बेइजिङ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का केन्द्रीय अध्यक्ष वान हुनिनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
बेइजिङस्थित स्टेट गेस्ट हाउसमा आज अपराह्न भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका साथै आर्थिक र सामाजिक विकासका विविध आयामबारे छलफल भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले चीन र नेपाल सदियौँदेखि असल मित्रका रुपमा रहिआएको उल्लेख गर्दै नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहोर्याए ।
नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक विकासमा केन्द्रित भएको जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको आर्थिक समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताए।
चीनले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको सरहाना गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आगामी दिन चिनियाँ सहयोग अभिवृद्धि हुने अपेक्षा गरे। “अबको एक मात्रै एजेण्डा आर्थिक विकास हो, यसमा चिनियाँ सहयोग महत्वपूर्ण हुनसक्छ”, उनले भने ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल–चीन सीमामा रहेका १४ वटा परम्परागत नाकालाई पुनः सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दै उनले पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित हवाई उडान गर्न अनुरोध गरे । नेपालले चिनियाँ पर्यटकलाई प्रवेशाज्ञा (भिसा)मा सहजीकरण गरेको स्मरण गराउँदै उनले नेपाली नागरिकलाई पनि चीन प्रवेशमा सहज व्यवस्था मिलाउन आग्रह गरे ।
सो अवसरमा स्थायी समिति सदस्य हुनिनले चीन र नेपाल हिमालय र नदीले जोडिएको मुलुक मात्र नभई एउटै परिवारका सदस्यका रुपमा रहेको बताए । उनले दुवै देशका तर्फबाट भएका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताए।
चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्दै सिपिपिसिसीका अध्यक्ष हुनिनले नेपालले आफ्नो मुलुकको समृद्धिका लागि लिने निर्णयप्रति चीनको दृढ समर्थन रहने बताए । चीन र नेपाल दुवै आर्थिक समृद्धिको दिशामा सँगसँगै अघि बढ्नुपर्छ भन्दै उनले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकका रुपमा लैजान चिनियाँ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
नेपाल सन् २०२६ मा अतिकम विकसिकत मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको उल्लेख गर्दै उनले त्यसका लागि सहयोग गर्न चीन तयार रहेको बताए ।
भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री श्रेष्ठ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाल, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादवलगायत सहभागी थिए ।
चिनियाँ प्रतिनिधिमण्डलमा स्थायी समिति सदस्य हुनिनसहित चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका पदाधिकारीको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: