Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

रञ्जिताको ‘थाइकट’ मा मोहित भएका रेशमको ‘लभलाइफ’ सामाजिक सञ्जालमै भयाे छताछुल्ल

दुई घन्टा वार्ता गर्दा पनि उनी टस कि मस भइनन्

खबरडबली संवाददाता

काठमाडौं ।  ‘बग्दैबग्दै गर्दा धेरै चट्टानहरुसँग पानी ठोकिन्छ । जति ठोक्किएपनि उसले ढुंगासँग रिसिवी साट्दैन । बरु भन्छ– ‘ए ढुंगा तिमी–हामी सँगै बगिजाउन’ । परपर धकेल्दै धकेल्दै समुद्र भेटिन्छ । र त्यो समुद्रमा अन्त्य हुन्छ छाल र ढुंगाको कथा, रञ्जिता र मेरो कथा त्यस्तै हो । जीवन रहेसम्म, अन्त्यसम्म हामी छाल र ढुंगा भइ बग्दै जानेछौं ।’

केही समयअघि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्नी पत्नीसँगको प्रेमलाई यसरी दर्शाएका थिए । एक अन्तर्वार्तामा उनले हाल पार्टीकी अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठ चौधरीको कपालमा आफू मोहित भएर प्रेम गाँसेको स्मरण गरेका थिए ।

उनले भनेका थिए, ‘रञ्जिता काठमाडौंको नेवार्नी । म तराईको थारु । म अलि कालोकालो थिए । उनी अलि गोरी थिइन् । त्यसबेला ‘थाइकट’ कपाल निकै चलेको थियो, र ‘थाइकट’ कपाल पाल्ने सुन्दरीलाई पछ्याउने युवाहरुको निकै ठूलो जमात थियो । मैले पनि पछ्याएहुँला, उनले पनि मन पराइन् होली । उनको पछ्यौरी मैले समाते, उनले मेरो हात समाइन् । र प्रेम विवाह सम्पन्न भयो ।’

आजभोलि भने उनीहरुको मायाप्रेममा दरार आएको छ । जसको बाछिटा संघीय सरकार र सुदूरपश्चिम सरकारमा देखिएको जगजाहेर छ । केही समयअघि रेशमले दरार आएको सम्बन्धलाई फेसबुक पोष्टमार्फत दर्शाउन खोजेका थिए । उनले लेखेका थिए, ‘जब कुदिएको मुर्तिले चित्रकारलाई लात हान्न थाल्छ बुझ्नुस– त्यहाँ पक्कै छल छ ।’ यद्यपि यो पोष्ट उनले पत्नीकेन्द्रीत लेखेका हुन् या होइनन् भन्ने खुलाएका छैनन् । तर, पछिल्लो समय दुवैबीच आएको चिसोपनालाई रेशमले सामाजिक सञ्यजालमा छताछुल्ल पार्न  खोजेको देखिन्छ ।

रेशमका दुुई पत्नीमध्ये रञ्जिता जेठी पत्नी हुन् । उनकी कान्छी पत्नी आशा चौधरी हुन् । कैलालीको धनगढी उपमहानगरपालिका–६ स्थित जालीमा माइती घर भएकी आशासँग रेशमले टीकापुर घटना हुनुभन्दा पहिले बिहे गरेका थिए । अहिले बर्दीयामा रेडियो चलाएर बसेकी उनको साथमा रेशमको एक छोरी समेत छन् ।

९ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनापछि रेशम जेलमै भएका बेला नागरिक उन्मुक्ति पार्टीको जन्म भएको थियो । दोस्रो स्थानीय निर्वाचनमा पहिलोपटक भाग लिएको नागरिक उन्मुक्तिले कैलालीका १३ स्थानीय तहमध्ये ४ वटा जितेको थियो ।

कैलालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि नागरिक उन्मुक्ति कांग्रेस र एमालेभन्दा ठूलो दल हो । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्तिले प्रतिनिधिसभामा ३ र १० वटा प्रदेशसभामा ५ वटा प्रत्यक्ष जितेको छ । प्रदेशसभामा २ जना समानुपातिक गरी नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य छन् । प्रदेश सरकार बनाउन नागरिक उन्मुक्ति निर्णायक शक्ति हो ।

जेलमा भएकाले अध्यक्षमा बस्न नपाउने भएपछि रेशमले श्रीमती रञ्जितालाई पार्टी अध्यक्ष बनाएर आफू संरक्षक बनेका थिए । रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका दिन माफी मिनाह दिएपछि जेलमुक्त भएर उनी राजनीतिमा सक्रिय भए ।

रेशम जेलमुक्त भएपछि २०८० पुस २६ गते टीकापुरमा पार्टीको महाधिवेशन गरेका थिए । निर्वाचन प्रक्रियामा रेशमले अध्यक्षमा एकल उम्मेदवारी दिने भएपछि रञ्जिता त्यही दिन महाधिवेशन स्थल छाडेर हिँडिन् । उनले पुनः अध्यक्ष बन्न चाहेकी थिइन् भनेर त्यतिबेला चर्चा चलेको थियो ।

टीकापुरको पहिलो महाधिवेशनबाट रेशम निर्विरोध अध्यक्ष चयन भए । महाधिवेशन स्थलमा रञ्जिता नभए पनि उनलाई सहअध्यक्ष मनोनीत गरिएको थियो । त्यहि दिनदेखि उनीहरु बीचको सम्बन्धमा चिसोपना आएको बताइन्छ ।

उता निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष अवैधानिक ठहर गरिदियो । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम मापदण्ड नपुगेकाले पुरानै कार्यसमितिलाई मान्यता दियो ।

त्यसपछि नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ थिइन् । तर उनका श्रीमान् भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा थिए ।

प्रचण्डले नाउपाका नेता–कार्यकर्ता रिहाइका लागि पहल गरेकाले उनलाई साथ दिनुपर्ने रन्जिताको अडान थियो । भने, कसैले कृपाले राजबन्दी रिहा नभइ २ लाख ७८ हजार जनताको भोट आफूहरु रिहा भएकाले सरकारलाई समर्थन नगनुपर्ने रेशमको अडान थियो ।

दुवै आफ्नो अडानमा रहँदा केन्द्रमा रञ्जिताले प्रधानमन्त्रीलाइै विश्वासको मत दिइन् । भने उता पार्टी अध्यक्ष रञ्जिताले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिन दिएको निर्देशन रेशमले मानेनन् । रेशमले ३ जनालाई शाहकै सरकारमा शपथ खुवाउन लगाइदिए । त्यसले दुवै जनाबीचको विवाद छताछुल्ल बनाइदिएको थियो ।

रञ्जिताले विश्वासको मत दिनुअघि रेशमले उनलाई फकाउन प्रयास भने नगरेका होइनन् । तर, मान्दै नमानेपछि पत्नीलाई सम्झाउन आफू कैलालीको धनगढीबाट काठमाडौंसम्म गएको र रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको भन्दै रेशमले फेसबुकमार्फत जानकारी दिए । ‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ उनले लेखेका थिए ।

यी दुवै राजनीतिक घटनाक्रमपछि रञ्जिताले भने आफूहरुको सम्बन्ध नबिग्रिएको तर विचार फरक भएको बताइरहेकी छन् । उनले केही दिनअघि भनेकी थिइन्, ‘मन्त्री पाउन विश्वासको मत दिएको होइन । पार्टी छुट्टै कुरा हो । परिवार छुट्टै कुरा हो । परिवारमा हाम्रो त्यस्तो केही पनि छैन ।’ अहिले जापानमा रहेका रेशमले भने आफ्नो सम्बन्धबारे मौन रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सशस्त्र प्रहरीका ७१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ  । सशस्त्र प्रहरी बलका ७१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । मानव स्रोत विभाग, कर्मचारी प्रशासन शाखाद्वारा जारी गरिएको पत्र...

विप्लव समूहबाट अलग भएका नेताले पुनर्गठन गरे नेकपा, रुपन्देहीमा नयाँ जिल्ला समिति गठन

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियानलाई अघि बढाउँदै रुपन्द...

नगरपालिका परिसरमै हातपात : शिक्षक र उपप्रमुखबीचको झडपको भिडियो भाइरल, दुवै पक्षको फरक दाबी

बाजुरा। बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा र एक शिक्षकबीच भएको हातपातको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले चर्चा पाएको छ। यद्यपि,...

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्...

कागज बोकेर सेवाग्राही होइन, कर्मचारी कुद्नुपर्‍योः गृहमन्त्री सुधन गुरुङ

विराटनगर ।  गृहमन्त्री सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। शनिबार मोरङको...

खुट्टा गुमे, आत्मबल होइन : डोको बुनेर सम्मानका साथ बाँचिरहेका पौडेल र श्रेष्ठ

धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...

तीन दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू हुँदै

काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली स्तरोन्नतिका लागि केही दिन राहदानी सेवा अस्थायी रूपम...

५५–३० को प्रस्तावले बढायो राजीनामा, सुविधा जोगाउन कर्मचारीको हतार

काठमाडौं । संघीय निजामती सेवा विधेयकमार्फत ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाशको व्यवस्था लागू हुने चर्चा चल्न थालेपछि निजामती कर...

वैशाखदेखि विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

काठमाडौं । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्...

अर्जेन्टिना संघर्षपूर्ण जितसहित अन्तिम १६ मा, मेस्सीले बनाए नयाँ कीर्तिमान

एजेन्सी । साविक विजेता अर्जेन्टिनाले डेब्यु टोली केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending