Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सीमा पिल्लर मर्मत: नेपाली पक्ष तीव्र, भारतीय सुस्त

खबरडबली संवाददाता

बारा। नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत बारा जिल्लामा निर्माण गरिएका सीमा स्तम्भ जीर्ण भएपछि त्यसको मर्मत सुरु भएको छ । सन २०१४ मा बसेको सीमा कार्य समूह (बिडब्लुजी)को बैठकले मर्मतसम्भार गर्ने निधारण गरेको सीमास्तम्भको बारामा मर्मत सुरु गरिएको हो । 

यसअघि नापी विभागबाट सिमा स्तम्भ मर्मत गरिन्थ्यो तर २०७७ साल साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले मर्मत गर्नुपर्ने सीमास्तम्भको जिम्मेवारी सशस्त्र प्रहरी बललाई सुम्पिएको थियो ।

सरकारबाट मर्मतसम्भार गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले बाराको सदरमुकाम कलैया उपमहानगरपालिका, पचरौता तथा सिम्रौनगढ नगरपालिका, फेटा, विश्रामपुर, सुवर्ण, र प्रसौनी गाउँपालिकासंग सिमा जोडीएको नेपाल भारतको ६० किलो मिटर सिमा क्षेत्रमा रहेको ६ सय ८६ स्तम्भ छन् ।

बारामा रहेको ६ सय ८६ स्तम्भ मध्य भारतले जोड नम्बरका र नेपालले विजोड नम्बरका सिमा स्तम्भ मर्मत गर्ने सहमति अनुसार नेपालले मर्मत सुरु गर्न थालेका हुन ।

एक सय १४ वटा सिमा स्तम्भ भध्य हाल एक सय १२ वटा सिमा स्तम्भ मर्मत, रंगरोहन गर्ने काम भईरहेको छ भने दुई वटा स्तम्भ पुनर्स्थापना गनुपर्ने देखिएको हो । यी दुई स्तभ्भ पुण रुपमा क्षेती भई भत्किएको छ भने पुण रुपमा क्षेती भएको स्तभ्भ पुनर्स्थापना भने अर्को सीमा कार्य समूह ९बिडब्लुजी०को बैठकले निर्णय पछि मात्रै हुने बताईएको छ ।

नेपालले सीमास्तम्भ मर्मतको काम सुरु गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहले जानकारी दिए । पछिल्लो केही वर्षयता बाराका सीमानाकामा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाउँदै लगेको जनाएको छ । नेपाल सरकार र भारत सरकारको संयुक्त टोलीले सीमा स्तम्भ मर्मतको काम सुरु गरेको हो । लामो समयसम्म सीमा स्तम्भ मर्मतको काम नहुँदा बनाइएका स्तम्भ भत्किएका थिए ।
‘नेपाल र भारतको संयुक्त टिम छ, यही टिमले सीमा स्तम्भ मर्मतको काम अघि बढाएको हो,’ सशस्त्र प्रहरी उपरिक्षक सन्तोष बहादुर सिंहले भने– ‘जोर नम्बर भएको सिमा स्तम्भ भारत तर्फबाट र बिजोर नम्बर रहेको सीमास्तम्भको मर्मत नेपाल सरकारको तर्फवाट गरिन्छ, मर्मत गर्दा संयुक्त कार्यदल सँगसँगै हुन्छ।’

सरकारले दिएको जिम्मेवारीअनुसार सशस्त्र प्रहरी बलले भारतीय पक्षसित समेत सहकार्य र समन्वय गरी सीमास्तम्भ मर्मतको काम सुुरु गरेको सशस्त्र प्रहरी उपरीक्षक सिंहले बताए ।

पूर्वमा रौतहट र पश्चिममा पर्साको सिमानासम्म ६० किलोमिटरमा बारा जिल्लामा मात्रै ६ सय ८६ वटा सिमा स्तम्भ छन् । यीमध्ये अहिले १ सय १२ वटा जीर्ण स्तम्भ मर्मत भएका छन् । ती मध्य दुईवटा सीमा स्तम्भ पुनर्स्थापना गर्नुपर्ने छ। सिमामा तिन किसिमका स्तम्भ छन, मुख्य स्तम्भ जग्गे पिल्लर, मध्यम खालको सहायक स्तम्भ र सानो आकार रहेका छन । नेपालले जोर र भारतले विजोर नम्बर गरी आधा–आधा पिल्लर बनाउने सहमति भएको थियो ।

भारतीय पक्ष सुस्त
भारतीय पक्षको जिम्मामा रहेका पिल्लरहरु मर्मत गर्ने जिम्मा एसएसबीले पाएको छ तर भारतीय तर्फले जिम्मा पाएका पिल्लर मर्मत भने सुस्त गतिमा भइरहेको पाइएको छ । जोर नम्बर भएको सिमा स्तम्भको मर्मत तथा रंगरोहन भारतले गर्ने सहमति भएतापनि भारतले भने क्षतिग्रस्त भएका स्तम्भको मर्मतका निम्ती कुनै कार्य गरेको छैन ।

भारतीय एसएसबीका अनुसार भारतीय पक्षले समयमै काम पूरा गर्ने बताएको छ । एसएसबीले भारततर्फ निर्माण कार्यमा सुस्तता देखिएको कारण बजेटको अभावमा कामले गति नलिएको र भारत सरकारले समयमै पूरा गर्छौं भनेको हुदाँ चाडैँ बजेट आउने उनले बताए ।

सन् २००७ मा नेपाली प्राविधिक टोलीले गरेको अध्ययनअनुसार नेपाल–भारतको सीमा क्षेत्रमा नदीमा रहेको ६४० सहित झण्डै ८ हजार पिल्लरहरु भेटिएका थिए । जमिनमा रहेका १ हजार २ सय ४० वटा पिलर हराएको पाइएको थियो । नेपालको सर्भे विभागका अनुसार त्यतिखेर २ हजार ५ सय पिल्लर मर्मत गर्नुपर्ने र ४ सय वटा पिल्लर नयाँ निर्माण गर्नुपर्ने देखिएको थियो ।

नेपालको छिमेकी मुलुक भारतसँग सीमा जोडिएका क्षेत्रमा बेला–बेला विवाद आउने गर्छ । विशेषगरी भारतसँगको खुला सीमाका कारण सीमास्तम्भको सुरक्षा सधैं चासोको विषय बन्ने गरेको हो ।
 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending