Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

इजराइली सेनाद्वारा गाजाबाट बन्धकको शव बरामद

खबरडबली संवाददाता

एजेन्सी । इजराइली सेनाले शनिबार उसका सैनिकहरूले अक्टोबर ७ मा दक्षिणी इजराइली समुदायमाथि भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकू समूह हमासद्वारा अपहृत एक बन्धकको शव बरामद गरेको बताएको छ । 

इलाद कात्जिरको शव भेटिएपछि सेनाले युद्धका क्रममा गाजाबाट घर ल्याएको शवको सङ्ख्या १२ पुगेको छ । यद्यपि कात्जिरको मृत्युका लागि इजराइली अधिकारीहरूलाई दोष दिएकी उनकी बहिनीलाई कुनै सान्त्वना प्राप्त भएन ।

“इस्लामिक जिहादी लडाकू सङ्गठनद्वारा बन्दी बनाएर हत्या गरिएका अपहृत इलाद कात्जिरको शव रातारात खान युनिसबाट उद्धार गरेर र इजराइली क्षेत्रमा ल्याइएको छ”, सेनाले एक विज्ञप्तिमा भनेको छ । आक्रमणको समयमा ४७ वर्षीय कात्जिरलाई उनकी आमा हन्नासँगै निर ओज किबुत्ज समुदायबाट अपहरण गरिएको थियो ।

गाजा युद्धमा एक साताको युद्धविरामका क्रममा नोभेम्बर २४ मा उनलाई रिहा गरिएको थियो । सेनाका अनुसार कात्जिरका बुबा अब्राहम किबुत्जमा आक्रमणका क्रममा मारिएका थिए । 

उनकी बहिनी कार्मिट पाल्टी कात्जिरले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्, “इलादलाई निर ओजमा उनको घरबाट अपहरण गरिएको थियो ।” उनले आफ्नो दाजुको मृत्युका लागि इजराइली अधिकारीहरूलाई दोष दिँदै नयाँ युद्धविराम सम्झौतामा अधिकारीहरू सहमत भएको भए उनी जीवित फर्किने बताइन । 

“हाम्रो नेतृत्व कायर छ र राजनीतिक विचारबाट प्रेरित छ, त्यसैले अहिलेसम्म सम्झौता हुन सकेको छैन”, उनले लेखेकी छन्,“प्रधानमन्त्री, युद्ध मन्त्रिमण्डल र गठबन्धनका सदस्यः आफूलाई ऐनामा हेर्नुहोस् र भन्नुहोस् तपाईंको हातले रगत बगेको छैन ।”

उनको टिप्पणीले युद्ध सञ्चालनलाई लिएर प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको गठबन्धन सरकारमाथि बढ्दो दबाबलाई दर्शाउँछ । आइतबार गाजा युद्ध सुरु भएको छ महिना पुगेकाले वार्ताकारहरूले सप्ताहन्तमा कायरोमा युद्धविराम–बन्धक सम्झौतालाई नयाँ सिराबाट जोड दिने अपेक्षा गरिएको थियो । 

नोभेम्बरमा एक साताको युद्धविरामपछि पुनः सुरु भएको वार्तामा कुनै प्रगति भएको छैन । युद्धको प्रारम्भपछि एउटा मात्र यस्तो सम्झौता भएको थियो जसमा इजराइलद्वारा हिरासतमा लिइएका प्यालेस्टिनी कैदीहरूका लागि केही बन्धकको आदानप्रदान भएको थियो । 

अहिलेसम्मको सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध अक्टोबर ७ मा हमास लडाकूहरूले गाजामा अभूतपूर्व आक्रमणका साथ सुरु भएको हो । हमासको आक्रमणमा दक्षिणी इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० मानिसको मृत्यु भएको थियो । 

हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हमासलाई निमिट्यान्न पार्ने वाचा गरेको इजराइलले हवाई, स्थल र समुद्रबाट लगातार बमबारी गरेको छ । इजराइली आक्रमणमा अहिलेसम्म अधकांश महिला तथा बालबालिकासहित कम्तीमा ३३ हजार एक सय ३७ जनाको ज्यान गएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE