Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

तेल उत्पादन बढाउन इरानले गर्‍यो अर्बौं डलरको सम्झौता

खबरडबली संवाददाता

तेहरान । पश्चिमी प्रतिबन्धको सामना गरिरहेको इरानले आफ्नो तेल उत्पादन बढाउन आइतबार घरेलु कम्पनीहरूसँग अर्बौं डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । सरकारी टिभीमा प्रसारित एक समारोहमा तेल मन्त्रालय र इरानी व्यवसायीहरूले छ वटा प्रमुख क्षेत्रमा दैनिक तेल उत्पादन बढाउनका लागि १३ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका छन् । 

तेल उद्योगको आधिकारिक समाचार एजेन्सी सानाले उक्त सम्झौतालाई इरानको ‘पछिल्लो दशकमा सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको छ । एजेन्सीका अनुसार उनीहरूले मुलुकको दैनिक उत्पादनमा तीन लाख ५० हजार ब्यारेल थप्ने लक्ष्य राखेका छन् । 

अक्टोबरमा इरानी तेलमन्त्री जवाद ओवजीले मार्च १९ को फारसी वर्षको अन्त्यसम्म मुलुकको तेल उत्पादन प्रतिदिन ३६ लाख ब्यारेलसम्म पुग्ने वाचा गरेका थिए । “फारसी क्यालेन्डरअनुसार नयाँ वर्षमा तेल उत्पादन प्रतिदिन ४० लाख ब्यारेलसम्म पुग्नेछ”, उनले भनेका थिए । 

तेहरानको आणविक कार्यक्रमलाई रोक्न बनाइएको ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेपछि पश्चिमी प्रतिबन्ध पुनः लागु भएसँगै सन् २०१८ मा इरानको तेल क्षेत्रलाई झट्का लागेको थियो । पश्चिमी प्रतिबन्धका कारण विदेशी कम्पनीहरू इरान छाड्न बाध्य भएका थिए ।

तेल मन्त्रालयका अनुसार इरान इराकको सीमामा रहेको खुजेस्तान प्रान्तमा अजादेगनसहित आफ्नो पश्चिमी तथा दक्षिणपश्चिमी क्षेत्रमा तेल उत्पादनलाई बढाउन सहयोग गर्न ‘घरेलु विशेषज्ञतामा भरोसा गर्नेछ ।’

इरानको सबैभन्दा पुरानो तेल क्षेत्र खुजेस्तानमा मस्जेद सोलेमनको विकास सम्झौतामा पनि हस्ताक्षर गरिएको छ । सन् १९०८ मा पहिलो पटक खनिएको मस्जेद सोलेमनमा कुवा नम्बर १ मध्यपूर्वमा सबैभन्दा पुरानो हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending