काभ्रे । खानेपानी, सरसफाइ एवं पर्यावरणीय स्वच्छता मापदण्डका दश सूचक पूरा गरेका काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाको पाँच सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ विद्यालयका रूपमा परिचित भएका छन् ।
गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा सञ्चालित ‘भविष्यको लागि आधार’ परियोजनाअन्तर्गत सूचक पूरा गर्ने ती विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गरिएको छ ।
‘थ्री स्टार’द्वारा परिचित विद्यालय माध्यमिकस्तरका हुन् । ती विद्यालयमा गाउँपालिकाको ५ नं वडास्थित अरनिको मावि र जागृति मावि, वडा नं ३ को बुद्ध हिमालय मावि, वडा नं ५ को सिर्जनाशील जनता मावि, वडा नं ६ को प्रभा मावि रहेका छन् ।
यी विद्यालयलाई थ्री स्टार बनाउन वाटरएड र सिविक फोरम नामका संस्थाले सघाएका थिए ।
पाँचै विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताका १० मापदण्डअन्तर्गत स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, स्वच्छ र हरियाली वातावरण, खानाको स्वच्छता, स्वास्थ्य स्वच्छताको सुविधा, छात्रा–महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता पूरा गरेका हुन् ।
यी १० सूचक पूरा गरेपछि तीनतारा घोषणा गरिएको फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले जानकारी दिए ।
उनका अनुसार सबै विद्यालयमा खानेपानी र सरसफाइको सुविधा एवं स्वच्छ वातावरणको विकास तथा प्रवर्द्धन गरी विद्यार्थीको स्वास्थ्य स्थितिमा सुधार ल्याई सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरमा सुधार्न आवश्यक छ ।
नेपालको संविधानमा मौलिक हकको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित, दिगो विकास लक्ष्य (एसडिजी)को ४ र ६ नं अन्तर्गत सबै विद्यालयमा सुरक्षित र व्यवस्थित खानेपानी, सरसफाइ र स्वच्छताको प्रावधान हुनुपर्ने गरी सूचकहरू तोकिएको छ ।
यस्तै विद्यालय क्षेत्र विकास योजना (२०७३–२०८०)ले पनि गुणस्तरीय शिक्षाका लागि स्वास्थ्य तथा पोषण ‘अवयव’अन्तर्गत विद्यालयमा स्वच्छ खानेपानी व्यवस्थापन, सरसफाइको सुविधा र स्वच्छ वातावरणको आवश्यकतालाई महत्त्वपूर्ण पक्षका रूपमा उल्लेख गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: