काठमाडौं । नशालु पदार्थको रुपमा प्रयोग हुने सूर्तीको प्रयोग अब यौन सुख बढाउन प्रयोग हुन थालेको छ । द सनको एक रिपोर्ट अनुसार महिलाहरुले गुप्तांगमा सूर्ती राखेर यौन सुख बढाउने प्रयास गरिरहेका घटनाहरु लगातार सार्वजनिक भइरहेका हुन् ।
तर, डाक्टरहरुले भने यौन सुखको चाहनामा यस्तो गरिरहेका महिलाहरुले आफ्नो जीवनसँग खेलवाड गरिरहेको बताएका छन् । एकतर्फ मानिसहरुले यसलाई यौन सुख बढाउने उपाय भनिरहेका बेला अर्कोतर्फ डाक्टरहरुले यस विषयमा चेतावनी जारी गरेका हुन् ।
डाक्टरहरुले यस्तो गर्दा सदाका लागि यौन सुख गुमाउनुपर्ने चेतावनी समेत दिएका छन् । सूर्तीजन्य पदार्थको माध्यमले यौन सुख बढाउने प्रयास गर्नु भनेको मृत्यु निम्त्याउनु जस्तै भएको डाक्टरहरुको भनाइ छ । प्रोफेसर पास्कल फमेन भन्छन् ‘सूर्ती अल्सर जस्ता रोगको कारण बन्छ । यसले योनीलाई खुम्च्याएर कठोर बनाउँछ । यसले योनीद्वार सदाका लागि बन्द गर्न पनि सक्छ ।’ एक रिपोर्टअनुसार सूर्तीले सामान्य अवस्थामा हुने महिनावारीलाई पनि प्रभावित गर्छ ।
स्त्रीरोग विशेषज्ञ डाक्टर अब्डुलाये डियोपको भनाइ अनुसार यो योनी साँघुरिने समस्याको पनि ठूलो कारण बन्न सक्छ । गुप्तांगमा सूर्ती राख्ने पीडितहरुले आफ्नो यौनांग साँघुरिँदै गएको महसुस गर्न थालेका छन् किनकि उनीहरुका अन्तरंग मांशपेशी पछाडितर्फ सर्दै गइरहेका छन् । डाक्टर डियोप भन्छन् ‘यो भावना क्षणिक र भ्रामक हो । यस्तो गर्नु भेजिनल मुकोसाको लागि खतरनाक हुन्छ । जसको कारण क्यान्सरजस्तो घातक रोगको खतरा पनि बढ्छ ।’
यस किसिमका धेरै घटना पश्चिमी अफ्रिकी देश सेनेगलमा सार्वजनिक भइरहेका छन् । यहाँ मानिसहरुमा भ्रम छ कि सूर्तीले यौन सम्बन्धमा क्रममा चरम सुख दिलाउन सक्छ । यहाँ यो उत्पादन सूर्तीका सुकेका पात, रुखका जरा मिसाएर बनाइन्छ जसमा यसलाई असरदार बनाउनको लागि सोडा र शिआ बटर जस्ता पदार्थ पनि मिसाइन्छन् । सूर्तीको प्रयोग गरेर यौनसुख बढाउन प्रयास गर्ने यी महिलाहरुसँग सेनेगलकी एक स्वास्थ्यकर्मी ग्निमा न्डियाएले कुराकानी गरेर उनीहरुलाई यसको खतराबारे बताइरहेकी छन् । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - १८:२४
काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरह...
माघ १७ गते, २०८२ - १८:१९
काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट आ...
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...




प्रतिकृया लेख्नुहोस्: