Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

कोरला नाका खुलाउन कूटनीतिक पहल

\"Korlaaमुस्ताङ । लामो समयदेखि बन्द रहेको मुस्ताङको कोरला नाका खोल्न कूटनीटिक पहल थालिएको छ । नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका खोल्न जिल्लाका सभासद् र सरोकारवाला पक्षले पहल थालेका हुन् । नाकामार्फत हुने कारोबारलाई व्यवस्थित बनाउन १५ वर्षपछि गत असार पहिलो सातादेखि छोसेरमा नेचुङ भन्सार कार्यालय सञ्चालनमा आइसकेको छ । मुस्ताङका सभासद् रोमी गौचन थकालीले नाका सञ्चालन गर्न परराष्ट्र मन्त्री, सचिवदेखि प्रधानमन्त्रीसम्म छलफल गरिएको बताए । ‘कूटनीतिक रुपमा अघि बढ्नुपर्छ, विगतमा हाम्रोतर्फबाट त्यति पहल भएन’, उनले भने, ‘नेपालको विकासका लागि यो नाका खोल्न एकदमै आवश्यक छ ।’ नाका सञ्चालन गर्नसके बर्खाको छ महिना तातोपानी भन्सारको विकल्प हुने उनको भनाइ छ । विसं २०६२÷६३ अघिसम्म नाका खुल्ला रहेका कारण दुवै देशका सीमा क्षेत्रका नागरिक सजिलै आवतजावत र दैनिक उपभोग्य सामान किनबेच पनि चल्ने गरेका थिए । तर त्यसपछि चिनियाँ पक्षले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ । तिब्बतसँगै सिधै जोडिएकाले यो नाकालाई चीनले सुरक्षाको हिसाबले ‘अति संवेदनशील’ मान्दै आएको छ । विसं १९७४ ताका तिब्बतीयनले मुस्ताङको यही नाका हुँदै ‘खम्पा विद्रोह’ सञ्चालन गरेकाले पनि चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउँदै लगेको हो । ‘कूटनीतिक हिसाबमा चीनको सुरक्षा चिन्तालाई हामीले विश्वस्त बनाउनुपर्छ, यसो गर्न सकियो भने चीन पनि यसमा नकारात्मक छैन’, सभासद् गौचनले भने । व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सञ्चालन गर्न आवश्यक देखेर आफ्नो तहबाट गृह र परराष्ट्र मन्त्रालयमा छलफल चलाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताए ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy