सत्ता लम्ब्याउन कांग्रेस भित्र संविधान संसोधनको तयारी
भाद्र १२ गते, २०७२ शनिवार 29th August, 2015 Sat११:०३:३५ मा प्रकाशित
काठमाडौं । सत्ताको बागडोर सम्भालेको नेपाली कांग्रेसले पार्टी नेतृत्व लम्ब्याउन कै लागि अन्तरिम संविधान संसोधन गर्ने गृहकार्य थालेको छ । सत्ताको दुरुपयोग गर्दै कांग्रेसले गर्न लागेको संविधान संसोधनले मुलुकमा गतल नजिर समेत स्थापित गर्ने देखिएको छ ।
चार वर्षसम्म महाधिवेशन गर्न नसकेको कांग्रेसले महाधिवेशन गर्नका लागि अघिल्लो बर्ष भदौमा एक बर्ष थपेको थियो । तर थपेको समयमा पनि महाधिवेशन गर्न नसकेपछि उसले अन्तरिम संविधानको धारा नै संसोधन गरेर पार्टी नेतृत्वलाई बैधानिक तुल्याउन लागको हो ।
मुलुक संविधान निर्माणको अति नै पेचिलो मोडमा उभिएको सन्दर्भमा सत्ताको नेतृत्व सम्भालेको कांग्रेसले गर्न लागेको अन्तरिम संविधान संसोधनलाई अन्य दलहरुले भने संसयपूर्ण नजरले हेरेका छन् ।
समय छँदै पार्टीको आन्तरिक गतिविधिलाई व्यस्थित तुल्याउन कुनै चाँसो नदिएको कांग्रेसले समय घर्किएपछि अहिले थालेको गृहकार्यले लोकतान्त्रिक मुल्य मान्यता बोकेको पार्टीहरुकै छविलाई धुमिल बनाउने निश्चित रहेको विश्लेषकहरुको भनाई छ ।
पटकपटक सर्दै आएको कांग्रेसको महाधिवेशन आगामी २ असोजदेखि ५ असोजसम्म तोकिएको छ । तर, त्यस अघि नै भदौ १७ गतेबाट तल्लो तहका वडा, गाउँ र नगरको अधिवेशन हुनुपर्ने भए पनि कांग्रेसको कुनै तयारी नै छैन ।
कांग्रेसले अहिले सत्ताको आडमा संविधान संसोधन गरेमा भोलिका दिनमा शक्तिका आडमा ठूला पार्टीहरुले समयमा अधिवेशन नगरी यसरी नै संविधान संसोधन गर्दे जाने अवस्था सिर्जना भएमा के गर्ने भन्ने प्रश्न खडा भएको छ ।
अन्तरिम संविधानमा पाँच बर्ष भित्र पार्टीहरुले आफ्नो महाधिवेशन सम्पन्न गर्नु पर्ने उल्लेख छ । नयाँ संविधानको मस्यौदामा पनि ५ वर्ष समयसिमा राखिएकाे छ तर अहिले विशेष अवस्थामा भन्दै ६ महिना थप्ने प्रावधान राखिदैछ । तर समयसिमा भित्र महाधिवेशन सम्पन्न गर्न कुनै चासो नदेखाएको कांग्रेसले अहिले संविधान संसोधन गरेर भए पनि वर्तमान नेतृत्वलाई बैधानिक बनाउन लागेको हो ।
संविधान निर्माणमा लागेको बहाना देखाउँदै कांग्रेसले महाधिवेशन गर्नुको सट्टा संविधान संसोधन गरेर ६ महिनाको आयु थप्ने विकल्पलाई महत्व दिएको छ । तर, कांग्रेसको महाविधेशन अघि नयाँ संविधान आउन नसक्ने भएकोले अहिलेको नेतृत्वलाई बैधानिक बनाउन पनि संविधान संसोधनमा देश होमिन लागेको छ ।
कांग्रेस केन्द्रीय सदस्य मनमोहन भट्टराई विधि, विधान र लोकतन्त्रका कुरा गरेर नथाक्ने कांग्रेसमा एकै व्यक्तिले पाँच बर्षभन्दा बढी जिम्मेवारी लिंदा पार्टीको लोकतान्त्रिक छवि नै धूमील भएको बताउँछन् ।
‘सभापति जी सरकारको नेतृतव गरिरहनुभएको छ, संविधान पनि मैं जारी गर्छु । महाविधेशन पनि मैं गराउछु भनेर सबै पद ओगटेर बस्नुभएको छ’ भट्टराई भन्छन्, ‘भातृ संस्थाको अन्यौल भई आशंका र विरोध भइरहँदा मूल पार्टीमा महाधिवेशन समयमा नहुनु विडम्वना हो ।’
नेतृत्वको यस्तो सुस्तता र जिम्मेवारीबाट भाग्ने शैलीले पार्टीको ‘रेपुटेसन’मै प्रश्न उठाउने उनले बताए । ‘पार्टी नेतृत्वले यसरी सुस्तता देखाउँदा लोकतान्त्रिक पार्टीको रेपुटेसनमा नै प्रश्न उठाएको छ’ भट्टराई भन्छन्, ‘समयमा महाधिवेशन नगरी सविधान ससोधनको बाटो रोज्नु र खोज्नु पनि राम्रो संकेत होइन ।’
समयमा महाधिवेशन गर्नका लागि सभापति सुशील कोइरालाले कुनै इच्छाशक्ति नै नदेखाएको आरोप नेता शेरबहादुर देउवा पक्षको छ । तत्काल विधान संसोधन गरेर पदाधिकारीका आकांक्षी सबैलाई समेट्नसमेत गाह्रो पर्ने र पार्टीमा देउवा पक्षको दबादबा बढेपछि कोइराला संविधान संसोधनको बाटोमा अघि बढेको आरोप उनीमाथि छ ।
तर, संस्थापन पक्षका नेता एवं पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडु संविधानको दबाबका कारण दुवैलाई एकैपटक अघि लान नसकिने टिप्पपणी गर्छन् । ‘हामीलाई की संविधान र की महाधिवेशनमा लाग्नुपर्ने भएको छ’ बडु भन्छन्, ‘तत्लकाल संविधान बन्ने अवस्था छैन अब संविधान संसोधनको लागि छलफल र प्रक्रिया अघि बढ्छ ।’
शुक्रबार बसेको कांग्रेस पदाधिकारीको बैठकले पनि संविधान निर्माण र महाधिवेशनमध्ये एक रोज्नुपर्ने बेला आएको भन्दै कम्युनिष्ट दलहरुसँग सुझाव सहयोग मागेको थियो । बैठकपछि उपसभापति रामचन्द्र पौडेलले अब तत्काल संविधान नआए संविधान संसोधन गरी महाधिवेशन गर्ने समय ६ महिना थप गर्नुपर्ने भन्दै एमाले र एमाओवादीसँग त्यसका लागि सहयोग माग्ने बताएका थिए ।
कांग्रेसको संविधान संसोधनको विषयलाई अन्य दलहरुले भने पार्टी र सरकारको सत्ता तथा संविधान निर्माण दुवै प्रक्रियालाई लम्ब्याउने खेलको रुपमा बुझेका छन् ।
काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...
काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...
काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ ।
अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...
काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...
काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...
काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...
भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् ।
...
दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...
प्रतिकृया लेख्नुहोस्: