काठमाडाैं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाईएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साहले गौर हत्याकाण्डको दोषी भनेर किटानी जाहेरी परेको व्यक्तिलाई नै मन्त्री बनाईँदा सुशासन र कानूनी राज्य कसरी स्थापित हुन्छ ? भनेर प्रश्न सोधेका छन् ।
‘आज गौरहत्याकाण्डको १७ वर्ष पुगेको दिन हो । म सर्वप्रथम महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । पीडित परिवारप्रति समवेदन व्यक्त गर्न चाहन्छु । झण्डै १७ वर्षदेखि लगातार संघर्षमा रहेका पीडित परिवारहरुसँग पटक पटक सरकारले न्यायको लागि प्रतिबद्धता पनि व्यक्त गरेको छ । गत साउन २३ गते वर्तमान सरकारले गौर हत्याकाण्डको छानबिन गर्छु र दोषीलाई कारबाही गर्छु भनेर लिखित सहमति गर्यो ।
तर, आज ती घट्नामा मुछिएका र त्यो घट्नाको दोषी भनेर जसको नाममा जोहरी दरखास्त छ । विभिन्न न्यायिक आयोगले त्यो घट्नामा दोषी भनेर किटान गरेको व्यक्तिलाई मन्त्री बनाईयो,’ साहले भने, ‘यसरी सुशासन र कानूनी राज्यको कुरा अनि मानवअधिकारको कुरा गम्भीर भैरहेको सन्दर्भमा, यी र यस्ता घट्नाहरु जो मानवअधिकार र कानूनी शासनसँग जोडिएको छ । यसलाई कसरी प्राथमिकतामा लैजान्छौं र देशलाई आश्वस्त पार्छौं भन्ने प्रश्न गम्भीर भैरहेको छ । आगामी बजेटमा यस्ता विषयलाई प्राथमिकतामा राख्न माग गर्दछु ।’
देशमा आर्थिक संकट रहेको र उद्योग-धन्दा चौपट बनेको र मुठ्ठीभरका मान्छे मालामाल भएको उनले बताए । उनले अहिले खुलेआम देशको पैसा लुटेर विदेश लैजाने काम पनि भैरहेको टिप्पणी गरे । उनले भगौडा दलाल वर्गलाई कारबाही गरिनु पर्नेमासमेत उनले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: