Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाउँदा कसरी कानूनी राज्य स्थापित हुन्छ ? : प्रभु साह

खबरडबली संवाददाता

काठमाडाैं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाईएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साहले गौर हत्याकाण्डको दोषी भनेर किटानी जाहेरी परेको व्यक्तिलाई नै मन्त्री बनाईँदा सुशासन र कानूनी राज्य कसरी स्थापित हुन्छ ? भनेर प्रश्न सोधेका छन् ।

‘आज गौरहत्याकाण्डको १७ वर्ष पुगेको दिन हो । म सर्वप्रथम महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । पीडित परिवारप्रति समवेदन व्यक्त गर्न चाहन्छु । झण्डै १७ वर्षदेखि लगातार संघर्षमा रहेका पीडित परिवारहरुसँग पटक पटक सरकारले न्यायको लागि प्रतिबद्धता पनि व्यक्त गरेको छ । गत साउन २३ गते वर्तमान सरकारले गौर हत्याकाण्डको छानबिन गर्छु र दोषीलाई कारबाही गर्छु भनेर लिखित सहमति गर्यो ।

तर, आज ती घट्नामा मुछिएका र त्यो घट्नाको दोषी भनेर जसको नाममा जोहरी दरखास्त छ । विभिन्न न्यायिक आयोगले त्यो घट्नामा दोषी भनेर किटान गरेको व्यक्तिलाई मन्त्री बनाईयो,’ साहले भने, ‘यसरी सुशासन र कानूनी राज्यको कुरा अनि मानवअधिकारको कुरा गम्भीर भैरहेको सन्दर्भमा, यी र यस्ता घट्नाहरु जो मानवअधिकार र कानूनी शासनसँग जोडिएको छ । यसलाई कसरी प्राथमिकतामा लैजान्छौं र देशलाई आश्वस्त पार्छौं भन्ने प्रश्न गम्भीर भैरहेको छ । आगामी बजेटमा यस्ता विषयलाई प्राथमिकतामा राख्न माग गर्दछु ।’

देशमा आर्थिक संकट रहेको र उद्योग-धन्दा चौपट बनेको र मुठ्ठीभरका मान्छे मालामाल भएको उनले बताए । उनले अहिले खुलेआम देशको पैसा लुटेर विदेश लैजाने काम पनि भैरहेको टिप्पणी गरे । उनले भगौडा दलाल वर्गलाई कारबाही गरिनु पर्नेमासमेत उनले जोड दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE