Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

अहिलेको अवस्थामा वार्ताको औचित्य छैन्ः महन्त ठाकुर

\"Mahanta-Thakur-400x250\"रौतहट । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले गाउँ गाउँमा सेना परिचान गरेर वार्तामा बोलाउनुको औचित्य नभएको बताएका छन् । ‘अधिकारका लागि संघर्षमा उत्रेका मधेसीको माग सम्बोधन गर्नुको साटो दंगाग्रस्त क्षेत्र घोषणा गरेर सरकारले सेना परिचालन गरी सर्वसाधारणलाई गोली हान्ने काम सरकारले गरेकाे छ, यस्तो अवस्थामा वार्ताको कुनै औचित्य छैन् ।’– ठाकुरले भने । संघीयता र सीमाकंनको विरोधमा आन्दोलनमा होमिएका मठिया–६ का राजकिशोर ठाकुरलाई श्रद्धान्जली दिन रौतहटस्थित गौर अस्पताल पुगेका अध्यक्ष ठाकुरले शनिबार प्रश्न गर्दै भने– ‘सरकार एकातिर वार्ताको कुरा गर्छ अर्को तिर मधेसी जनताको अधिकारको लडाईमा दमन गर्छ यो कस्तो चरित्र हो ?’ ठाकुरले मधेसी जनताले आफ्नो अधिकार माग्दा सरकारले दमन गरेको आरोप समेत लगाए । \'यस्तो आतंकको माहोलमा वार्ता हुनै सक्दैन ।\'- ठाकुरले भने । उनले बारम्बार दंगाग्रस्त क्षेत्र तथा सेना परिचालनको निर्णय फिर्ता लिएर वार्ताको वातावरण बनाउन सरकारसँग आग्रह गरे । सरकारले पठाएको पत्रबारे सञ्चारकर्मीको जिज्ञासामा उनले सरकारलाई लिखित जवाफ पठाइसकेको जनाए । विगतमा भएको सम्झौता कार्यान्वयन गर्न जोड दिँदै ठाकुरले मधेस आन्दोलनमा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा, मृतक परिवारलाई क्षतिपूर्ति दिन समेत सरकारसँग माग गरे । राजकिशोरको गएको मंगलबार निषेधाज्ञा तोड्ने क्रममा सदरमुकाम गौरस्थित काविर चोकमा सुरक्षाकर्मीको गाली लागि मृत्यु भएको थियो । उनको शव ५ दिनदेखि अस्पतालमा छ । शहीद घोषणा, उचित क्षतिपूर्ति सहितको माग सम्बोधन नभएको भन्दै परिवारजनले शव बुझ्न मानेका छैनन् । स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गर्दै जुलुस, कोणसभा, विरोधका कार्यक्रमहरुमा पुर्ण प्रतिबन्ध लगाएपछि संयुक्त मधेसी मोर्चाले जिल्लाको राजपुर फरहदवा गाविसमा शनिबार बिरोध सभा गर्न लागेको छ । सभामा सहभागि हुन् मधेसवादी दलका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो लगाएतका नेताहरू राैतहट अाइपुगेका छन् ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy