Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता

खबरडबली संवाददाता

एजेन्सी । भारतमा आगामी लोकसभाका लागि हुन लागेको आमनिर्वाचनका लागि विपक्षी नेता राहुल गान्धीले केरलाको वायनाडबाट उम्मेदवारी दर्ता गराएका छन् । 

उम्मेदवारी दर्ताका क्रममा गान्धीका हजारौं समर्थक उनकै साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । गान्धी परिवारको लामो विरासत बोकेका ५३ वर्षीय राहुल गान्धीको काँग्रेस आई पार्टी पछिल्ला दुई आमनिर्वाचनमा नराम्रोसँग पराजित भएको थियो । 

यसपटकको चुनावमा पनि भारतीय जनता पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीसामु  काँग्रेस आई कमजोर रहेको अनुमान गरिएका छन् । मोदी विरोधी मोर्चाको नेतृत्व गरिरहेका राहुल गान्धीलाई यसपटक पनि बहुमत ल्याउनु फलामको च्यूरा चपाएसरह रहेको छ ।

तैपनि दक्षिणी राज्य केरलाको वायनाडमा उनको समर्थनमा धेरै मानिस उपस्थित भएका छन् । बहिनी प्रियङ्का गान्धी सहित वायनाड पुगेका राहुल गान्धीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूले आमजनतालाई आफ्नै परिवारसरह मान्ने गरेको बताएका थिए । 

वायनाडमा यो उनको दोस्रो उम्मेदवारी हो । उनि सन् २०१९ मा यही क्षेत्रबाट लोकसभा सांसदमा निर्वाचित भएका थिए । तर केही समयअघि उनले प्रधानमन्त्री मोदी लक्षित गलत टिप्पणी गरेको आरोपमा अदालतको आदेशबाटै सांसद पद गुमाउनु परेको थियो ।

भारतमा आगामी अप्रिल १९ बाट छ हप्ता लामो शृंखलाबद्ध चुनाव हुँदैछ जसमा झण्डै एक अर्बले मतदान गर्नेछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्युत् सट भएर रसुवामा आगलागी तीन घर जले

रसुवा । विद्युत् सट भई लागेका आगोबाट कालिका गाउँपालिका-१ ग्राङ इलाका क्षेत्रमा बिहीबार तीन घर जलेर नष्ट भएको छ । आगलागीका कारण घर तथा लत्ता कपडा, भाडा...

गृह मन्त्रालयद्वारा १२ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले १२ जना उपसचिवको सरुवा गरेको छ । बिहीबार गृह मन्त्रालयले उपसचिव, कारागार प्रशासक, सहायक प्रमुख जिल्ला अधिकारीलगायतको सरुवा गरेको ...

रवि भद्रकालीकाे हिरासत कक्षामा

काठमाडौं । बयानकाे लागि पाेखराबाट काठमाडाैं ल्याइएका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई भद्रकालीकाे हिरासत कक्षामा राखिएकाे छ । सहकार...

व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उचित उपचारको प्रबन्ध गर्न ...

परराष्ट्रमन्त्री राणा चीन पुगिन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन पुगेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनि बिहीबार साँझ चीनक...

विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको आजको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली...

श्रीलङ्कामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु

कोलम्बो । भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको र बाढीका कारण डुबेका अन...

चीनको हिरासतमा रहेका तीन अमेरिकी रिहा

वासिङ्टन । निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अ...

अर्थमन्त्री पौडेल र फिनल्यान्डका विकासमन्त्री ताभियोबिच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबिच आ...

विद्युत् खरिदको रकमबाट बक्यौता उठाउन प्राधिकरणकाे पत्र

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पियोर इनर्जी लिमिटेडलाई विद्युत् खरिद बिक्री (पीपीए)को रकमबाट डेडिकेटड तथा ट्रंक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy