एजेन्सी । विश्व बैङ्कले सन् २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धि दर ६ प्रतिशत रहने अनुमान गरेको छ ।
मङ्गलबार जारी गरिएको पछिल्लो अपडेटमा सन् २३–२४ मा भारतको उत्पादन वृद्धि ७.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।
विश्व बैंकको प्रतिवेदनले दिगो विकासलाई कमजोर पार्ने खतरा रहेको र यस क्षेत्रको रोजगारी सिर्जना गर्ने र जलवायु सन्तुलन प्रतिक्रियामा बाधा पुग्न सक्ने औंल्याएको छ ।
दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष मार्टिन रेजरले “छोटो अवधिमा दक्षिण एसियाको वृद्धिको सम्भावना उज्ज्वल रहेको तर कमजोर वित्तीय स्थिति र बढ्दो जलवायु प्रभावले समस्या हुन सक्ने” बताए ।
विकासलाई थप लचिलो बनाउन निजी लगानीलाई बढावा दिँदै रोजगारी वृद्धिलाई सुदृढ पार्न नीतिगत व्यवस्था गर्नु आवश्यक रहेको उनले बताए । प्रतिवेदनले पाकिस्तानको अर्थतन्त्र पनि सन् २०२४–२५ मा २.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यसैगरि श्रीलङ्कामा सन् २०२५ सम्ममा भण्डार, विप्रेषण र पर्यटनमा पुनःप्राप्तिका साथ उत्पादन वृद्धि २.५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।
बङ्गलादेशमा उच्च मुद्रास्फीति र व्यापार तथा विदेशी विनिमयमा प्रतिबन्धले आर्थिक गतिविधिलाई बाधा पुग्दा सन् २०२४–२५ मा ५.७ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।
प्रतिवेदनले व्यापार खुलापन र वित्तमा पहुँच बढाउन, व्यापारिक वातावरण र संस्थाहरूमा सुधार, वित्तीय क्षेत्रका प्रतिबन्धहरू हटाउन, शिक्षामा सुधार, र महिलाको आर्थिक गतिविधिमा प्रतिबन्धहरू हटाउने जस्ता दृढ विकासलाई प्रोत्साहित गरि रोजगारीलाई बढावा दिन विभिन्न नीतिहरू सिफारिस गरेको छ ।
यी उपायहरूले विकास र उत्पादकत्व बढाउन र जलवायु अनुकूलनमा सार्वजनिक लगानीका लागि ठाउँ खाली गर्न पनि मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: