँदै आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने दाबी गरे ।“

जनताप्रति सरकारलाई जवाफदेही बनाउन कांग्रेसले आफ्नो भूमिका संसद्‌मा खेल्छ”, नेता थापाले भने । सरकारबाट बाहिरिएसँगै कांग्रेसलाई केन्द्रदेखि गाउँ तहसम्म सङ्गठन विस्तार गर्ने मौका मिलेको बताउँदै उनले आगामी निर्वाचनमा अन्य सबै पार्टी एक भएपनि कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नसक्ने पार्टीका रूपमा विकास गर्न सक्ने उनको भनाइ थियो । 

“गठबन्धनको राजनीतिले पार्टी कार्यकर्तामा निराश पैदा भएको महसुस भइरहेकै बेला नेकपा (माओवादी) केन्द्रले विभिन्न बहानामा गठबन्धन तोड्दा कांग्रेसलाई सङ्गठन विस्तार गर्ने मौका मिलेको छ, अब कांग्रेसभित्रको गुटउपगुट समाप्त पारेर कांग्रेस अगाडि बढ्छ”, महामन्त्री थापाले भने  । नेपाली कांग्रेस अब विसं २०८२ मा हुने महाधिवेशनको तयारीमा जुट्ने पनि उनको भनाइ थियो । 

सुन तस्करी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै नेता थापाले अनुसन्धानलाई फितलो बनाएर दोषीलाई उम्कने बाटो दिन नहुने उल्लेख गरे । 

जनप्रतिनिधिलाई सुझाव 

नेपाली कांग्रेसका तर्फबाट निर्वाचित गण्डकी प्रदेश स्थानीय तहका जनप्रतिनिधिलाई  जनताको हित र सुशासनको पक्षमा काम गर्न सुझाव दिइएको छ । कांग्रेस गण्डकी प्रदेशले आज पोखरामा अन्तरक्रियामा प्रशिक्षण दिँदै गण्डकी प्रदेश योजना आयोग पूर्वउपाध्यक्ष डा रघुराज काफ्लेले नेपालको संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएसँगै जिम्मेवाररूपमा पक्षमा काम गर्न सुझाव दिएका हुन् ।

“स्थानीय तहका जनप्रतिनिधिले जनतामा निराशा होइन, आशा सिर्जना गर्न सक्नुपर्छ”, उनले भने, “कानुनले दिएको अधिकार प्रयोग गर्दै जनताले प्राप्त गर्ने सेवा प्रवाह चुस्तदुरुस्त गर्नुपर्ने  दायित्व जनप्रतिनिधिको हो ।” फजुल खर्च घटाएर पारदर्शीरूपमा काम गर्न सुझाव दिँदै डा.काफ्लेले युवालाई नेपालमा रोक्न उत्पादनशील र रोजगारीका क्षेत्रमा बजेट विनियोजन गर्नसमेत सुझाव दिए ।

कांग्रेस महासमिति सदस्य बाबुराम आचार्यले स्थानीय तहका जनप्रतिनिधिले जनताको घरआँगनको सरकार भएकाले राम्रो काम गरेर देखाउन सक्यौँ भने फेरि पनि जनताले मत दिएर विजयी गराउने भएकाले जनताप्रति जिम्मेवार भएर काम गर्न सुझाव दिए ।

अझै पनि राजनीतिक दलहरूप्रति जनताको आशा एवं भरोसा रहेकाले जनतालाई केन्द्रविन्दुमा राखेर उनीहरूको सेवामा दिनरात खट्न समेत सुझाव दिए । नेपाली जनताले विकासभन्दा पनि स्थानीय सरकारले दिने सेवा प्रवाहलाई प्रभावकारी र छिटोछरितो हुनुपर्ने माग बढी भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले लोकतन्त्रमा नेपाली जनता नै सर्वेसर्वा भएकाले उनीहरूको सेवक भएर काम गर्न सुुझाव दिए । शर्माको अध्यक्षतामा भएको उक्त अन्तक्र्रियामा कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशका ११ जिल्लाका स्थानीय तहका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षको उपस्थित थियो ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending