विराटनगर । कोशी प्रदेशको खेलकुद विकास बोर्डले गरेको प्रशिक्षक नियुक्तिमा चलखेल भएको आशङ्का गरिएको छ । केही दिन अगाडि मात्रै बोर्डले करार प्रशिक्षक नियुक्ति गरेको थियो । अनियमित तथा धाँदलिपूर्ण तरिकाले खेलकुद प्रशिक्षक छनोट गरिएको भन्दै उजुरी परेपछि मुख्यमन्त्री कार्यालयले सामाजिक विकास मन्त्रालयलाई छानबिन समिति गठन गरी प्रतिवेदन बुझाउन पत्राचार गरेको छ ।
सामाजिक विकास मन्त्रालयलाई लेखिएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८०।१२।१८ मा यस कार्यालयमा अनियमित तथा धाँधलीपूर्ण तरिकाले खेलकुद प्रशिक्षक छनोट गरिएको विषयको उजुरी परेको सन्दर्भमा तपसिल विषमा के भएको हो त्यहाँ मन्त्रालयबाट एक छानबिन समिति गठन गरी ७ दिन भित्रमा स्पष्ट राय प्रतिक्रियासहितको प्रतिवेदन पेस गर्न हुन आदेशअनुसार अनुरोध छ । साथै छानबिन प्रतिवेदन पेस भई अन्तिम कारबाही नटुंगिएसम्मका लागि सो विषयमा भएका÷गरेका काम कारबाहीहरू यथास्थितिमा राख्नहुन समेत अनुरोध छ ।’
परिषद्को कार्यालयले आइतबार सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै बोर्डले गरेको नियुक्ति प्रक्रियाको छानबिन गरेर प्रतिवेदन बुझाउन निर्देशन गरेको छ । १५ खेलका १७ प्रशिक्षक नियुक्तिको सबै प्रक्रिया अगाडि बढेपछि मुख्यमन्त्री कार्यालयले यस्तो निर्देशन दिएको हो । ११ जनाले भने नियुक्ति पत्र नै बुझिसेकेको बोर्डका सदस्य सचिव हंसराज वाग्लेले बताए । नियुक्ति प्रक्रिया नियमसङ्गत भएकाले आफूले गरेको निर्णयबाट पछि नहट्ने उनले बताए । ‘फुटवल खेलाडी दीपक लिम्बूलगायतका अन्य केही खेलाडीलाई प्रशिक्षक नियुक्ति गर्न दबाब दिएका थिए,’ वाग्ले भने, ‘प्रक्रियाबाट जो सुकै आए पनि भयो भनेर भनेको थिए । त्यसैलाई इगो बनाए ।’ दिपकको ठाउँमा सुनसरीका सुरेन्द्र तामाङलाई नियुक्त गरिएको छ ।
प्रदेश खेलकुद बोर्डलाई प्रशिक्षक नियुक्तिका लागि मन्त्री परिषद्को बैठकले नै २१ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । ४२ जनालाई ६ महिनाका लागि नियुक्त गर्न प्रदेश सरकारसँग ९६ लाख रुपैयाँ माग गरिएकोमा २१ लाख दिएपछि मासिक ३० हजार दिने गरी १५ खेलका १७ प्रशिक्षक करारमा नियुक्ति गरिएको वाग्लेको भनाइ छ ।
‘विज्ञसहितको समितिले छनोट गरेका प्रशिक्षकलाई नियुक्ति दिइएको हो । खेलकुद नबुझ्ने राजनीतिको फोहरी खेल गर्नेहरूले विरोध गरेका छन् । खेलाडिका पक्षमा राजनीति जस्तो फोहोरी खेल देखाएका छन् । कसलाई कहाँ के लहड चल्यो कुन कुन नेताका मान्छे परेनन् भनेर हुँदैन । कसले कसरी दबाब दिएका थिए । त्यो सबै रेकर्ड हामीले पनि राखेका छौं । छानबिन गर्ने भनेको अदालतले मात्रै हो,’ वाग्लेले भने । कसले दबाब दिएको भन्ने विषयमा भने सदस्य सचिव वाग्लेले केही खुलाउन चाहेनन् ।
उनले समावेशी तरिकाले ५ महिला प्रशिक्षक पनि छनोट गरिएको जानकारी दिए । तर सदस्य सचिव वाग्लेले प्रशिक्षक नियुक्तको प्रक्रिया सुरु गर्नु अगाडि नै प्रशिक्षकको नाम तयार गरेको अडियो समेत बाहिरिएको छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत थाहा पाउनु नहुने अडियोमा बताएका छन् । ‘खेलाडीहरू सबै तयारी राखेका छौं । यो ओलीले समेत थाहा पाउनु हुँदैन । धेरै मान्छेले थाहा पाए भने छनोटमा समस्या हुन्छ । हामीले मान्छे तयारी अवस्थामा राखेका छौं,’ उनले अडियोमा भनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - २१:०९
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्...
आषाढ़ १९ गते, २०८३ - २१:०८
एकता चर्चामा ओली–प्रचण्डबीच विश्वासको संकट कायमै
आषाढ़ १९ गते, २०८३ - २१:०१
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक ...
आषाढ़ १९ गते, २०८३ - १९:२६
दैलेख । सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको दोस्रो दिन बितिसक्दा पनि गाडी...
आषाढ़ १९ गते, २०८३ - १९:१६
काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय ...
आषाढ़ १९ गते, २०८३ - १९:१३
काठमाडौं । महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लु बस’ सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) यात्रुले यात्रा गर्न पाउने वा नपाउने भन्ने ...
आषाढ़ १९ गते, २०८३ - १९:१२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीमा देखिएको सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्। पार्टी कार्यालयमा आयो...
आषाढ़ १९ गते, २०८३ - १९:०३
जनकपुरधाम । सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दाअर्का सहकर्...
आषाढ़ १९ गते, २०८३ - १८:५८
काठमाडौं । कूलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्याल...
आषाढ़ १९ गते, २०८३ - १८:५४
काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ ...



प्रतिकृया लेख्नुहोस्: