काठमाडौं । काठमाडौं महानगरका विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने निर्णय स्वागतयोग्य रहेको सरोकारवालाले बताएका छन् ।
तीन दिनअघि काठमाडौं महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीलाई विद्यालयबाटै पाठ्यपुस्तक, पाठ्य सामग्री, पोसाक, शैक्षिक सामग्रीलगायत सामग्री खरिद गर्न बाध्य नगर्न र विद्यालयबाट बेचबिखनसमेत नगराउन सूचना जारी गरेको थियो ।
अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरीले यो विषय उठान गरिरहेकै विषय भएकाले सबै विद्यालयले अनिवार्य लागू गर्नुपर्ने बताए । उनि भन्छन्, “कतिपय विद्यालयले पुस्तक वितरण पनि आफैँ गर्ने, आफूले भनेकै ठाउँमै गएर किन्नुपर्ने नियम बनाएका छन् । त्यो बाध्यताको अन्त्य हुनुपर्छ ।”
उनले एक त अभिभावकले शुल्ककै मार खेपिरहेकै बेला भनेकै ठाउँमा किताब, पोसाकलगायतका सामान किन्न लगाउनु गलत कार्य रहेको बताए । उनले भने, “गरिबका छोराछोरीले जसोतसो रकम जुटाएर पढ्न आएका हुन्छन् । यहीँबाट नै किन्नुपर्छ भन्ने नियम व्यापारिक प्रायोजनले गरिएको कामजस्तो देखियो जुन खराब हो । महानगरपालिकाको काम स्वागतयोग्य छ ।”
शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यालयमा कमिसनको चक्कर अन्त्य हुनुपर्ने तर्क राखे । उनले भने, “पोसाक, पाठ्यपुस्तक र शैक्षिक सामग्री सामानमा दुवै निजी तथा सरकारी विद्यालयमा कमिसनको चक्कर बेठीक छन् । किताब विद्यालयले बेच्ने होइन नी पसलेले बेच्ने हो । यो नियमको सबैले पालना गर्नुपर्छ ।”
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्षम डिके ढुङ्गानाले विद्यालयले आफैँ पाठ्यपुस्तक र पोसाक बिक्री गर्न नपाउने नियम पहिलादेखि नै भएको र सबैले पालना गरिरहेको बताए । उनले भने, “यस्तो कार्य विद्यालयले गर्न पाउँदैनन् । पहिलादेखिको निर्णय हो । प्याब्सनअन्तर्गतका विद्यालयले त्यो बिक्री पनि गर्दैनन् । हाम्रो त स्पष्ट मान्यता छ ।”
त्यसैगरी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष गुणराज मुक्तान भन्छन्, “यो एकदमै राम्रो निर्णय हो । विद्यालयले अभिभावकलाई ग्राहक बनाउने होइन । विद्यालयले त ज्ञान बाँड्ने हो, ज्ञान प्रदान गर्ने ठाउँमा व्यापार गर्न थालेको देखिन्छ । यो नियन्त्रणका लागि यो गरिएको कदम राम्रो छ । अभिभावकले आफ्ना बच्चाका लागि विद्यालयबाट नै किन्नुपर्ने नभई खुला बजारबाट जहाँ सस्तो र सुलभरुपमा पाइन्छ त्यहीँ किन्न पाउनुपर्छ ।”
सबै विद्यालयले शैक्षिक सत्र २०८१ का लागि पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरद्वारा सूचीकृत भएका थप पाठ्य सामग्री मात्र प्रयोग गर्नुपर्ने, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा पाठ्यक्रम विकास केन्द्रद्वारा अनुवाद गरी प्रकाशन गरिएका वा पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत भएका पाठ्यपुस्तक नै प्रयोग गर्नुपर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले प्रधानाध्यापकले स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा तथा पोसाक, शैक्षिक सामग्रीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गराएमा शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: