ओखलढुंगा । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्न तम्सिने अनि परिणाम स्वीकार्न नसक्ने रोग पार्टीमा देखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
एमाले ओखलढुंगाको १०औं जिल्ला अधिवेशनको उद्घाटनमा उनले नेताहरूले छिर्के हान्ने खेलाडी नभई रेफ्रीको भूमिका निभाउनुपर्ने बताए ।
‘प्रतिस्पर्धा गर्ने अनि प्रतिस्पर्धाको परिणामलाई स्वीकार गर्न गाह्रो मान्ने तपाईँहरूको रोग प्रदेश, जिल्लामा नसरोस् । प्रतिस्पर्धा गर्नुभयो भने परिणाम आइसकेपछि विजयी बन्नेलाई विजयी बन्न नसकेका साथीले सबै भन्दा पहिला आएर माला र खादा लगाउने सक्ने हुनुहोस्’, पोखरेलले भने ।
ओखलढुंगा आफ्नो जन्मभूमि पनि भएको उल्लेख गर्दै पोखरेलले भने, ‘म आफ्नै जन्मभूमिको अधिवेशनमा आउँदा खुशी छ । म यहाँ खेलाडी भएर आएको छैन । अरु साथीहरु पनि यहाँ खेलाडी भएर होइन रेफ्रीका रूपमा आउनु भएको छ । खेलाडीले कहिलेकाँही यसो कुहिनोले हान्दा पनि छुट पाउँछ । कुद्दै गर्दा यसो छिर्के लगाउन पनि पायो । तर, हामी त्यसो गर्दैनौँ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले तुलनात्मकरूपमा विचारमा प्रष्ट भएको, संगठन निर्माण र परिचालनमा अनुभव भएको, जनताले पत्याएको र चिनेको, भोलि जनताले भरोसा गर्नेलाई छान्न पनि निर्देशन दिए । करप्टेड र फ्रस्टेटेड मान्छे नेकपा एमाले हुन नसक्ने भन्दै उनले त्यस्ताबाट पार्टी जोगाउन जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: