Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

जबरजस्ती संसदमा विधेयकहरू प्रस्तुत गर्ने कोसिस गरे सह्य हुँदैनः महत

संसदीय समिति गठनको माग बेवास्ता गरिनुले सहकारी घोटालामा गृहमन्त्रीको संलग्नता पुष्टि भएको छ

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सहकारी घोटालाका विषयमा पार्टीले राखेको मागका विषयमा बेवास्ता गरेकाले सहकारी घोटाला प्रकरणमा गृहमन्त्रीको संलग्नता पुष्टि हुँदै गएको बताएका छन् ।  उनले गृहमन्त्रीको सहकारी घोटालामा कुनै संलग्नता नभएको भए संसदीय छानबिन समिति गठनमा समस्या मान्नुपर्ने कुनै कारण नभएको बताए ।

उनले यस्ता समितिहरू पहिला पनि बन्ने गरेको दाबी गर्दै यस्ता समितिलाई सरकारले सहजै मान्ने गरेको बताए । पूर्वअर्थमन्त्री महतले सहकारी घोटालामा संलग्नता नभएको भए समिति गठनमा समस्या मान्न नपर्ने बताए । ‘समस्या छ । समस्या भएकाले प्रकट भइरहेको छ । संसदीय समितिले दोषी ठहर गर्छ भन्ने सोचबाट उहाँहरू ग्रसित हुनुहुन्छ’, उनले भने, ‘भोलि जबरजस्ती संसदमा विधेयकहरू प्रस्तुत गर्ने कोसिस गरे नेपाली कांग्रेसको तर्फबाट पनि त्यहीखाले परिस्थिति सृजना गरिन्छ ।’

उनले जबरजस्ती संसद चलाउन खोजे अवरोधको परिस्थिति सरकारले नै सृजना गरेको ठहरिने बताए । कांग्रेस प्रवक्ता महतले आफूहरूको मागको बेवास्ता गर्दै गृहमन्त्रीलाई संसदमा उपस्थित गराए यसको प्रतिरोध गर्ने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधानको विरोध गर्नेहरुलाई पक्राउ गरेर देखाउन ओली सरकारलाई लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय...

प्युठानमा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

प्युठान । प्युठानमा १९ वर्षीया किशोरी बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान नगरपालिका–७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगी...

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । खप्तडछान्ना गाउँपालिका वडा३ माझिगाउँ आसपास केन्द्रबि...

संविधान दिवसमा नेपाल टेलिकमको नयाँ अफर

काठमााडौं ।   संविधान दिवसमा नेपाल टेलिकमले नयाँ अफर सार्वजानिक गरेकको  छ ।  सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुने छ । ...

चितवनमा फेरि जान्नेलाई छान्ने चान्स आउने भयोः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम...

बर्दियामा महिलाको हत्या आरोपमा एकजना पक्राउ

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर–५ स्थित तर्कापुर एकजना महिलाको हत्या भएको छ । बारबर्दिया बस्ने ३९ वर्षीय मिना थारुको हत्या भएको जि...

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेत...

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेत...

कोशीका मुख्यमन्त्री कार्की आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनार्थ आज दिउँसो १ बजेका लागि ...

विश्वप्रसिद्ध टाइटानिक जहाज बनाउने कम्पनी पल्टियो टाट, मन्दी नै आएको हो ?

काठमाडौं । विश्वप्रसिद्ध टाइटानिक बनाउने १६३ वर्ष पुरानो बेलायती कम्पनी हारल्यान्ड एन्ड ऊल्फले आफूलाई टाँट पल्टिएको छ। कम्पनीले आफ्नो सञ्चालनका लाग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy