Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

प्रधानमन्त्रीसँगको भेटपछि महोत्तरीका जनप्रतिनिधि र उद्यमी उत्साहित

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीका जनप्रतिनिधि र उद्यमी प्रधानमन्त्रीसँगको भेटपछि उत्साहित भएका छन् । जिल्ला सदरमुकाम जलेश्वरको भारतीय सीमावर्तीनाका भिठ्ठामोरमा सुक्खा बन्दरगाह निर्माणको माग लिएर शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका जिल्लाका जनप्रतिनिधि र विभिन्न नगरका उद्योग वाणिज्य सङ्घका प्रतिनिधि उत्साहित भएका हुन् ।

“हामीले भिठ्ठामोर भन्सारको सुक्खा बन्दरगाह सम्भाव्यता र आवश्यकताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौँ”, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल भन्न्छा्, “उहाँबाट यसको विज्ञटोलीबाट सम्भाव्यताबारे अध्ययन गरेर काम अघि बढ्ने विश्वास पाएका छौँ ।” जिल्लाका विभिन्न नगरका जनप्रतिनिधि तथा जलेश्वर, मटिहानी, गौशाला र बर्दिबासका उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले प्रधानमन्त्रीलाई काठमाडौँमै भेटेर भिट्ठामोरमा सुक्खा बन्दरगाह निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

विसं २०२६ मा भिठ्ठामोरमा स्थापित भन्सार कार्यालयको स्तरोन्नति गर्दै तेस्रो मुलुकसँगको आयात–निर्यात सुव्यवस्थित र वृद्धि गर्न सुक्खा बन्दरगाह सहयोगी हुने जनप्रतिनिधि र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको माग छ । प्रधानमन्त्रीले भिठ्ठामोर नाकाको आवागमन, सुक्खा बन्दरगाह निर्माणका लागि हालसम्म भएका प्रयत्नको अध्ययन र विज्ञहरूबीचको छलफलबाट काम अघि बढाउने बताउनुभएपछि आशा जागेको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार बताउछन् ।

प्रधानमन्त्रीसँगको भेटमा महोत्तरी–१ र ४ का प्रतिनिधिसभा सदस्यहरू लक्ष्मी महतो कोइरी र महेन्द्रकुमार राय एवं जलेश्वर, मटिहानी, गौशाला र लोहारपट्टी नगरपालिकाका प्रमुख क्रमशः सुरेश साह सोनार, हरिप्रसाद मण्डल, डा दीपेन्द्र महतो र शैलेन्द्र यादवसहित राजनीतिक दलका प्रतिनिधि सम्मिलित हुनुहुन्थ्यो । यसैगरी बर्दिबास गौशाला, जलेश्वर र मटिहानी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भेटमा सहभागीभएको नगरप्रमुख सोनारले बताए।

भिठ्ठामोर मधेसका नाकामध्ये वीरगञ्जपछि सबैभन्दा बढी चल्तीको सीमावर्ती नाका हो । तेस्रो मुलुकबाट सामान आयात निर्यात गर्न कोलकाता बन्दरगाहबाट वीरगञ्जभन्दा दूरी कम हुने, मुलुककै झण्डै मध्यभागमा पर्ने हुँदा कम खर्चमा ढुवानी हुने र सबै भेगको पायक पर्ने महोत्तरीका जनप्रतिनिधि र उद्यमीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । यसबाहेक भिठ्ठामोर ९जलेश्वर० भन्सार कार्यालयको पूर्वाधार र जनशक्ति वीरगञ्जपछि सबैभन्दा राम्रो रहेको अवस्था प्रधानमन्त्रीलाई अवगत गराइएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले जानकारी दिए।

भारतको कोलकाताबाट जयनगरसम्म सञ्चालनमा रहेको रेलमार्गसँगै जोडिएर नेपालतर्फ जयनगर–बर्दिबास रेल सेवा विस्तारको काम भइरहेको र बर्दिबासमा रेल्वेले अधिग्रहण गरेको ५२ बिघा क्षेत्रफलको जग्गामा कार्गो व्यवस्थापन सहज सञ्चालन हुने र भिठ्ठामोरमा सुक्खा बन्दरगाह निर्माणले यस भेगको उद्योग व्यापार फस्टाउने प्रतिनिधिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा आपूmहरूले पछिल्ला केही वर्षयता कोरोना महामारी र त्यसको असरले बढेको आर्थिक मन्दीबाट राहत दिन बैंकहरूबाट अवधि लम्ब्याउन र थप ऋण प्रवाहका लागि ध्यानाकर्षण गराइएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending