काठमाडौं । ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइयो ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । ती मध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा दायरामा आएको देखिन्छ । यसैगरी क्षयरोगकै कारण वर्षेनी १८ हजारको मृत्यु हुने तथ्याङ्कले देखाउँछ ।
क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा किटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ ।
केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले भने, “क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।” हाल नेपालभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोग विरुद्धको औषधि निःशुल्क उपलब्ध छन् । क्षयरोगको जोखिममा कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस उच्च जोखिम गर्दछन् ।
उनले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत हाल एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिँदै क्रमश:सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने बताए । नेपालले सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १७:२१
विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय र...
मंसिर २६ गते, २०८२ - १७:१७
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ ग...
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...
मंसिर २५ गते, २०८२ - २०:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...
मंसिर २५ गते, २०८२ - २०:०१
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...




प्रतिकृया लेख्नुहोस्: