Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

अलपत्र पर्यो जनक शिक्षाको खजुरास्थित छापाखाना

खबरडबली संवाददाता

बाँके  । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बाँकेको खजुरामा स्थापना गरेको छापाखाना लामो समयदेखि अलपत्र परेको छ । कर्णालीका विभिन्न जिल्लासँगै दुर्गममा पाठ्यपुस्तक वितरण गर्ने उद्देश्यले सरकारले २०६२ सालमा सो छापाखाना स्थापना गरे पनि सञ्चालन हुन नसक्दा छापाखानाका भौतिक पूर्वाधार खण्डहरमा परिणत हुन थालेका छन् ।

करिब चार बिघा क्षेत्रफलमा फैलिएको जनक शिक्षाको जग्गामा सरकारले २०६२ सालमा छापाखाना भवन र त्यसलगत्तै थप दुईवटा भवन निर्माण गरेको थियो । छापाखाना र गोदाम निर्माण भवन अहिले प्रयोगविहीन अवस्थामा जीर्ण बन्दै गएका छन् । छापाखाना सञ्चालनमा नआउँदा हरेक वर्ष शैक्षिक सत्रमा पाठ्यपुस्तक खपत गर्न कठिनाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड नेपालगञ्जका प्रमुख होमराज ढुङ्गेलले बताए ।

उनले सरकारबाट बजेट पाए खजुरामा रहेको छापाखाना चलाउन सकिने उल्लेख गरे । खजुरामा छापाखाना चलाउन सकिए लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका डिपोमा कम खर्च र समयमै पाठ्यपुस्तक ढुवानी गर्न सकिने उनको भनाइ छ ।

उनका अनुसार छापाखाना सञ्चालनका लागि विद्युत्लगायत सबै पूर्वाधार तयार भए पनि केन्द्रीय योजना नबनेका कारण सञ्चालन हुनसकेको छैन । केन्द्रको नेपालगञ्ज कार्यालयले बाँके, बर्दिया, दाङ, सल्यान, पूर्वी रुकुम, प्यूठान, हुम्ला र डोल्पा गरी आठ जिल्लामा पाठ्यपुस्तक पठाउँदै आएको छ । खजुराको छापाखाना सञ्चालनमा आए लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक पर्ने पुस्तक यहीँबाट छपाइ गरी पठाउन सकिन्छ ।

छापाखाना सञ्चालनको लागि फोर–कलर मेसिन खरिद, पर्खाल निर्माणलगायत पूर्वाधार निर्माण गर्न करिब १० करोड बजेट आवश्यक पर्ने उनको भनाइ छ । खजुरास्थित छापाखाना तत्काल सञ्चालनमा ल्याए पाठ्यपुस्तक अभाव समस्या समाधान गर्न सकिने उनले बताए ।

खजुराबासीले पटक–पटक जनक शिक्षा सामग्री केन्द्रको छापाखाना सञ्चालनको माग गर्दै आएका छन् । छापाखाना सञ्चालन हुँदा एक सयभन्दा बढीलाई रोजगारी दिनसक्ने क्षमता छ । विगतमा छापाखाना सञ्चालनको लागि पटक–पटक माग गरिएको खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

“विकेन्द्रिकरणको सिद्धान्तलाई आत्मसाथ गर्न सके दुई महिनाभित्र छापाखाना सञ्चालन गर्न सकिन्छ”, खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष कक्षपतिले भने । काठमाडौँमा छापेका पाठ्यपुस्तक हरेक वर्ष लाखौँ रकम खर्चेर नेपालगञ्ज ल्याइ बाँकेसहित बर्दिया, दाङ, सल्यान, प्यूठान, पूर्वीरुकुम, हुम्ला, डोल्पालगायत जिल्लामा पाठ्यपुस्तक वितरण गर्दै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधानको विरोध गर्नेहरुलाई पक्राउ गरेर देखाउन ओली सरकारलाई लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय...

प्युठानमा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

प्युठान । प्युठानमा १९ वर्षीया किशोरी बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान नगरपालिका–७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगी...

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । खप्तडछान्ना गाउँपालिका वडा३ माझिगाउँ आसपास केन्द्रबि...

संविधान दिवसमा नेपाल टेलिकमको नयाँ अफर

काठमााडौं ।   संविधान दिवसमा नेपाल टेलिकमले नयाँ अफर सार्वजानिक गरेकको  छ ।  सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुने छ । ...

चितवनमा फेरि जान्नेलाई छान्ने चान्स आउने भयोः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम...

बर्दियामा महिलाको हत्या आरोपमा एकजना पक्राउ

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर–५ स्थित तर्कापुर एकजना महिलाको हत्या भएको छ । बारबर्दिया बस्ने ३९ वर्षीय मिना थारुको हत्या भएको जि...

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेत...

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेत...

कोशीका मुख्यमन्त्री कार्की आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनार्थ आज दिउँसो १ बजेका लागि ...

विश्वप्रसिद्ध टाइटानिक जहाज बनाउने कम्पनी पल्टियो टाट, मन्दी नै आएको हो ?

काठमाडौं । विश्वप्रसिद्ध टाइटानिक बनाउने १६३ वर्ष पुरानो बेलायती कम्पनी हारल्यान्ड एन्ड ऊल्फले आफूलाई टाँट पल्टिएको छ। कम्पनीले आफ्नो सञ्चालनका लाग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy