Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

सहकारीमा भएका सबै अनियमितताको छानबिन गर्न कांग्रेसको प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएका सबै अनियमितताको छानबिन गर्ने प्रस्ताव राखेको छ । सहकारी अनियमितामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद् अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएको बैठकमा कांग्रेसले यस्तो प्रस्ताव राखेको हो ।

बैठकमा सभामुख देवराज घिमिरे, कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजादीका शीर्ष नेताहरू उपस्थित थिए । बैठकको सुरुमै सभामुख घिमिरेले सदनलाई नियमित रुपमा सञ्चालन गर्न अहिलेसम्म भएको पहलबारे जानकारी दिए । त्यसपछि कांग्रेस नेताहरुले संसदीय दलको निर्णयबारे जानकारी गराए । नेताहरु बालुवाटार जानुअघि बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठन गर्नैपर्ने निष्कर्ष निकालेको थियो ।

देशभरका सहकारी संस्थामा व्यापक अनियमितता एवं ठगी भएको र लाखौं वचतकर्ताको अर्बौ रकम दुरुपयोग, अपचलन, हिनामिना भएको भन्दै कांग्रेसले भनेको छ, वर्तमान सरकार सहकारीबाट पिडित भएका लाखौं नागरिक प्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गर्दछ ।’

साथै गृहमन्त्रीको संलग्नताबारे स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानविनको सुनश्चितताको लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यसबारे सरकार गम्भीर नभए संसदको बैठक वा कामकारवाही प्रभावित हुने विषयमा सरकार नै जिम्मेवार हुने भन्दै उनले संसद अवरुद्ध गर्ने प्रष्ट सन्देश दिएको थियो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई जवाफ दिएका थिए । कांग्रेसले पूर्वाग्रह राखेर माग अघि सारेको भन्दै उनले कुनै हालतमा संसदीय छानबिन समिति नबनाउने बताएका छन ।  त्यसपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछाने बोलेका थिए । लामिछानेले सहकारीको अनियमितामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका थिए ।

तर कांग्रेस नेताहरुले भने अनियमिततामा संलग्नता नभएको यति धेरै विश्वास छ भने संसदीय समिति बनाउन किन अठ्यारो भनेर प्रश्न गरेका छन् । संसदको अंकगणितअनुसार बन्ने समितिमा बहुमत पनि सत्ता पक्षकै हुन्छ र उनीहरुले चाहेकै व्यक्ति समितिको संयोजक बन्छन् ।

कांग्रेस नेताहरुले संसदीय समिति बनाएर आफूहरुले उठाएको प्रश्न आग्रहपूर्ण हो भन्ने प्रमाणित गर्न चुनौती दिए । बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापाले सत्तारुढ दलहरुलाई अर्को विकल्प पनि दिएका छन्, सहकारीमा भएका सबै अनिमयतिताको छानबिन गर्ने । केही सहकारीले सबै निकायलाई पङ्गु बनाएर बचतकर्ताको अबौं अपचलन तथा हिनामिना गरेको र उनीहरुको राजनीतिक नेक्सस पनि रहेको उनले बताए । त्यसको उदारहरण केबी उप्रेती भएको थापाले बताए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका उप्रेती सगरमाथा, आइडियल युनिक लगायतका सहकारीको केही अर्ब रकम अपचलन गरेर फरार भएका छन् ।

सहकारीमा भएका सबै अनियमितताको छानबिन गर्ने प्रस्ताव गर्दै उनले भने, ‘सबै सहकारीको छानबिन गरौं, त्यसक्रममा कोको संलग्न छन् खुल्छ । रविजीको पनि रहेछ भने आउँछ ।’ सत्तारुढ दलका नेताहरुले भने यो काम त भूमिसुधार मन्त्रालयले गरिरहेको छ भनेर जवाफ दिए ।

कांग्रेस नेताहरुले भने भूमि व्यवस्था मन्त्रालय, त्यस अन्तर्गतको सहकारी विभाग, संसदीय समितिहरुले समेत आफ्नो जिम्मेवारी पुरा नगरेका कारण पनि समस्या आएको बताए । उनीहरु पनि छानबिनको दायरामा गर्ने क्षेत्रधिकारसहित संसदीय समिति बनाउने कांग्रेसको प्रस्ताव छ । तर सत्तारुढ दलका नेताहरु सहमत नभएपछि प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’, सरकारी कार्यालयको फोहोर र अस्तव्यस्ततामाथि ‘एक्सन’

काठमाडौं । सरकारले सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउन भन्दै ...

सामान्य विवादका क्रममा छुरा प्रहार हुँँदा एकको मृत्यु

सुनसरी । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबिच भएको सामान्य विवादका क्रममा छु...

लोघेकर दामोदरकुण्डद्वारा सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोग

मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ । जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम ...

'सुकुमबासी समस्यालाई दीर्घकालीन योजना बनाएर अगाडि बढौँ'

रौतहट । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।  जिल्लाको चन्द्रपुर–२ टेम्प...

श्रीलङ्कामा बिजुली महसुल वृद्धि

काठमाडाैं । पश्चिम एसियामा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । ...

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा चेकजाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कास्की र ललितपुरमा जा...

मकवानपुरमा लोक गायक राजु परियारसहित ७ स्रष्टा सम्मानित

मकवानपुर । मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्था...

गुमनाम बन्दै नेकपा, मौन नेतृत्वले कार्यकर्ता अन्योलमा

काठमाडौं । एक समय देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उभिएको नेकपा अहिले भने गुमनाम जस्तै बन्न थालेको छ । पार्टीका शीर्ष नेताहरू सार्वजनिक...

अदालतको आदेशपछि पनि डोजर चल्नु गलतः रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षण पछि ...

चोरीको मोटरसाइकलले ठक्कर दिँदा युवती गम्भीर, फरार युवक पक्राउ

जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका–५ स्थित आईटी चाेकमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending