Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

राहदानी बनाउन पोर्चुगलमा ६ सयको आवेदन संकलन

खबरडबली संवाददाता

लिस्बन । पोर्चुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय ६९ नेपालीको विद्युतीय राहदानी (इ–पासपोर्ट) का लागि जैविक तथ्याङ्क सङ्कलन गरिएको छ । 

फ्रान्सस्थित नेपाली दूतावासको टोलीले लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा लिस्बनबाट विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको हो । 

टोलीले राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी नेपालीको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख सीता बस्नेतले रासलाई जानकारी दिए । 

टोली प्रमुख बस्नेतका अनुसार दुई सय ८० जनाको राहदानी हराएको, ४७ जनाको क्षति भएको, दुई सय ९१ जनाको नवीकरण, १६ बालबालिकाको नयाँ राहदानी र ३५ बालबालिकाको नवीकरणका लागि आवेदन सङ्कलन गरिएको हो । राजधानी लिस्बनमा एक सातासम्म सञ्चालित राहदानी सेवा शिविरबाट रु एक करोड ६६ लाख ६२ हजार राजस्व सङ्कलन भएको टोली प्रमुख बस्नेतले बताए । 

शिविरमा अतिरिक्त शुल्क लिएर आवेदन सङ्कलन गरेको भन्ने सेवाग्राहीको गुनासोका सन्दर्भमा दूतावासकी नियोग उपप्रमुख बस्नेतले टोलीले राहदानी बनाउन लाग्ने सरकारले तोकेको न्यूनतम राजस्व शुल्क र कुरिएर खर्चबापतको १० युरोबाहेक अन्य रकम नलिएको स्पष्ट पारे । 

अतिरिक्त शुल्क लिएको भन्दै अफवाह फैलाइएकोप्र्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै  बस्नेतले सो विषयमा लिस्बनस्थित महावाणिज्य दूतावास, एनआएनए पोर्चुगललगायत शिविर अवधिभर खटिएका नेपाली सङ्घ–संस्थाका प्रतिनिधिसँग सोधखोज गर्न र सत्यतथ्य बुझ्न सबैलाई आग्रह गरे । 

टोलीले शिविर अवधिभर राहदानीबिहीन बनेका, राहदानी हराएका, क्षति भएका र राहदानीकै कारण समस्यामा परेका नेपालीका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गरेको उनले बताए । 

“पोर्चुगलमा रहेका नेपालीको समस्यालाई ध्यानमा राखेर विशेष गरी यहाँको कागजी प्रक्रियामा रहेका नेपालीलाई सेवा प्रदान गर्ने उद्देश्यअनुरूप दूतावासले शिविरको व्यवस्था गरेको हो”, बस्नेतले भने, “यहाँ अझै धेरै नेपालीको राहदानी बनाउनुपर्ने देखिन्छ । राहदानी बनाउन नपाएको भन्दै धेरै नेपालीले गुनासो गर्नुभएको छ । उहाँहरुको गुनासो स्वभाविक छ । दूतावाससँग कर्मचारीको अभाव भएका कारण लामो समयसम्म शिविर सञ्चालन गर्न सम्भव  भएन । यहाँ देखिएको राहदानीसम्बन्धी समस्याको समाधानका लागि विभागबाटै टोलीको व्यवस्थापन गर्नुपर्ने देखिन्छ।”

शिविर गत मार्च २४ तारिखदेखि सुरु भएको हो । मङ्गलबार बिहानसम्म थप आवेदन सङ्कलन गरिएको थियो । टोलीले राहदानी हराएका, क्षति भएका, सन् २०२४ फ्रेब्रुअरी २९ सम्म म्याद सकिएका, पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा २०२४ अप्रिल ३० सम्म बायोमेट्रिकका लागि समय लिइसकेका तथा पोर्चुगलमा जन्मेका बालबालिकाको प्राथमिकताका आधारमा विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको थियो ।

घुम्ती शिविरले तत्कालका लागि राहत भए पनि अझै धेरै नेपाली राहदानीसम्बन्धी समस्यामा रहेकाले फेरि छिट्टै टोली ल्याउन पहल गर्ने गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले बताए । 

शिविरबाट राहदानीविहीन बनेका र राहदानीकै कारण समस्यामा परेका नेपालीलाई राहत मिलेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताए । शिविरले विशेषतः यहाँको कागजी प्रक्रियामा रहेका तर राहदानी नै नभएका र हराएका नेपालीलाई राहत मिलेको उनले बताए । 

शिविर अवधि छोटो भएका कारण धेरै नेपालीको समस्या सम्बोधन गर्न नसकिएको उल्लेख गर्दै महावाणिज्यदूत हमालले फेरि छिट्टै टोली ल्याउन पहल गर्ने बताए । पोर्चुगलमा नेपाली दूतावास नहुँदा राहदानीसम्बन्धी समस्या झेल्दै आएका नेपालीले शिविरमार्फत सेवा पाउँदा राहतको अनुभूति गरेका छन् । 

एक सातासम्म सञ्चालन भएको शिविरमा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका प्रतिनिधि र यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाका प्रतिनिधिले समेत समन्वय र सहजीकरण गरेका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending